अनि येशूले ती छोराहरूलाई भन्नुभयो, “तिमीहरू के मागिरहेका छौ त्यो तिमीहरूले बुझेका छैनौ। म जुन कष्ट भोग्न लागिरहेको छु के त्यस्तो तिमीहरू सहन गर्नसक्छौ?”तिनीहरूले जवाफ दिए, “हामी गर्नसक्छौ!”
Cross references
यद्यपि पृथ्वी र यसमा भएका सम्पूर्ण चीजहरू हल्लिरहेका छन् र धराशायी हुन तयार छ, तर म यसलाई स्थिरपार्छु।”
सर्वनाश भन्दा अघि अहंकार आँउछ, अनि घमण्ड अपमानको अघि आउँछ।
जाग जाग! यरूशलेम, उठ! परमप्रभु तिमीहरूमाथि अति क्रोधीत हुनु हुन्थ्यो। यसैकारण तिमीहरू दण्डित भयौ। यो दण्ड एक कचौरा विष जस्तो थियो, तिमीहरूले पीउनु नै पर्थ्यो अनि तिमीहरूले यसलाई पियौ।
तिमीहरूका परमेश्वर र मालिक, परमप्रभु, आफ्ना मानिसहरूका लागि लड्नु हुन्छ उहाँले तिमीहरूलाई भन्नु हुन्छ, “हेर, म यस विषको कचौरालाई तिमीहरूबाट टाढा हटाइरहेछु। म मेरो क्रोध तिमीहरूबाट टाढा लागिरहेछु। मेरो क्रोधको कारणले अब उप्रान्त तिमीहरू दण्डित हुने छैनौ।
परमप्रभु, इस्राएलका परमेश्वरले मलाई यी कुराहरू भन्नुभयो “यर्मिया, यो कचौरोको दाखरस मेरो हातबाट लेऊ। यो मेरो क्रोधको दाखरस हो। म तिमीलाई विभिन्न जातिहरूमा पठाई रहेछु। ती जातिहरूलाई यही प्यालाबाट पियाऊ।
परमप्रभु भन्नुहुन्छ, “कतिपय मानिसहरू दण्डका पात्र छैनन्, तर तिनीहरू पीडित भए। तर एदोम तिमी दण्डको पात्र हौ। यसर्थ तिमी निश्चय दण्डित हुनेछौ। तिमी यसबाट मुक्त हुने छैनौ।”
तर पत्रुसले जवाफ दिए, “म तपाईंलाई कहिल्यै इन्कार गर्नेछैन तपाईं साथै मर्नु परेता पनि म तपाईंलाई इन्कार गर्ने छैन।” अनि सबै चेलाहरूले यही कुरा दोहोर्याए।
अनि येशू तिनीहरू देखि केही पर जानुभयो। येशू भूईमा घोप्टो परेर प्रार्थना गर्न लाग्नुभयो, “मेरा पिता, सम्भव भए मलाई यातनाको यो प्याला नदिनुहोस्। तर यो मैले ईच्छा गरे अनुसार होइन तपाईंको ईच्छा अनुसार होस्।”
त्यसपछि येशू फेरि दोस्रोपटक जानुभयो अनि प्रार्थना गर्न लाग्नु भयो, “मेरो पिता, यदि मैले यसलाई नपिएसम्म यो यातनाको प्याला मबाट हटाइन सम्भव नभए तपाईंले चाहनु भए जस्तै हुन दिनु हवस्।”
तर यी सबै कुराहरू अगमवक्ताहरूले लेखेअनुसार पूरा होऊन् भनेर यस्तो भयो।” त्यसपछि येशूको सबै चेलाहरू उहाँलाई एक्लो छोडेर भागे।
येशूले भन्नुभयो, “तिमहरूले बुझ्दैनौ कि तिमीहरू के मागिरहेका छौ। के मैले भोग्नु पर्ने जस्तै कष्टहरू तिमीहरूले सहन गर्नसक्छौ? अथ्वा जुन बप्तिस्मा मैले लिएको छु, त्यो बप्तिस्मा तिमीहरू लिन सक्छौ?”
उहाँले प्रार्थना गर्नुभयो, “अब्बा, पिता सबै कुराहरू तपाईंमा सम्भ्व छ। कृपया मबाट यो कचौरा हटाईदिनुहोस्। तर मेरो इच्छा बमोजिम होइन, तर तपाई जे जस्तो चाहनुहुन्छ त्यही गर्नूहोस्।”
म बप्तिस्मा गरिने विभिन्न तरिकाबाट बप्तिस्मित हुनु परेकोछ। यो कामको अन्त नभइञ्जेल सम्म म विचलित नै रहनेछु।
“हे पिता, यदि यो तपाईंको इच्छा हो भने, यो कष्टको कचौरा मदेखि हटाइदिनुहोस्। तर यो तपाईंको इच्छा बमोजिम गरियोस् मेरो इच्छा बमोजिम होइन।”
येशूले पुत्रसलाई भन्नुभयो, “तिम्रो तरवार म्यानमा राख! संकटको कचौरा पिताले मलाई दिनुभएको छ, के मैले त्यो नपिउँनु?”
आत्माले नै हामीलाई हाम्रो कमजोरीमा सहायता गर्नुहुन्छ। हामीले कसरी प्रार्थना गर्नु पर्ने हो! जान्दैनौ। तर आत्माले गंभीर भावले परमेश्वरसँग हाम्रो पक्षमा प्रार्थना गरिदिनुहुनेछ जुन शब्दहरूमा वर्णन गर्न सकिँदैन।