Home Bibles लेवी 1:3 · नेपाली बाइबल
लेवी 1:3 · नेपाली बाइबल

“यदि उसले गोरू होमबलि चढाउँछ भने, त्यो निष्खोट बाछो हुनुपर्छ। उसले बाछो भेट हुने पालको ढोकामा चढाउनु पर्छ जसले गर्दा त्यो परमप्रभुलाई ग्रहण योग्य हुनेछ।

Cross references

उत्पत्ति 8:20

त्यसपछि नूहले परम्मप्रभुको निम्ति एउटा वेदी उभ्याए र उनले केही पवित्र पशुहरु र पवित्र चराहरु परमप्रभुको निम्ति वेदीमा होमबलि चढाए।

उत्पत्ति 22:2

तब परमेश्वरले भन्नुभयो, “मोरीयाह भूमिमा तिम्रो छोरोलाई लैजाऊ। मोरीयामा मेरो निम्ति बलिदान स्वरूप तिम्रो छोरो बलि देऊ। तिम्रो छोरो चाँहि इसहाक हुनु पर्छ तिम्रो एउटा छोरा जुन छोरालाई तिमी बढी माया गर्छौ। त्यहाँको कुनै एउटा पर्वतमा तिम्रो छोरोलाई होमबलि चढाऊ। कुन चाँहि पर्वतमा बलिदान चढाउनु पर्छ त्यो म बताउनेछु।”

उत्पत्ति 22:8

अब्राहामले उत्तर दियो, “छोरो परमेश्वर आफैले बलिदानको निम्ति थुमा बन्दोबस्त गरिदिनु हुँदैछ।”यसरी अब्राहाम र तिनको छोरो इसहाकसँगै बलिदिने ठाउँमा पुगे।

उत्पत्ति 22:13

तब अब्राहामले त्यहाँ एउटा थुमा देखे। त्यो भेडाको पाठाको सींङ पोथ्रामा अडकिएको थियो। यसर्थ अब्राहामले त्यो थुमालाई मारे अनि आफ्नो छोराको बलिको सट्टामा त्यसलाई परमेश्वरको बलिदानको रूपमा चढाए।

प्रस्थान 12:5

पाठो एक वर्षको र खोट रहित हुनुपर्छ। पाठो भेडा अथवा बाख्राको जुन भए पनि हुन्छ।

प्रस्थान 24:5

तब मोशाले केही इस्राएली युवकहरूलाई बलिहरू चढाउन पठाए। ती मानिसहरूले परमप्रभुलाई होमबलि र मेलबलिको रूपमा गोरूहरू चढाए।

प्रस्थान 29:4

त्यसपछि हारून र तिनका छोराहरूलाई भेटहुने पालको प्रवेश द्वार अघि ल्याएर नुहाउन लगाऊ।

प्रस्थान 29:18

तब सम्पूर्ण भेडालाई वेदीमा जलाई देऊ। यसको सुगन्धले परमप्रभुलाई प्रसन्न तुल्याउँछ। अनि त्यस्तो होम बलि जुन हो आगोद्वारा चढाईन्छ।

प्रस्थान 29:42

“तिमीहरूले यी चीजहरू बलिदान स्वरूप परमप्रभुलाई तिमीहरूका सन्तानहरू बाँचुञ्जेलसम्म प्रत्येक दिन जलाउनु पर्छ। भेट हुने पालको प्रवेश द्वारमा यसो गर। यो त्यो स्थान हो जहाँ म परमप्रभुले तिमीहरूलाई भेट्नेछु र तिमीहरूसित कुरा गर्नेछु।

प्रस्थान 32:6

मानिसहरू बिहान चाँडै उठे पशुहरू मारेर होमबलिहरू चढाए अनि मेलबलिहरू चढाए। मानिसहरू खान तल बसे, तब रमाइलो गर्न उठे।

प्रस्थान 35:5

परमप्रभुको निम्ति विशेष उपहारहरू भेला गर। तिमीहरू प्रत्येकले के चढाउन चाहन्छौ हृदयले निर्णय गर। त्यसपछि परमप्रभुलाई चढाउन उपहार लिएर आउनु पर्छ। सुन, चाँदी, काँसा,

प्रस्थान 35:21

तिनीहरू जसले परमप्रभुलाई भेटीहरू चढाउन इच्छा गरे तिनीहरूले सबै भेटीहरू ल्याए। ती भेटीहरू भेट हुने पालको काममा अनि विशेष पोशाकको निम्ति प्रयोग गरियो।

प्रस्थान 35:29

इस्राएलका सारा मानिसहरू जसले भेटी चढाउने इच्छा गर्थे तिनीहरू सबैले परमप्रभुलाई भेटी चढाउने चीजहरू ल्याए। सम्पूर्ण हृदयले आफूलाई इच्छा लागेको चीजहरू चढाए। परमप्रभुले मोशा र इस्राएली मानिसहरूलाई बनाउनु भन्नु भएको चीजहरू बनाउन थालियो।

