Home Bibles प्रकाश 18:22 · नेपाली बाइबल
प्रकाश 18:22 · नेपाली बाइबल

वीणा अनि अरु वाद्य यन्त्र जस्तै बाँसुरी अनि तुरहीहरुबाट कहिल्यै मानव संगीत सुनिनेछैन्। तेरोमा फेरि कुनै व्यवसायको कर्मी पाइने छैन। तेरोमा कहिल्यै जाँतोको आवाज सुनिने छैन।

Cross references

अय्यूब 3:7

त्यो रात रित्तो रहोस्। कुनै खुशीका होहल्ला त्यो रातमा नसुनियोस्।

उपदेशक 12:4

तिमी कान नसुन्ने हुन्छौ। बाटोका हल्ला खल्ला तिमी सुन्नसक्ने छैनौ। अन्न पिधिरहेको जाँतो पनि तिमीलाई शान्त लाग्छ। स्त्रीहरूले गाएको तिमीले सुन्न सक्ने छैनौ। बिहान एउटा चरा समेतले तिमीलाई बिउँझाइदिन्छ किनकि तिमी सुत्नै पनि सक्दैनौ।

यशैया 24:8

मानिसहरूले आफ्नो र्हष र उल्लास देखाउन बन्द गरे। ढोलकहरू, खैजडीहरू र विणाहरूबाट आउने सँगीतहरू समाप्त भए।

यर्मिया 7:34

म यहूदाका शहरहरूमा र यरूशलेमका गल्लीहरूमा आनन्द र खुशीयालीको ध्वनि अन्त गरिदिनेछु। यहूदा अथवा यरूशलेममा र्हष र आनन्दको सोर अन्त गरिदिने छु। दुलहा र दुलहीको आवाज निस्कने छैन। त्यो भूमि उजाड हुनेछ।”

यर्मिया 16:9

सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यी कुराहरू भन्नुहुन्छ ‘अति शीध्र नै तिमीले आफ्नो जीवनकाल नै देख्नेछौ कि म यो ठाउँमा आनन्दको ध्वनिहरू र दुलहा-दुलहीको आवाजहरू बन्द गरिदिनेछ।’

यर्मिया 25:10

म ती ठाउँहरू र्हष र उत्साहका खुशीहरूलाई शेष पारिदिनेछु। त्यहाँ अब-उप्रान्त नव दुल्हा-दुल्हीका खुशी र आनन्दका दिनहरू हुने छैन। म मानिसहरूले पिस्ने जाँतोका आवाज सम्म उठाउँनेछु। म बत्तीको उज्यालोलाई लगिदिनेछु।

यर्मिया 33:11

तर चाँडै यो ठाउँमा आनन्दको मिठो, दुलहा-दुलहीहरूको खुशीयाली र परमप्रभुमा प्रशंसाको आवाजहरूले प्रतिध्वनित हुनेछ। ती मानिसहरूले भन्ने छन्, ‘सेनाहरूका परमप्रभुको प्रशंसा गर। परमेश्वर भलो हुनुहुन्छ। उहाँ सधैं कृपालु हुनुहुन्छ। तिनीहरूले मन्दिरमा धन्यवाद बलि चढाउनेछन कारण यस ठाउँबाट जे जे लुटिएको थियो म त्यो पुन बहाली गराउनेछु अनि अघि जस्तो थियो त्यस्तै बनाउनेछु,” परमप्रभु भन्नुहुन्छ।

इजकिएल 26:13

यस प्रकारले म तिम्रा खुशीका गीतहरूको स्वर बन्द गरिदिन्छु। भविष्यमा मानिसहरूले तिम्रो वीणाको स्वर सुन्ने छैनन्।

Interlinear

Choose Theme