म इस्राएली मानिसहरूको परमेश्वर भई तिनीहरूसंग बस्ने छु।
Cross references
तिमीहरू मेरा मानिसहरू हुनेछौ अनि म तिमीहरूका परमेश्वर हुनेछु। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ र तिमीहरूलाई मैले मिश्रको मानिसहरूबाट स्वतन्त्र पारेको थाह पाउनेछौ।
हे परमप्रभु तपाईंले आफ्नो मानिसहरूलाई आफ्नो पर्वतमा डोर्याउनु हुनेछ। तपाईंले बसोबासो गर्न बनाएको सिंहासनको नजिकमा तपाईंले तिनीहरूलाई बस्न दिनु हुनेछ।
परमेश्वरले अझ भन्नु भयो, “मानिसहरूले मेरो निम्ति पवित्र स्थान बनाउन सक्छन अनि म तिनीहरूमाझ बस्न सक्छु।
तिमीहरूको माझमा परमप्रभु आएर बस्ने पवित्र जग्गा-पवित्र पाल बसाल्नेछु। म तिमीहरूलाई घृणा गर्ने छैन।
म तिमीहरूसितै बस्नेछु। म तिमीहरूको परमेश्वर हुनेछु अनि तिमीहरू मेरा मानिसहरू हुनेछौ।
तिनीहरू मोशा र हारूनको विरोध गर्न जम्मा भए अनि तिनीहरूलाई भने, “तपाईंहरू हाम्रो अगुवाहरू भएको अब हामीलाई पूरा भयो! सम्पूर्ण समुदाय पवित्र छन् अनि परमप्रभु हाम्रो माझमा हुनुहुन्छ। तपाईंहरू किन आफैंलाई परमप्रभुका अरू मानिसहरू भन्दा उच्चाको सम्झनु हुन्छ?”
म परमप्रभु हुँ। म सधें इस्राएली मानिसहरूको साथमा तिनीहरूको भूमिमा रहनेछु। म त्यँही हुनेछु, यसर्थ त्यस भूमिलाई निर्दोष मानिसहरूको रगतले दोषित नबनाऊ।”सलोफादकी छोरीहरूको देश
“तर हामी जान्दछौं कि, परमेश्वर, तपाईं वास्तवमा पृथ्वीमा मानिसहरूसाथ बस्नु हुन्न। स्वर्ग अनि सर्वोच्च स्वर्गले पनि तपाईंलाई आफूमा अँटाउँने क्षमता राख्न सक्तैन। अनि हामी जान्दछौं। कि मैले बनाएको यो मन्दिरले तपाईंलाई अँटाउँन सक्तैन।
उहाँ उच्च पर्वत माथि-माथि जानु भयो। ती मानिसहरूसित जो उहाँका विरूद्ध भए कैदीहरूको लहरलाई पथ-निर्देश गर्दै पुरूषहरूबाट उपहार लिनलाई, परमप्रभु परमेश्वर त्यहाँ रहनलाई जानु भयो।
किन तपाईं भ्रममा परेको मानिस झैं देखिनु हुन्छ? तपाईंले कसैलाई पनि बचाउँनु हातमा नरहेका सेना झैं हुनुहुन्छ। तर हे परमप्रभु। तपाईं हाम्रो साथमा हुनुहुन्छ। हामी तपाईंको नाउँले बोलाइन्छौं। हामीलाई असहाय नछोडनु होस्।”
त्यसपछि म परमप्रभु अनि मालिक तिनीहरूको परमेश्वर भन्छु मेरो दास दाऊद तिनीहरू बीचमा शासक हुन्छ। म, परमप्रभुले यो कुरा भनें।
मन्दिरमा एउटा आवाजले मलाई भन्यो, “हे मानिसको छोरो! यो ठाउँ मेरो सिंहासनको ठाउँ मेरो पैतालाको लागि हो, म यस ठाँउमा इस्राएलका मानिसहरूसित सदा-सर्वदा रहनेछु। इस्राएलका सन्तानले मेरो नाम फेरि नष्ट गर्ने छैनन्। राजाहरू अनि तिनीहरूका मानिसहरूले व्यभिचार पापहरू गरेर अथवा तिनीहरूको राजाहरूको मृत शरीरहरू यस ठाउँमा गाडेर मेरो नामलाई बदनाम गर्नेछैन।
अब तिनीहरूलाई व्यभिचार पापहरू टाढो हटाउन देऊ अनि आफ्नो राजाहरूको लाश मबाट टाढा लानु देऊ। तब म तिनीहरू बीच सदैव रहन्छु।
परमप्रभु भन्नुहुन्छ, “आनन्दपूर्ण भई कराऊ अनि खुशी होऊ, सियोन। किन? किनकि म आउँदैछु अनि तिमीहरुको बिचमा रहनेछु।
परमप्रभु भन्नुहुन्छ, “म सियोनमा फेरि फर्केर आएँ। म यरूशलेममा बसिरहेको छु। यरूशलेम सत्यको बिश्वासी शहर भनिनेछ। सर्वशक्तिमान परमप्रभुको पर्वतलाई चाहिं पवित्र पर्वत भनिनेछ।”
सहायक सत्यको आत्माहो। संसारले उहाँलाई देख्दैन र बुझ्दैन। तर तिमीहरू उहाँलाई जान्दछौ। उहाँ तिमीहरूसंग बाँच्नु हुन्छ र उहाँ तिमीहरूभित्र नै हुनु हुनेछ।
त्यस दिनमा तिमीहरूले जान्नेछौं कि म पितामा छु। तिमाहरूले जान्नेछौ कि तिमीहरू ममा र म तिमीहरूमा हुनेछु।
येशूले भन्नुभयो, “यदि कसैले मलाई प्रेम गर्छ भने, उसले मेरो शिक्षा पालन गर्दछ। अनि मेरो पिताले पनि तिनलाई प्रेम गर्नुहुन्छ। म र मेरा पिता तिनीकहाँ आउनेछौं र तिनीसंगै बस्नेछौं।
परमेश्वरको मन्दिर र मूर्तिहरूसित सम्झौता हुन सक्तैन। अनि हामी जीवित परमेश्वरका मन्दिर हौं। जस्तो परमेश्वर भन्नु हुन्छः“म तिमीहरूसित बस्छु, तिनीहरूसितै हिंड्छु म तिमीहरूका परमेश्वर हुनेछु अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्।”
अनि ख्रीष्टमा तिमीहरू पनि अरूहरूसितै निर्मित छौ। आत्माद्वारा तिमीहरू पनि यस्तो एउटा स्थान बनिदैछौ जहाँ परमेश्वर बस्नु हुन्छ।
मैले सिंहासनबाट आएको ठूलो आवाज सुनें। त्यो आवाजले भन्यो, “अब परमेश्वरको भवन मानिसहरुसंग छ.। उनी तिनीहरुसंग रहेनछन्। तिनीहरु उनका मानिसहरु हुनेछन्। परमेश्वर स्वयं तिनीहरुसित हुनेछन् अनि तिनीहरुका परमेश्वर बन्नेछन्।