तर पावलले भने, “तिमीहरू किन रोई रहेछौ? किन मलाई यति साह्यो खिन्न पारी रहेछौ? म यरूशलेममा बाँधिन तयार छु। म प्रभु येशूको नाउँको निम्ति मर्न सम्म तयार छू!”
Cross references
यो सब देखेर एल्काना उनका पतिले भन्थे, “हन्ना तिमी किन रून्छौ? किन केही खाँदिनौ? तिमी किन यति दुःखी छौ? म तिम्रो लोग्ने हुँ र म तिम्रै हुँ। तिमीले सोच्नु पर्छ कि म दशजना छोराहरू भन्दा बढता नै छु।”
शमूएलले भने, “त्यसो हो भने म यो के सुन्दैछु। किन मैले भेडा र पशुहरूको आवाज सुनेको?”
तर ती तीन जना वीरहरूले पलिश्ती सेनाहरूको बीच भएर युद्धगर्दै बाटो पैल्याए र यी तीन व्यक्तिहरूले बेतलेहेमको शहरद्वार छेउको कूवाबाट केही पानी लिए। तब ती तीन वीरहरूले ल्याएको पानी दाऊदकहाँ ल्याए। दाऊदले पानी पिउन अस्वीकार गरे। तिनले त्यो पानी परमप्रभुलाई भेटीको रूपमा भूइँमा खन्याए।
मेरा मानिसहरूलाई यसरी दुःख कष्ट दिनु भनेर तिमीहरूलाई कसले अधिकार दियो? ती गरीब मानिसहरूमाथि थिचोमीचो गर्नु भनेर कसले अधिकार दियो?” मेरो मालिक, सेनाहरूका परमप्रभुले यी कुराहरू भन्नुभयो।
“तिमीहरूले इस्राएलको भूमिमा बस्ने मानिसहरूको विषयमा यो उखान दोहर्याइरहेका छौ। तिमी भन्छौ;आमा-बाबुहरूले अमिलो अङ्गुर खाए, तर नानीहरूले अमिलो स्वाद पाए।
त्यसैले जहाजका कप्तानहरु तिनीकहाँ आएर भने, “ए सुतुवा, तिमी के गर्दैछौ? उठेर तिम्रा परमेश्वरलाई पुकार, सायद परमेश्वले हाम्रो प्रार्थना सुन्नु हुन्छ र हामी नष्ट हुनेछैनौं।”
प्रेरितहरू त्यो सभा छाडेर गए। येशूको नाउँमा यसरी अपमानित पाइनु योग्य भएकोमा उनीहरू खुशी भए।
म उसलाई सबै कुरा देखाउनेछु जसले गर्दा मेरो नाउँको लागी उसले कष्ट भोग्नु पर्छ।”
म मेरो आफ्नै जीवनलाई ध्यान दिन्न। मुख्य कुरो मैले मेरो कार्य गरी सक्नु पर्छ। म त्यो कार्य सिद्धाउन चाहन्छु जुन प्रभु येशूले सुम्पिनु भयो मानिसहरूलाई परमेश्वरको अनुग्रहको सुसमाचार भन्नु।
तिनीहरू प्रत्येक नै रोए, धेरै रोए। तिनीहरू अत्यन्त उदास भए कारण पावलले भनेका थिए कि विशेष गरी अब तिनीहरूले उनलाई कहिल्यै देख्ने छैनन्।
ख्रीष्टको प्रेमबाट हामीलाई अलग गर्न सक्ने कुनै थोक छ? छैन। के दुःखले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन! के कठिनाई वा खेदाइले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन। के अनिकाल वा नागोंपनले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? अहँ। के कुनै आपद वा मृत्युले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्छ? अहँ सक्दैन।
म हरेक दिन मर्छु। यो साँचो हो, मेरा भाइहरू हो। यो त्यही प्रकारले साँचो हो जति ख्रीष्ट येशू हाम्रा प्रभुमा तिमीहरू भएकोमा म गर्व गर्दछु।
येशूको मृत्यु हाम्रै शरीरमा छ। हामी यो प्रत्येक ठाउँ मृत्यु लिई हिंड्छौं जसमा कि येशूको जीवन हाम्रा शरीरमा पनि देख्न सकियोस्।
तिनीहरू ख्रीष्टको सेवा गर्छन्? म अझ धेरै गर्छु। म पागल जस्तै बात गरिरहेको छु। तिनीहरूले भन्दा धैरै कठिन-कठिन कामहरू मैले गरेकोछु। म तिनीहरू भन्दा घेरै चोटी जेल भोगेको छु। मैले अझ घेरै कुटाई खाएको छु। धेरै पटक म झण्डै झण्डै मरेको हुँ।
मेरो दृढ इच्छा अनि आशा त्यो हो कि कुनै कुरोमा पनि म ख्रीष्टलाई भुल्ने छैन। म संधै आशा गर्दछु जब सम्म म यस शरीरमा रहनेछु ख्रीष्टको महानता देखाउनु अहिले ठुलो आँट पाउनेछु। म मरुँ अथवा जिउँदै रहँु यो काम गरि रहनेछु।
तिमीहरूका विश्वासाबाट तिमीहरूको जीवनलाई परमेश्वरको सेवामा एक बलि हुनेछ। तिमीहरूको बलि पूर्ण गराउनु मैले आफ्नो रगत दिनु पर्छ भने पनि म तिमीहरू जम्मैसित खुशी अनि आनन्दमयी हुनेछु।
म उसलाई यसकारण पनि पठाउनेछु कि तिमीहरूलाई भेट्न उनी पनि खुबै व्याकुल छन्। जब तिमीहरूले उनी बिमार छन् भन्ने सुने देखि उनी चिन्तित थिए।
तिमीहरूकालागि दुःखहरू उठाउनु परेकोमा म खुशी छु। ख्रीष्टको शरीरले दुःख झेल्नु पर्ने अझै धेरै छ। जो मेरो शरीरले पाउनु पर्ने कष्टहरू हुन म ग्रहण गरिरहेकोछु। म उहाँको शरीर-मण्डलीको निम्ति दुःख उठाउँछु।
म मेरो मनमा तिमीले आँसु खसालेको सम्झन्छु, यसर्थ म तिमीलाई भेट्न उत्सुक छु जसद्वारा म आनन्दले परिपूर्ण बनुँ।
सिपाहीले आफ्ना नायकलाई सन्तुष्ट तुल्याउन खोज्छ। त्यसकारणले ऊ सामान्य जीवन कार्यमा फँस्दैन।
मेरो जीवनलाई परमेश्वर समक्ष वेदीमा वलिदान दिइँदैछ। मैले यो जीवनलाई छाडेने समय आएको छ।
म जान्दछु मैले यो शरीर चाँडै त्याग गर्नुपर्छ। हाम्रा प्रभु येशू ख्रीष्टले त्यो मलाई दर्शाउनु भएको छ।
तिमीहरुले धैर्यपूर्वक मेरो आदेश अनुशरण गर्यौ। यसर्थ म तिमीहरुलाई दुख कष्टको समयमा रक्षा गर्नेछु जो सम्पूर्ण संसारको निम्ति आउनु हुनेछ। यो दुख कष्टले पृथ्वीमा बस्ने मानिसहरुलाई जाँच गर्नेछ।
हाम्रा भाइहरुले तिनलाई भेंडाको पाठाको रगत अनि सत्य प्रचार गरेर परास्त गरेका छन्। तिनीहरूले आफ्ना जीवनलाई त्यति प्रेम गरेनन् यसर्थ तिनीहरु मृत्युसित डराएका थिएनन्।