Home Bibles उत्पत्ति 22:13 · नेपाली बाइबल
उत्पत्ति 22:13 · नेपाली बाइबल

तब अब्राहामले त्यहाँ एउटा थुमा देखे। त्यो भेडाको पाठाको सींङ पोथ्रामा अडकिएको थियो। यसर्थ अब्राहामले त्यो थुमालाई मारे अनि आफ्नो छोराको बलिको सट्टामा त्यसलाई परमेश्वरको बलिदानको रूपमा चढाए।

Cross references

उत्पत्ति 22:8

अब्राहामले उत्तर दियो, “छोरो परमेश्वर आफैले बलिदानको निम्ति थुमा बन्दोबस्त गरिदिनु हुँदैछ।”यसरी अब्राहाम र तिनको छोरो इसहाकसँगै बलिदिने ठाउँमा पुगे।

भजनसंग्रह 40:6

परमप्रभु, तपाईंले मेरो निम्ति कुराहरू बुझाउनु भयोः तपाईं प्राणीका बलिहरू र अन्नको अर्पणहरू चाहनु हुन्न। तपाईं होमबलि र पापबलिहरू चाहनु हुन्न।

भजनसंग्रह 89:19

एक पल्‍ट तपाईंले आफ्‍ना पवित्र जनहरूसित दर्शनमा बोल्‍नुभयो, र भन्‍नुभयो, मैले एक योद्धालाई बल प्रदान गरेको छु, मैले मानिसहरूबाट एउटा युवकलाई उच्‍च पारेको छु।

यशैया 30:21

तब यदि तिमीहरूले गल्ती काम गर्छौ भने वा गल्तीबाटो नै गयौ भने, तिमीहरूले एक आवाज सुन्नेछौ तिमीहरूको आफ्ना आवाज पछाडी, “यो तिमीहरूको दाहिने बाटो हो। तिमीहरू यही बाटो जानुपर्छ।”

1 कोरिन्थी 5:7

बासी खमीर निकालि देऊ, तब मात्र तिमीहरू नयाँ ढिका बन्नेछौ। तिमीहरू साँचै खमीर बिनाको रोटी हौ। हो, ख्रीष्ट जो हाम्रा निस्तारको पाठो हुनुहुन्छ, पहिल्यै मारिनु भएको थियो।

1 कोरिन्थी 10:13

हामीमा पनि अरूमा जस्तै प्रलोभन्हरू छन्। तर तिमीले परमश्वरमाथि भरोशा राख्न सक्छौ। उहाँले तिमीले सहनु सक्ने भन्दा बढता परीक्षा लिनु दिनु हुँदैन। जब तिमी प्रलोभित हुन्छौ परमेश्वरले तिमीलाई त्यो परीक्षाबाट बाँच्नलाई पनि सहायता गर्नु हुनेछ। तब तिमी त्यो सहन समर्थ हुनेछौ।

2 कोरिन्थी 1:9

हामीले साँच्चै सोच्यौ आफुमा भन्दा परमेश्वरमा विश्वास गर्नु पर्छ। परमेश्वरले मानिसहरूलाई मृत्युबाट उत्थान गराउनु हुन्छ।

1 पत्रुस 1:19

तर तिमीहरु ख्रीष्टको बहुमूल्य रगतले किनियौ, दोषरहित भेडाको पाठो।

Interlinear

Choose Theme