परमप्रभुले आफ्नो वेदी त्याग गर्नु भयो, उहाँले आफ्नो उपासनाको पवित्र स्थान पनि त्याग्नु भयो। उहाँले शत्रुलाई यरूशलेम राजप्रसादहरूका पर्खाल पनि ढाल्न लगाउनु भयो। परमप्रभुको भवनमा शत्रुहरू आनन्दले चित्कार गर्न लागे। उनीहरूको चित्कारले छुट्टीको जस्तो परिवेश बनिएको थियो।
Cross references
म तिमीहरूको पवित्र स्थलहरू शून्य पारिदिनेछु, म तिमीहरूका शहरहरू ध्वंश पारिदिनेछु अनि म तिमीहरूले चढाएको सुगन्धित बलिहरू ग्रहण गर्दिनें।
तिनीहरूले साँच्चै नै पाप गरेका हुन्। तर यदि मेरो सहायता खोजे म तिनीहरूलाई अस्वीकार गर्ने छैन। तिनीहरूलाई पुरै नष्ट पार्ने छैन, तिनीहरू शत्रुको देशमा बसेका भए पनि तिनीहरूले भनेको कुरा सुन्नेछु कारण म आफ्नो करार विर्सने छैन। किन? किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।
नबूजरदानले परमप्रभुको मन्दिर, राजाको महल र यरूशलेमका सबै घरहरू जलाए। उनले मुख्य मानिसहरूका घरहरू पनि जलाए।
नबूकदनेसर अनि तिनका सेनाले परमेश्वरको मन्दिर जलाई दिए। तिनीहरूले यरूशलेमको पर्खालहरू भत्काए अनि राजाको महल अनि उसका अधिकरीहरूका भवनहरू जलाईदिए। तिनीहरूले यरूशलेमको प्रत्येक बहूमुल्य चीजहरू लगे अथवा नष्ट गरिदिए।
गरीब मानिसहरूप्रति राजा निष्पक्ष रहुन्। उहाँले असहायहरूलाई साथ दिओस्। कष्ट दिने मानिसहरूलाई उहाँले दण्ड दिऊन्।
परमेश्वर, यी अनन्त भग्नावशेषहरूबाट हिंडेर आउनु होस्, पवित्र ठाउँमा जुन शत्रुहरूले नष्ट गरेको तर्फ फर्की आउनु होस्।
शत्रुहरू मन्दिरमा आफ्नो विजय नारा लगाएर चिच्याए। तिनीहरूले आफ्ना झण्डा युद्ध जित्यौं भनेर भान गर्न मन्दिरमा गाडे।
परमेश्वरले यस्तो सुनेपछि एकदम क्रोधित हुनु भयो। अनि उहाँले इस्राएल लाई पूर्णत रद्द गर्नुभयो।
परमप्रभु, हामीसित अब यसरी क्रोधित भइ नरहनु होस। हाम्रा पापहरूलाई सँधै ध्यानमा नराखी भुलि दिनु होस। दया गरेर, हामीमाथि हेर्नुहोस् हामी तपाईंका मानिसहरू हौं।
तपाईंका पवित्र शहरहरू रित्तो छन्। ती शहरहरू उजाड र निर्जन छन्। सियोन निर्जन छ! यरूशलेम ध्वंश भइसक्यो।
मैले हेर, अनि मलिलो भूमि मरूभूमि भयो। त्यस भूमिमा भएका सबै शहरहरू नाश भए। यो परमप्रभुले नै गर्नुभयो। परमप्रभु र उहाँको क्रोधको यो प्रतिफल हो।
परमप्रभुले यी कुराहरू भन्नुभयो “सारा देश नै नष्ट हुनेछ। तर म पूर्ण रूपले यो भूमिलाई ध्वंस गर्ने छैन।
“यहूदाका मानिसहरू शीलो अब शहरमा जाऊ। त्यो ठाउँमा जाऊ जहाँ मैले मेरो नाममा प्रथम घर बनाएँ। इस्राएलका मानिसहरूले पनि पाप कामहरू गरे। जाऊ र त्यहाँ हेर, मैले के गरें किनभने तिनीहरूले पाप कामहरू गरे।
तब म यो मन्दिरलाई शिलोहजस्तै बनाउनेछु अनि पृथ्वीभरिको मानिसहरूका निम्ति यो शहर एक श्राप झैं बनाउनेछु।”
तिनीहरूले भने, “यहूदाका राजा हिजकियाहको शासनकालमा मारसेतबाट मीका नाउँ भएका एकजना अगमवक्ता आएका थिए। मीकाले यहूदाका सबै मानिसहरूलाई यी कुराहरू भनेसेनाहरूका परमप्रभु भन्नुहुन्छ “सियोन ध्वंस हुने छ। यो जोतेको खेतझैं हुनेछ। यरूशलेम ढुङ्गाको थाक हुनेछ। परमप्रभुको मन्दिर भएको डाँडा, जगंल र बनमाराहरूको रित्तो डाँडा बनिनेछ।“
