परमप्रभुले यो देखेर तिनीहरूसित निराश हुनु भयो। उहाँका आफ्नै छोरा-छोरीहरूले उहाँलाई रीस उठाए।
Cross references
तिमीहरूको माझमा परमप्रभु आएर बस्ने पवित्र जग्गा-पवित्र पाल बसाल्नेछु। म तिमीहरूलाई घृणा गर्ने छैन।
परमप्रभु इस्राएलीहरूसित क्वोधित हुनुभयो। यसकारण परमप्रभुले लुटमार गर्नेहरूलाई इस्राएलीहरूमाथि आक्वमण गर्ने र सम्पति लूट्ने अनुमति दिनुभयो। परमप्रभुले तिनीहरूका वरिपरि बस्ने तिनीहरूका शत्रुहरूलाई, पराजित गर्न दिनुभयो। इस्राएलीहरूले तिनीहरू स्वयंलाई आफ्ना शत्रुहरूको आक्वमण विरूद्ध आफ्नो रक्षा गर्न सकेनन्।
हे परमेश्वर, तपाईंको नजिक दुष्ट मानिसहरू भएको तपाईं मन पराउनु हुन्न। तिनीहरू तपाईंको आदर गर्दैनन्।
दुष्ट मानिसहरूले आफ्नो इच्छामाथि घमण्ड गर्छन् अनि ती लोभी मानिसहरूले परमप्रभुलाई सराप्छन्। ती पापीहरूले परमप्रभुलाई घृणा गर्छन्।
परमेश्वरले यस्तो सुनेपछि एकदम क्रोधित हुनु भयो। अनि उहाँले इस्राएल लाई पूर्णत रद्द गर्नुभयो।
म भन्दछु, “तिमीहरू देवताहरू हौ। तिमीहरू एकदम सर्वशक्तिमान परमेश्वरको छोराहरू हौ।
परमेश्वर आफ्ना भक्तजनहरूमा क्रोधित हुनु भयो। उहाँ तिनीहरूसँग दिक्क हुनुभयो!
हे, आकाश र पृथ्वी परमप्रभुको कुरालाई ध्यान लगाएर सुन! परमप्रभु भन्नु हुन्छ,“मैले मेरा नानीहरूलाई पालन-पोषण गरें। मैले तिनीहरूलाई हुर्काएँ, बढाएँ तर तिनीहरू नै मेरो विरोधी भए।
“उसले धेरै डरलाग्दो कामहरू गरेको जान्दा जान्दै किन मैले मेरी प्रयसीलाई मेरा घरमा आदर गर्नु? यहूदा, के प्रतिज्ञाहरू र पशु बलिहरूले मात्र तिमीहरूलाई विनाशबाट बचाउनु सक्छ भन्ने तिमी सोच्छौ?”
यर्मियाले तिनीहरूलाई भने, “तिमीहरूले तिमीहरूका पिता-पुर्खाहरू, राजाहरू र भारद्वारहरू अनि यहूदाको शहर र यरूशलेमको गल्लीहरूको देशका मानिसहरूले गरेका अर्पणहरू विषयमा परमप्रभुले राम्ररी जान्नु हुन्छ।
परमप्रभुले आफ्नो पाल यसरी उखाल्नु भयो, मानौ त्यो एउटा बगैंचा हो। जुन ठाँउमा मानिसहरू भेला भएर उहाँको पूजा गर्थे, उहाँले त्यस ठाउँलाई ध्वंश पार्नु भएको छ। उनीहरू कुनै विशेष पवित्र दिन सियोनमा विशेष सम्मेलन गर्थे। परमप्रभुले मानिसहरूलाई भुल्न लगाउनु भयो। परमप्रभुले राजा र पूजाहारीलाई त्याग्नु भयो। किनभने उहाँ रिसाउनु भएको थियो र त्याग्नु भएको हो।
“विभिन्न धेरै परिवारकामानिसहरुले पृथ्वी भरिनेछ। तर ती मध्ये केवल तिमीहरुलाई मैले चिनेकोछु र बिशेष ध्यान दिएकोछु तर तिमीहरु मेरो विरुद्धमा खडा भयौ। यसकारण, मतिमीहरुका सबै पापहरुका निम्ति तिमीहरुलाई दण्ड दिनेछु।”
मैले तीनजना गोठालाहरूलाई एकै महीनामा नष्ट गरिदिएँ। म भेडाहरू प्रति क्रोधित भएँ अनि तिनीहरूले मलाई घृणा गर्न थाले।
तर तिमीहरु केवल मन-तातो छौ, न तातो न चिसो। यसर्थ मेरो मुखबाट म तिमीहरुलाई उगेल्न तयार छु।