Home Bibles गन्ती 19:2 · नेपाली बाइबल
गन्ती 19:2 · नेपाली बाइबल

“परमप्रभुले दिनु भएको आज्ञाहरूबाट बनिएको नियम यही हो। इस्राएलका मानिसहरूलाई भन कि तिनीहरूले एउटा एकदमै निष्खोट र कहीं दाग नभएको कहिले पनि नजोतिएको रातो गाई ल्याऊन। अनि त्यो गाईले कहिल्यै हलो नजोतेको हुनुपर्छ।

Cross references

प्रस्थान 12:5

पाठो एक वर्षको र खोट रहित हुनुपर्छ। पाठो भेडा अथवा बाख्राको जुन भए पनि हुन्छ।

लेवी 1:3

“यदि उसले गोरू होमबलि चढाउँछ भने, त्यो निष्खोट बाछो हुनुपर्छ। उसले बाछो भेट हुने पालको ढोकामा चढाउनु पर्छ जसले गर्दा त्यो परमप्रभुलाई ग्रहण योग्य हुनेछ।

लेवी 1:10

“यदि उसको भेटी पशु हो भने, पाठो अथवा थुमा निष्खोट हुनुपर्छ। जब बलिदानहरू चढाउँदा उसले पाठो अथवा बोका चढाउनुपर्छ।

लेवी 14:6

अर्को जिउँदो चरालाई पूजाहारीले लिएर, सल्लाको काठ, रातो धागो अनि हिसपसित अघिल्लो चराको रगत मिसिएको पानीमा चोबलून्।

लेवी 22:20

साँढे, बाख्रा अथवा भेडा जुन सुकै उपहार होस् तर त्यो पुरूष अनि निष्खोट हुनुपर्छ।

गन्ती 19:6

पूजाहारीले देवदारू काठ, हिसप र केही रातो धागो ल्याएर गाई जल्दै गरेको आगोमा फ्याँक्नु पर्छ।

गन्ती 31:21

त्यसपछि पूजाहारी एलाजारले युद्धमा गएका सबै सेनाहरूलाई भने, “परमप्रभुले मोशालाई यस्तो आज्ञा गर्नु भएको छ,

व्यवस्था 21:3

जब तिमीहरूले जान्ने छौ कुन चाही शहर मृत्यु मानिसको नजिकै छ, शहरका बूढा-प्रधानले तिनीहरूको बथानबाट एउटा गाई लानु पर्छ यो गाई कहिल्यै बच्चा नभएको हुनुपर्छ अनि यो गाई कहिले काममा प्रयोग नगरेको हुनुपर्छ।

1 शमूएल 6:7

“तिमीहरूले एउटा गाडा बनाउनु पर्छ र कहिले खेत नजोतेका दुइवटा दुहुना गाई बन्दोबस्त गर्नुपर्छ। ती दुइवटा गाईलाई गाडा तान्ने गरी नारेर त्यसका बाछाहरूलाई भने गोठभित्र थुनिदिनुपर्छ। त्यसो गर्दा बाछाले माऊलाई पछ्याउँन पाउँदैनन्।

यशैया 1:18

परमप्रभु भन्नहुन्छ, “आऊ, ती कुराहरूमा चर्चा गरौं। तिमीहरूका पापहरू सिंदूर जस्ता राता छन्, तर तिनीहरू पखालेर फ्याँक्न सकिन्छ र तिमीहरू हिउँ जस्ता सेतो हुनेछौ। तिमीहरूका पापहरू चहकिलो राता छन्, तर तिमीहरू ऊन जस्तो सेतो हुन सक्छौ।

विलाप 1:14

“मेरा पापहरू जुवाजस्तै बाँधिएका छन्। ती पापहरू परमप्रभुकै हातद्वारा बाँधिएका छन्। परमप्रभुको जुवा मेरो गर्दनमाथि छ। परमप्रभुले मलाई कमजोर बनाउनु भएको छ। जुन मानिसहरूको विरूद्ध म उठ्न सक्तिनँ परमप्रभुले मलाई नै ती मानिसहरूकहाँ सुम्पिनुभएको छ।

मलाकी 1:13

अनि तिमीहरू त्यो टेवलबाट भोजनलिन मन पराउँदैनौ तिमीहरूले त्यो खाने कुरा सुँघ्छौ तर खान अस्वीकार गर्छौ। तिमीहरू भन्छौ यो राम्रो होइन। तर यो साँच्चो हैन। तब तिमीहरूले रोगी, खोरण्डाअनि चोट लागेका पशुहरू मेरो निम्ति ल्याउँछौ। तिमीहरूले रोगी पशुहरू मलाई बलिदान दिने चेष्टा गर्छौ। तर म ती रोगी पशुहरू स्वीकार गर्दिनँ।

लूका 1:35

ती स्वर्गदूतले मरियमलाई भने, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ अनि सर्वशक्तिमान परमेश्वरको शक्तिले तिमीलाई ढाकनेछ। यसकारणले जो जन्मनुहुन्छ उहाँ परमेश्वरको पुत्र कहलाइनु हुनेछ।

यूहन्ना 10:17

मेरो पिताले मलाई प्रेम गर्नुहुन्छ किनभने म मेरो जीवन दिनु तयार छु ताकि त्यो म फेरि फिर्ता लिनेछु।

फिलिप्पी 2:6

ख्रीष्ट आफै हरेक कुरामा परमेश्वर जस्तै हुनुहुन्थ्यो। उनी परमेश्वर बराबरी हुनु हुन्थ्यो। तर उहाँले परमेश्वसित रहेको बराबरीलाई आफ्नो निम्ति राखिनु पर्ने सम्पत्ति झैं मान्नु भएन।

हिब्रू 7:26

यसर्थ उहाँ हामीलाई चाहिएको जस्तै प्रकारको प्रधान पूजाहारी हुनुहुन्छ। उहाँ पवित्र र निर्दोष हुनुहुन्छ। उहाँ शुद्ध र पापीहरूका प्रभावदेखि टाढा हुनुहुन्छ। अनि उहाँ स्वर्गभन्दा पनि माथि उठेको हुनुहुन्छ।

हिब्रू 9:10

ती बलिहरू र भेटीहरू त खालि खाने, पिउने र सविशेष नुहाउने विषयमात्र थिए। ती खाली शरीरका विधिहरू मात्र थिए हृदयका थिएनन्। परमेश्वरको नयाँ तरिका नआउञ्जेल सम्म परमेश्वरद्वारा यी विधिहरू बनाइएका थिए।

1 पत्रुस 1:19

तर तिमीहरु ख्रीष्टको बहुमूल्य रगतले किनियौ, दोषरहित भेडाको पाठो।

1 पत्रुस 2:22

“उनले पाप गरेनन्, अनि उनको मुखमा कुनै छलको कुरो पाइएन।”

प्रकाश 1:5

अनि विश्वासी साक्षी येशू ख्रीष्टद्वारा। मृत्युबाट बौराइनु भएको उहाँ पहिलो हुनुहुन्छ। येशू पृथ्वीका राजाहरुका शासक हुनुहुन्छ।आफ्नो रगतले स्वतन्त्र तुल्याउनु भयो।

Interlinear

Choose Theme