यदि तिमीहरू भूमिको पूजा अर्चनाको निम्ति त्यति उत्तम नभए हाम्रो भूमितिर आऊ। परमप्रभुको पाल हाम्रो भूमिमा छ। तिमीहरूले हाम्रो केही भूमि लिन सक्नेछौ, अनि त्यहाँ बस्न सक्ने छौ। तर परमप्रभुको विरूद्ध नगर। अर्को वेदी निर्माण नगर। हाम्रो भेट-हुने पालमा परमप्रभु हाम्रा परमेश्वरको वेदी छँदैछ।
Cross references
हे परमप्रभु तपाईंले आफ्नो मानिसहरूलाई आफ्नो पर्वतमा डोर्याउनु हुनेछ। तपाईंले बसोबासो गर्न बनाएको सिंहासनको नजिकमा तपाईंले तिनीहरूलाई बस्न दिनु हुनेछ।
“मानिसहरूलाई भन कोही इस्राएली अथवा तिमीहरूसँग बस्ने कोही विदेशीले होमबलि वा बलिदान चढाउन सक्छ।
तिनीहरूले आफ्नो भूमिलाई त्यसरी अशुद्ध बनाएको कारण अहिले त्यो भूमिले आफ्ना मानिसहरूलाई उच्छेद गरिरहेछ।
तिमीहरूका कुलमा परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो जुन ठाउँमा विशेष बास गर्न चाहनुहुन्छ त्यही ठाउँ तिमीहरूले आफ्नो आराधना गर्ने ठाउँ बनाउनु पर्छ।
समस्त इस्राएली मानिसहरू शीलोमा एकसाथ भेला भए। त्यस स्थानमा तिनीहरूले भेट-हुने पाल लगाए। इस्राएलका मानिसहरूले त्यो देशलाई नियन्त्रण गरे। त्यस भूमिका सम्पूर्ण शत्रुहरूलाई तिनीहरूले परास्त गरे।
इस्राएल भरिका पूजाहारी अनि लेवीहरू रहबाम सित सहमत भए अनि तिनीसित मिले।
जब लेवीहरूले इस्राएल छाडे तब इस्राएलका सम्पूर्ण परिवार समूहका ती मानिसहरू, जो इस्राएलका परमप्रभु परमेश्वर प्रति विश्वसनीय थिए, आफ्ना पिता पुर्खाहरूका परमप्रभु परमेश्वरलाई बलि चढाउन यरूशलेम आए।
परमप्रभुले यसो भन्नुहुन्छ, “तिम्रो पत्नी योशहरमा एकजना वेश्याहुनेछे। अनि तिम्रो छोराहरु र छोरीहरु अपवित्र भूमिमा तरवारले मारिन्छन्। तिम्रो भूमि, नाप्ने डोरीले भाग गरिनेछ अनि तिमी आफैं भूमिअपवित्र पार्नेछौ। इस्राएल निश्चयनै आफ्नो भूमिबाट बन्दीको रुपमा लगिनेछ।”
तर पत्रुसले भने, “म त्यस्तो कहिल्यै गर्नै छैन, प्रभु! मैले त्यस्तो कुनै पनि अशुद्ध र अपवित्र खाना खाएको छैन।”
तर मैले भने, ‘म कदापि त्यसो गर्ने छैन, प्रभु! मैले त्यस्तो कुनै चीज खाएको छैन जुन अपवित्र अथवा अशुद्ध हो।’