प्रस्थान 36:3

मोशाले तिनीहरूलाई ती सब चीजहरू दिए जो इस्राएली मानिसहरूले परमप्रभुको निम्ति उपहार स्वरूप ल्याएका थिए अनि तिनीहरूले ती सबै चीजहरू पवित्र स्थान निर्माण गर्न प्रयोग गरे। मानिसहरूले प्रत्येक बिहान भेटीहरू ल्याए।

प्रस्थान 38:1

त्यसपछि बजलेलले होमबलिको निम्ति बबुल काठको एउटा वेदी बनाए। यो वेदी पाँच हात लामो, पाँच हात चौडा अनि तीन हात अग्लो थियो।

लेवी 3:1

“यदि उसको बलि मेलबलिको निम्ति हो भने गाई-गोरू मध्येको हुनुपर्छ। तर पशु चाही निष्खोट होस्।

लेवी 4:3

“यदि कुनै अभिषिक्त पूजाहारीले ल्याउछ भने पाप गरेर कर्म गर्छ जसले मानिसहरूमाथि दोष लाग्छ उसले एउटा निष्खोट जवान साँढे उसको पाप प्रायश्चितको निम्ति परमप्रभुलाई चढाउनु पर्छ।

लेवी 4:23

अनि पछि आफ्नो दोष पत्ता लगाउँछ, उसले आफ्नो पशुहरूको बथानबाट उपहार स्वरूप भूत्लै भूत्ला भएको निष्खोट बोका ल्याउनु पर्छ।

लेवी 4:32

“यदि कसैले उसको पापबलिको निम्ति भेडा ल्याउँछ भने, तब उसले निष्खोट भेडाको पाठो ल्याउनु पर्छ।

लेवी 5:15

“जब एकजना मानिसले परमप्रभुको पवित्र चीजहरू प्रति नजानेर भूल काम गर्छ, उसले आफ्नो पशुहरूको बथानबाट एउटा निष्खोट भेडा ल्याउनुपर्छ। भेडाको मोल आधिकारिक नाप अनुसार उसको

लेवी 5:18

तब उसले गरेको पापको ओजन बराबरको मूल्यमा एउटा निष्खोट भेडा पूजाहारीकहाँ दोष बलिको निम्ति ल्याउनुपर्छ। जुन पाप उसले नजानी गरेको थियो पूजाहारीले त्यसले गरेको पापबाट उसलाई क्षमा गराउनेछ।

लेवी 6:2

“जब एकजना मानिस परमप्रभुको विररूद्धमा पाप र विश्वासघात गर्छ अनि आफ्नो छिमेकीलाई धोका दिएर पापकर्म गर्यो कसैले राख्न दिएको कुरा बन्धकमा राखेरको कुरा वा चोरेको कुरा राख्छ अनि छिमेकीसँग झूट बोल्छ।

लेवी 6:9

“यी कुराहरू हारून अनि तिनका छोराहरूलाई आज्ञा दे यो होमबलिको निम्ति विधि हो। होमबलिको बलि वेदीको चुलामा बिहान नहुञ्जेलसम्म रातभरि रहोस् अनि वेदीमा आगो बलिरहोस्।

लेवी 7:16

“यदि उसको बलि परमप्रभुअघि विशेष भाकल पूरा गर्नु राखिएको अथवा परमप्रभुलाई भेटी चढाएको अर्थ लाग्छ। तब बलिदान त्यही दिन खानुपर्छ जहिले बलि चढाइन्छ अनि रहेको अर्को दिन खानु सकिन्छ।

लेवी 8:18

त्यसपछि तिनले होमबलिको निम्ति एउटा भेडा ल्याए अनि हारून अनि तिनका छोराहरूले त्यस भेडाको शिरमाथि तिनीहरूको हात राखे।

लेवी 8:21

तिनले भेडाको आन्द्रा-भुँडी र खुट्टाहरू पानीले धोए अनि सम्पूर्ण भेडालाई नै वेदीको आगोमाथि राखे। यो सुगन्धित बास्नाको लागि होमबलि थियो। यो परमप्रभुले मोशालाई दिएको आदेश अनुसार आगोद्वारा दिइने होमबलि थियो।

लेवी 9:2

हारूनलाई उनले भने, “बगालबाट निष्खोट एउटा बाछा पापबलिको निम्ति अनि होमबलिको निम्ति एउटा निष्खोट भेडा ल्याएर परमप्रभु सम्मुख बलि चढाऊ।

लेवी 14:10

“आठौं दिनको दिन त्यो चर्मरोग लागेको मानिसले भेडाको दुइवटा निष्खोट पाठो अनि एक वर्षको पाठी जसको कुनै खोट छैन र अन्नबलिको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो र आधा माना तेल ल्याओस्।

