बूढा-प्रधानहरू शहरका मूल ढोकाहरूमा भेला हुन छाडीदिए। जवान मानिसहरूले संगीत बजाउन छाडीदिए।
Cross references
“परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको प्रत्येक शहरमा न्यायकर्त्ता तथा अधिकारीहरू हुने मानिसहरूलाई रोज। प्रत्येक कुल समूहले यस्तो गर्नुपर्छ। यी मानिसहरू निष्पक्ष न्याय गर्ने योग्य हुनुपर्छ।
त्यस्ता दिनहरू थिए जब म शहरको द्वारमा जान्थें अनि शहरका मुखियाहरूसँग सभा-गृहमा बस्दथें।
तर अहिले ती मानिसहरू जो म भन्दा जवान छन् मेरो खिल्ली उडाई रहेछन्। अनि तिनीहरूका पिताहरू यति व्यर्थका थिए कि म तिनीहरूलाई कुकुरहरू सँग मेरो भेडाको रक्षा गर्नलाई राख्थें।
मेरो वीणाले करूणाको लय निकाल्छ मेरो बाँसुरीले दुःखको आवाज निकाल्छ।
परमेश्वरले सबै वीरहरू र महान सिपाहीहरू लैजानु हुनेछ। परमेश्वरले सबै न्यायकर्त्ताहरू, अगमवक्ताहरू, जोखना हेर्ने मानिसहरू र बूढा-प्रधानहरू सबैलाई नै लैजानु हुनेछ।
दाखका बोटहरू मर्नेछन्। नयाँ दाखरस राम्रो छैन्। बितेका दिनहरूमा मानिसहरू खुशी थिए। तर अहिले ती मानिसहरू दुखी छन्।
म यहूदाका शहरहरूमा र यरूशलेमका गल्लीहरूमा आनन्द र खुशीयालीको ध्वनि अन्त गरिदिनेछु। यहूदा अथवा यरूशलेममा र्हष र आनन्दको सोर अन्त गरिदिने छु। दुलहा र दुलहीको आवाज निस्कने छैन। त्यो भूमि उजाड हुनेछ।”
सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यी कुराहरू भन्नुहुन्छ ‘अति शीध्र नै तिमीले आफ्नो जीवनकाल नै देख्नेछौ कि म यो ठाउँमा आनन्दको ध्वनिहरू र दुलहा-दुलहीको आवाजहरू बन्द गरिदिनेछ।’
म ती ठाउँहरू र्हष र उत्साहका खुशीहरूलाई शेष पारिदिनेछु। त्यहाँ अब-उप्रान्त नव दुल्हा-दुल्हीका खुशी र आनन्दका दिनहरू हुने छैन। म मानिसहरूले पिस्ने जाँतोका आवाज सम्म उठाउँनेछु। म बत्तीको उज्यालोलाई लगिदिनेछु।
सियोन जाने बाटो एकदम उदास छ। तिनीहरू दुखी छन् किनभने विदाको समयमा त्यहाँ कोही पनि आँउदैनन। सियोनका सारा प्रवेशद्वारहरू भत्काईए। सियोनका सारा पूजाहारीहरू सुस्केरा मार्छन् सियोनका तरूनी केटीहरूलाई उठाएर लगियो। अनि यी सबै कुराहरूले सियोनप्रति आघात पर्छ।
मैले आफ्ना प्रेमीहरूलाई बोलाएँ। तर तिनीहरूले मलाई धोका दिए। मेरा पूजाहारीहरू र मेरा ज्ञानी मानिसहरू यही शहरमा मरे। तिनीहरू खानाको खोजीमा थिए। तिनीहरूले आफूलाई जिउँदो राख्न चाहन्थे।
सियोनका सुबै बूढा-प्रधानहरू भूइँमा बसिरहेका छन्। उनीहरू भूइँमा चुपचाप बसिरहेका छन्। उनीहरूले आफ्नो टाउकोमा धूलो हाले अनि बोराको लुगा लगाएका छन्। यरूशलेमका तरूणीहरू दुखले टाउको भूइँमा झुकाएकाछन्।
यस प्रकारले म तिम्रा खुशीका गीतहरूको स्वर बन्द गरिदिन्छु। भविष्यमा मानिसहरूले तिम्रो वीणाको स्वर सुन्ने छैनन्।
“तिनले बालको देवताहरूको सेवा र्गछिन। यसैले म तिनलाई सजाय दिनेछु। तिनले बाल देवताको अघि धूप जलाउँछिन्। गर गहना लगाएर तिनले चिटिक्क पर्दै आफ्ना प्रेमीहरूसँग जाँदा मलाई भूल्थिन। परमप्रभुले यसो भन्नुभयो।