तब परमेश्वरले भन्नुभयो, “मोरीयाह भूमिमा तिम्रो छोरोलाई लैजाऊ। मोरीयामा मेरो निम्ति बलिदान स्वरूप तिम्रो छोरो बलि देऊ। तिम्रो छोरो चाँहि इसहाक हुनु पर्छ तिम्रो एउटा छोरा जुन छोरालाई तिमी बढी माया गर्छौ। त्यहाँको कुनै एउटा पर्वतमा तिम्रो छोरोलाई होमबलि चढाऊ। कुन चाँहि पर्वतमा बलिदान चढाउनु पर्छ त्यो म बताउनेछु।”
Cross references
परमेश्वरले भन्नुभयो, “होइन! मैले भनी सकें तिम्री पत्नी साराले एउटा छोरो जन्माउनेछिन् जसको नाउँ तिमीले इसहाक राख्नेछौ। म त्यो सित करार गर्नेछु। त्यो करार त्यस्तो हुनेछ उसका सबै सन्तानहरूसित संधैको निम्ति बाँचिरहने छ।”
साराले तिनको निम्ति एउटा छोरो जन्माएकी थिइन् उसको नाउँ अब्राहामले इसहाक राखे।
तर परमेश्वरले अब्राहामलाई भन्नुभयो, “त्यो केटा र कमारी स्त्रीको विषयमा तिमी चिन्ता नगर। जे साराले चाहन्छे त्यही गर, इसहाक मात्र तिम्रो उत्तराधिकारी हुनेछ।
स्वर्गदूतले भने, “तिम्रो छोरोलाई नमार। उसलाई कुनै प्रकारको चोट पनि नलागोस्। मैले साँच्चै नै थाहा पाएँ तिमीले परमेश्वरलाई सम्मान गर्छौ अनि उहाँको आज्ञा पालन गर्छौ। तिमीले आफ्नो एक मात्र छोरोलाई मेरो निम्ति मार्न तयार भएको पनि मैले देखें।”
ती स्वर्गदूतले भने, “तिमीले मेरो निम्ति आफ्नो छोरो मार्न तत्पर थियौ, यसर्थ तिमीले यस्तो गरेको हुनाले म यो प्रतिज्ञा गर्छु।
म तपाईंलाई त्यो प्रथम बस्तु प्रदान गर्नेछु जुन बस्तु विजय प्राप्त गरेर म फर्केको बेला मेरो घरबाट निस्कन्छ। परमप्रभुलाई म त्यो होमबलिको रूपमा अर्पण गर्नेछु।”
दुइ महीनाको अन्तमा यिप्तहकी छोरी आफ्ना पिता कहाँ फर्की। यिप्तहले परमप्रभुसित जे भाकल गरेका थिए सो पूरा गरे। यिप्तहको छोरीले कहिले पनि कसैसित शारीरिक सम्बन्ध गरेकी थिइन। यसर्थ इस्राएलमा यो एउटा परम्परा बन्यो।
तब मोआबका राजाले आफ्नो जेठो छोरालाई लगे। यो त्यही छोरा थियो जो उनीपछि राजा हुनेवाला थिए। शहरको चारैतिर भित्ताहरूमाथि मोआबका राजाले आफ्नो छोरालाई होमबलिको रूपमा बलि चढाउन तयार भए। ठूलो रीस इस्राएलमाथि पर्यो। यसकारण इस्राएलका मानिसहरू मोआबका राजालाई छोडेर आफ्नो देशतिर फर्किए।
सुलेमानले यरूशलेमको मोरीयाह पर्वतमा परमप्रभुको मन्दिर निर्माण गर्न शुरू गरे। मोरीयाह पर्वत त्यो स्थान हो जहाँ परमप्रभु दाऊद, सुलेमानका पिता कहाँ आउनु भएको थियो। सुलेमानले त्यस स्थानमा मन्दिर निर्माण गरे जुन स्थान दाऊदले तयार पारेका थिए। यो स्थान ढिकी भएको खलामा थियो जो यबूसी ओर्नानको थियो।
के परमप्रभु एक हजार भेडा र तेलका दश हजार नदीसित प्रशन्न हुनुहुन्छ? के म आफ्नो अपराधको निम्ति आफ्नो जेठो छोरा जो आफ्नो शरिरको अंग हो, त्यो अर्पण गरूँ?
हो, परमेश्वरले संसारलाई यति साह्रो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनु भयो। परमेश्वरले आफ्ना पुत्रलाई दिनु भयो त्यस द्वारा उहाँमाथि विश्वास गर्ने कोहीपनि नाश हुने छैन, तर अनन्त जीवन प्राप्त गर्नेछ।
यद्यपि हामीहरू अझै पापी जीवन जिउँदा-जिउँदै पनि ख्रीष्ट हाम्रो निम्ति मर्नु भयो। यस प्रकारले परमेश्वरले आफ्नो प्रेम हामीलाई देखाउनु भयो।
परमेश्वरले हाम्रो निम्ति जे पनि गर्नुहुनेछ। परमेश्वरले उहाँको आफ्नै पुत्रलाई कष्ट मात्र भोगाउनु भएन तर हाम्रा निम्ति बलि दिनुभयो। तब के परमेश्वरले हामीलाई येशूका साथै हरेक उपहार दिनुहुन्न र?
अब्राहामको विश्वासको परीक्षा लिन परमेश्वरले उनलाई इसहाकको बलि दिन भन्नुभयो। अब्राहामले विश्वासले त्यसो गरे।
यसरी परमेश्वरले हामीलाई उहाँको प्रेम दर्शाउनु भएको छ परमेश्वरले उहाँको एउटै पुत्र यस संसारमा पठाउनु भयो यसर्थ उहाँ मार्फत हामी जीवन पाउन सक्छौं।