लेवी 16:7

“तब हारूनले दुइवटा बोकाहरू भेट हुने पालको ढोकामा परमप्रभुअघि ल्याउनु पर्छ।

लेवी 17:4

त्यस मानिसले भेट हुने पालको ढोकामा पशुलाई ल्याउनुपर्छ। उसले पशुको एक भाग परमप्रभुलाई उपहार चढाउनुपर्छ। पशु मारेपछि उसले परमप्रभुलाई उपहार स्वरूप एक भाग चढाउनै पर्छ। यदि उसले परमप्रभुलाई यसको एक भाग उपहार चढाउँदैन भने त्यस मानिसलाई आफ्ना मानिसहरूबाट छुट्‌याउनु पर्छ।

लेवी 17:9

तर यदि ऊ यो चढाउँछ, तब उसले आफ्नो बलि भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुसमक्ष उपहारको रूपमा लानु पर्छ। यदि ऊ यसो गर्दैन, उसलाई आफ्ना मानिसहरूबाट छुट्‌याउनु पर्छ।

लेवी 22:19

“ती उपहारहरू परमेश्वरलाई चढाउन इच्छा गर्ने मानिसले चढाएका हुन्। यसर्थ कुनै खोट भएको बलि तिमीहरूले ग्रहण गर्नु हुँदैन कारण त्यस्तो बलि म ग्रहण गर्दिनँ।

लेवी 23:12

“जुन दिन तिमीहरूले अन्नको बिटा परमप्रभुको अघि डोलाउने छौ त्यस दिन तिमीहरूले परमप्रभुलाई होमबलि चढाउन एउटा एक वर्षे निष्खोट थुमा ल्याउन्।

लेवी 23:18

“एउटा साँढे दुइवटा भेडाहरू अनि सातवटा एक वर्षे पाठहरू अन्नबलि अनि अर्घबलिसित चढाउनु पर्नेछ। यी सबै पशुहरू निष्खोट हुनुपर्छ। यी पशुहरू आगोद्वारा जलाइने होमबलि हुनुपर्छ अनि यसको बास्नाले परमप्रभुलाई खुशी पार्नेछ।

गन्ती 19:2

“परमप्रभुले दिनु भएको आज्ञाहरूबाट बनिएको नियम यही हो। इस्राएलका मानिसहरूलाई भन कि तिनीहरूले एउटा एकदमै निष्खोट र कहीं दाग नभएको कहिले पनि नजोतिएको रातो गाई ल्याऊन। अनि त्यो गाईले कहिल्यै हलो नजोतेको हुनुपर्छ।

गन्ती 23:3

त्यसपछि बिलामले बालाकलाई भने, “तिम्रो होमबलिको पछिल्तिर तिमी उभिनु अनि म कही जान्छु। शायद परमप्रभुले मलाई भेट्नु हुन्छ होला। उहाँले मलाई जे देखाउनु हुन्छ म तिमीलाई भन्नेछु।” यसर्थ तिनी एउटा पर्वतको शिखरमा गए।

गन्ती 23:10

याकूबका मानिसहरूलाई कसले गन्न सक्छन्? तिनीहरूको संख्या धूलोको कण जत्तिकै असंख्य छ। तिनीहरूका चार भागको एक भाग पनि कसैले गन्न सक्तैन। मेरो आत्माले असल मृत्यु पाओस्, मेरो जीवन तिनीहरूको झैं खुशीयालीमा अन्त होस्।”

गन्ती 23:19

परमेश्वर मानिस हुनुहुन्न, यसर्थ उहाँ मर्नुहुन्न, परमेश्वर मानव हुनुहुन्न, यसर्थ उहाँको निर्णय परिवर्त्तन हुँदैन। यदि परमप्रभुले भन्नुहुन्छ-केही गर्छु, तब उहाँले गर्नुहुन्छ। यदि परमप्रभुले प्रतिज्ञा गर्नु भए, प्रतिज्ञाको कुरो पूर्ण गर्नुहुन्छ।

गन्ती 23:23

याकूबका मानिसहरूलाई परास्त गर्ने अर्को कुनै शक्ति छैन। कुनै यस्तो उपाए छैन कि इस्राएलका मानिसहरूलाई रोक्न सकोस्। याकूब र इस्राएली मानिसहरूको विषयमा, मानिसहरू भन्दछन्, ‘परमेश्वरको महान सृष्टिलाई हेर!’

गन्ती 23:27

तब बालाकले बिलामलाई भने, “अब मसंग आउनु होस् अर्को ठाँउमा। हुन सक्छ परमेश्वर खुशी भएर ती मानिसहरूलाई सराप्न अनुमति दिनुहुन्छ।”

Interlinear

Choose Theme