Home Bibles प्रस्थान 29:4 · नेपाली बाइबल
प्रस्थान 29:4 · नेपाली बाइबल

त्यसपछि हारून र तिनका छोराहरूलाई भेटहुने पालको प्रवेश द्वार अघि ल्याएर नुहाउन लगाऊ।

Cross references

प्रस्थान 26:36

“निलो, बैजनी र रातो सुतीको धागो बाटेर एउटा पर्दा बनाएर पवित्र पालको प्रवेशद्वार पर्दा बनाऊ।

प्रस्थान 30:18

“काँसाको एउटा भाँडा बनाऊ, त्यसलाई काँसाको आधारमा राख। यो भाँडा भेट हुने पाल र वेदीको बीचमा राखि देऊ अनि हात गोडा धुनको निम्ति यस भित्र पानी भर।

प्रस्थान 30:19

हारून अनि उनका छोराहरूले तिनीहरूको हातहरू अनि खुट्टाहरू यो पानीले धुनु पर्छ।

प्रस्थान 40:12

“हारून र तिनका छोराहरूलाई भेट हुने पालको प्रवेश द्वारमा ल्याएर पानीले नुहाउन लगाऊ।

प्रस्थान 40:28

तब मोशाले पवित्र पालको प्रवेश द्वारमा पर्दा लगाए।

प्रस्थान 40:32

तिनीहरू भेट हुने पालमा पस्दा प्रत्येक पल्ट आफ्नो हात-खुट्टा धोए अनि त्यसरी नै तिनीहरू वेदी सामने जाँदा पनि हात-खुट्टा धोए। तिनीहरूले परमप्रभुले आज्ञा गरे अनुसार यसो गरे।

लेवी 8:3

तब तिनीहरूलाई सम्पूर्ण मानिसहरूसंग भेट हुने पालमा लैजाऊ।”

लेवी 8:5

मोशाले मानिसहरूलाई भने, “यो परमप्रभुले आज्ञा दिनु भएको कुरा यही हो।”

लेवी 14:8

“तब मानिसले जसलाई शुद्धगराइदै थियो, आफ्नो लुगाहरू धुनु पर्छ कपाल खौरिनु अनि नुहाउनु पर्छ अनि त्यो मानिस शुद्ध हुन्छ। तब मानिस आफ्नो पालभित्र पस्न सक्छ तर सात दिनसम्म पालभित्र पस्नु हुँदैन।

गन्ती 8:9

त्यस पछि तिमीले ती लेवीहरूलाई भेट हुने पालको अघि ल्याउनु र इस्राएलको सबै जातिका मानिसहरूलाई भेला गर।

व्यवस्था 23:11

जब बेलुकी हुन्छ उसले पानीमा नुहाउनु पर्छ अनि सूर्य अस्तापछि ऊ फेरि छाउनीमा फर्किन सएछ।

इजकिएल 36:25

त्यसपछि म तिमीहरूमाथि शुद्ध पानी छर्किदिनेछु अनि तिमीहरूलाई शुद्ध पार्छु। म तिमीहरूका सारा अशुद्धिहरू धुन्छु अनि ती घृणित मूर्तिहरूबाट उत्पन्न अशुद्धिहरू धुन्छु।”

यूहन्ना 13:8

पत्रुसले भने, “अहँ! तपाईंले मेरो खुट्टा कहिल्यै धुनुहुँदैन।”येशूले भन्नुभयो, “यदि मैले तिम्रो खुट्टा धोइनँ भने, मसँग तिम्रो कुनै अंश रहने छैन।”

एफिसी 5:26

मण्डलीलाई पवित्र बनाउनु उहाँले आफ्नो प्राण बलि दिनुभयो। मण्डलीलाई पानीले धोएर शुद्ध पार्न ख्रीष्टले सुसमाचार प्रयोग गर्नुभयो।

तीतस 3:5

उहाँले हामीलाई आफ्नो दयाद्वारा नै बचाउनु भयो-परमेश्वर प्रति सही हुन्छौं भनी हामीले गरेका असल कामको कारणले होइन। उहाँले हामीलाई धोएर बचाँउनु भयो जसले हामीलाई नयाँ मानिस तुल्यायो। उहाँले हामीलाई पवित्र आत्माद्वारा नँया तुल्याएर हामीलाई बचाउनु भयो।

हिब्रू 10:22

शुद्ध जलले हाम्रा शरीर धोइएका छन्, हामी शुद्ध पारिएका छौं र अपराधबाट मुक्त बनाइएका छौं। यसकारण हामी चोखो ह्रदय लिएर आफ्ना विश्वासले ढुक्क भएर परमेश्वरको नजिक आउँछौ।

1 पत्रुस 3:21

त्यो पानी बप्तिस्मा जस्तै थियो जसले आहिले तिमीहरुलाई बचाउँछ। बप्तिस्मा शरीरको मैला धुने होइन। बप्तिस्मामा हामी परमेश्वरसित पवित्र ह्रदयको निम्ति याचना गरिरहेकाछौं। यसले तिमीहरुलाई बचाउँछ किनभने येशू ख्रीष्टलाई मृत्युबाट उठाइएको थियो।

प्रकाश 1:5

अनि विश्वासी साक्षी येशू ख्रीष्टद्वारा। मृत्युबाट बौराइनु भएको उहाँ पहिलो हुनुहुन्छ। येशू पृथ्वीका राजाहरुका शासक हुनुहुन्छ।आफ्नो रगतले स्वतन्त्र तुल्याउनु भयो।

Interlinear

Choose Theme