Home Bibles ☰ Books लेवी 26:11 · नेपाली बाइबल
लेवी 26:11 · नेपाली बाइबल

तिमीहरूको माझमा परमप्रभु आएर बस्ने पवित्र जग्गा-पवित्र पाल बसाल्नेछु। म तिमीहरूलाई घृणा गर्ने छैन।

Cross references

प्रस्थान 25:8

परमेश्वरले अझ भन्नु भयो, “मानिसहरूले मेरो निम्ति पवित्र स्थान बनाउन सक्छन अनि म तिनीहरूमाझ बस्न सक्छु।

प्रस्थान 29:45

म इस्राएली मानिसहरूको परमेश्वर भई तिनीहरूसंग बस्ने छु।

लेवी 20:23

म त्यस देशका अरू मानिसहरूलाई बलपूर्वक बाहिर निकाल्दैछु। किन? किनभने तिनीहरूले त्यस्ता पापहरू गरे। म ती कर्महरू घृणा गर्छु, यसर्थ तिमीहरूले तिनीहरूको जीवन शैली नपछ्याऊ।

व्यवस्था 32:19

परमप्रभुले यो देखेर तिनीहरूसित निराश हुनु भयो। उहाँका आफ्नै छोरा-छोरीहरूले उहाँलाई रीस उठाए।

यहोशू 22:19

यदि तिमीहरू भूमिको पूजा अर्चनाको निम्ति त्यति उत्तम नभए हाम्रो भूमितिर आऊ। परमप्रभुको पाल हाम्रो भूमिमा छ। तिमीहरूले हाम्रो केही भूमि लिन सक्नेछौ, अनि त्यहाँ बस्न सक्ने छौ। तर परमप्रभुको विरूद्ध नगर। अर्को वेदी निर्माण नगर। हाम्रो भेट-हुने पालमा परमप्रभु हाम्रा परमेश्वरको वेदी छँदैछ।

यहोशू 22:31

यसकारण पूजाहारी पीनहासले भने, “अब हामीलाई थाहा भयो कि परमप्रभु हामीसंग हुनुहुन्छ। अनि हामी जान्दछौं कि तिमीहरू उहाँको विरूद्ध गएनौं। हामी खुशी छौं कि इस्राएलका मानिसहरू परमप्रभुद्वारा दण्डित हुने छैनन्।”

1 राजा 8:13

मैले तिम्रो लागि अचम्मको मन्दिर बनाए एउटा ठाउँ जहाँ तिमी सँधै बस्ने छौ।”

1 राजा 8:27

“तर, मेरा परमेश्वर! तपाईं साँच्चै पृथ्वीमाथि बास गर्नु हुन्छ? सम्पूर्ण अकाश अनि स्वर्गको सर्वोच्च स्थानले पनि तपाईंलाई राख्न सक्दैन। तब मैंले बनाएको यस घरले तपाईंलाई कसरी राख्न सक्छ?

भजनसंग्रह 76:2

शालेममा परमेश्वरको मन्दिर छ। परमेश्वरको भर सियोन पर्वतमा छ।

भजनसंग्रह 78:59

परमेश्वरले यस्तो सुनेपछि एकदम क्रोधित हुनु भयो। अनि उहाँले इस्राएल लाई पूर्णत रद्द गर्नुभयो।

भजनसंग्रह 78:68

अहँ, परमेश्वरले यहूदाको परिवारलाई चुन्नु भयो। परमेश्वरले सियोन, उहाँले प्रेम गरेको पर्वत चुन्नु भयो।

भजनसंग्रह 106:40

परमेश्वर आफ्ना भक्तजनहरूमा क्रोधित हुनु भयो। उहाँ तिनीहरूसँग दिक्क हुनुभयो!

भजनसंग्रह 132:13

परमप्रभुले आफ्नो मन्दिरको लागि सियोन भन्ने ठाउँ रोज्नु भयो। त्यही ठाउँमा नै उहाँले आफ्नो घर बनाउन चाहनु भयो।

यर्मिया 14:21

हे परमप्रभु, तपाईंको नाउँको लागि हामीलाई तिरस्कार नगर्नुहोस्। महिमामय सिंहासनमाथि अपमान नल्याउनु होस्। हामीसित रहेको तपाईंको करार भंग नपार्नुहोस्।

विलाप 2:7

परमप्रभुले आफ्नो वेदी त्याग गर्नु भयो, उहाँले आफ्नो उपासनाको पवित्र स्थान पनि त्याग्नु भयो। उहाँले शत्रुलाई यरूशलेम राजप्रसादहरूका पर्खाल पनि ढाल्न लगाउनु भयो। परमप्रभुको भवनमा शत्रुहरू आनन्दले चित्कार गर्न लागे। उनीहरूको चित्कारले छुट्टीको जस्तो परिवेश बनिएको थियो।

Interlinear

Choose Theme