बाबेल सेनाले यरूशलेम शहरमाथि आक्रमण गरिरहेकाछन् तिनीहरू भित्र पस्नेछन् र आगो लाउनेछन्। तिनीहरूले जलाएर नै यो शहर भत्काउनेछन्। शहरमा यस्ता मानिसहरू छन् जो झूटा देवता बाललाई छानामाथि बाल्छन् अनि अर्घ बलिहरू अर्पण गर्छन् अनि मलाई रीस उठाउँछन्। बाबेल सेनाले यी घरहरू जलाएर खरानी पार्नेछन्।
“यहूदा, मलाई प्रार्थना गर, अनि म जवाफ दिनेछु। म तिमीलाई महत्वपूर्ण गुप्त कुराहरू भन्नेछु। यी कुराहरू तिमीले पहिले कहिले सुनेका छैनौ।
बाबेलका सेनाले राजाको महल अनि यरूशलेमको मानिसहरूको घरहरू जलाइदिए। अनि तिनीहरूले यरूशलेमको पर्खालहरू भत्काइदिए।
नबूजरदानले परमप्रभुको मन्दिरमा आगो लगाइदियो। उनले राजाको महल, सबै साधरण र महत्वपूर्ण घरहरूमा आगो लगाइदियो।
हाय! कसरी परमप्रभुले सीयोनकी छोरीलाई बादलले ढाक्नु भएको छ, उहाँले कसरी इस्राएलको गौरवलाई, आकाशदेखि भूँईमा खसाल्नु भएकोछ! परमप्रभुले, जब आफ्नो रिस देखाउनु भयो उहाँले इस्राएलमा राखिएको पाउदानलाईपर्वाह गर्नु भएन।
परमप्रभु शत्रु जस्तै हुनु भएकोछ। उहाँले इस्राएलका सबै राजमहलहरू र सबै किल्लाहरू निल्नु भएकोछ। उहाँले यहूदाको छोरीलाई, यस्तो दुखी र मृत्युमा रूने बनाउनु भयो।
“ती मानिसहरूले तिनीहरूको सुन्दर गहना उपयोग गरेर मूर्ति बनाए। तिनीहरूले त्यो मूर्तिमाथि घमण्ड गरे। तिनीहरूले तिनीहरूको डरलाग्दो मूर्तिहरू बनाए। तिनीहरूले अपवित्र चीजहरूको बनाए। त्यसकारण म तिनीहरूलाई अशुद्ध चीज जस्तै फ्याँकिदिनेछु।
म अरू देशहरूबाट दुष्ट मानिसहरू ल्याउँनेछु। अनि ती दुष्ट मानिसहरूले सबै इस्राएलका मानिसहरूका घरहरू पाउँनेछन्। म सबै शक्तिशाली मानिसहरूलाई घमण्डी हुनुबाट रोक्नेछु। अरू देशहरूका ती मानिसहरूले तिमीहरूको पूजा गर्ने सबै स्थानहरू लिनेछन्।
इस्राएलको घरानालाई भन्नु, परमप्रभु मेरो मालिकले भन्नुभयो, ‘हेर, म मेरो स्थानलाई नष्ट गर्नेछु। तिमीहरूलाई त्यसको घमण्ड छ अनि तिमीहरूले यसको विषयमा प्रशंसाको गीत गाउँछौ। तिमीले त्यो स्थान हेर्न मन पराउँनेछौ। तिमी साँच्चै त्यो ठाँउलाई प्रेम गर्छौ। तर म त्यो ठाँउ नष्ट पार्नेछु अनि तिमीले त्यागेका नानीहरू मारिनेछन्।
यसैकारण म यहुदामा आगो लगाइदिनेछु अनि त्यो आगोलेयरूशलेमको किल्लाहरुलाई खरानिमा परिणत गर्नेछ।”
हे अगुवाहरु! तिमीहरुको कारणले सियनको विनाश भयो। यसैकारण यो खेत झैं जोतिनेछ। यरूशलेम ढुङ्गाको थुप्रो बनिनेछ अनि मन्दिरको डाँडा जङ्गलले ढाकिएको पहाड जस्तै सुनसान हुनेछ।
येशूले चेलाहरूलाई भन्नुभयो, “यी भवनहरू देख्दैछौ? म तिमीहरूलाई साँचो भन्दछु यी भवनहरू ध्वंस पारिनेछन्। कुनै ढुङ्गा अर्को ढुङ्गामाथि रहने छैन।”
तिनीहरूले केही झूटा गवाहीरू पनि ल्याए। ती झूटा गवाहीहरूले भने, “यस मानिसले सदैव यो पवित्र स्थान अनि मोशाको नियम विरूद्ध बोल्छ।