Home Bibles यशैया 24:7 · नेपाली बाइबल
यशैया 24:7 · नेपाली बाइबल

दाखका बोटहरू मर्नेछन्। नयाँ दाखरस राम्रो छैन्। बितेका दिनहरूमा मानिसहरू खुशी थिए। तर अहिले ती मानिसहरू दुखी छन्।

Cross references

यशैया 16:8

हेशबोन अनि सिब्माका दाखका बोटहरूमा दाखहरू नउप्जिनाले मानिसहरू उदास हुनेछन्। विदेशी शासकहरूले दाखका बोटहरू ढाल्नेछन्। शत्रुका सैनिकहरू याजेर शहर र मरूभूमिभरी फैलिए। अनि तिनीहरू समुद्र पारि सम्म फैलिए।

यशैया 16:10

एक समय फलले परिपूर्ण रहने अङ्गुरको खेतहरूमा खुशीको गीतहरू गाइने छैन्। बाली भियाउने समयमा मोज-मज्जा समाप्त पार्नेछु। अङ्गुरहरू दूध मदमा परिणत हुन तयार छन्। तर ती सबै चीजहरू खेर जानेछन्।

यशैया 32:9

तिमीहरू माझ कतिपय स्त्रीहरूलाई अहिले शान्ति छ। तिमीहरूले सुरक्षित अनुभव गरिरहेका छौ। तर तिमीहरूले उभिएर मैले भनेका कुराहरू सुन्नु पर्छ।

यशैया 32:10

तिमी स्त्री मानिसहरूले अहिले सुरक्षित अनुभव गरिरहेका छौ, तर एक वर्ष पछि तिमीहरू कष्टमा पर्ने छौ। किन? किनभने तिमीहरूले आउने वर्षमा दाखहरू बटुल्न सक्ने छैनौ। त्यहाँ बटुल्नलाई दाखहरू नै हुनेछैन्।

यशैया 32:12

ती शोकमा लगाउने लुगाहरू आफ्ना दुखहरूले भरिएका छातीमा लगाऊ।डाको छोडेर विलाप गर, किनभने तिमीहरूका खेतहरू रित्ता छन्। तिमीहरूका दाखका बोटहरूले एकपल्ट फल दिए तर अहिले तिनीहरू रित्ता छन्।

इजकिएल 6:14

तर म आफ्नो हात तिमीहरूमाथि उठाउँनेछु अनि तिमी र तिम्रा मानिसहरू जहाँ बस्छन म दण्ड दिनेछु। म तिम्रो देश नष्ट पारिदिने छु! यो दिब्ला मरूभूमि भन्दा पनि सुनसान हुनेछ। त्यस पछि तिनीहरूले जान्ने छन् म नै परमप्रभु हुँ।”

होशे 9:1

हे इस्राएल, तिमी अरू देशका मानिसहरूले मनाए जस्तै खुशी नमनाऊ। तिमी खुशी न हौ किनभने तिमीले आफ्ना परमेश्वरलाई त्यागेर वेश्यावृत्ति गर्न लागेको छौ। तिमीले प्रत्येक खलोमावेश्यावृत्ति गरेको छौ।

योएल 1:10

खेत उजाड पारीएकोछ। यहाँ सम्म कि खेत पनि रुँदैछ। किन? किनभने अन्नहरु सबै नष्ट भयो नयाँ दाखरस सुख्खा भयो अनि भद्राक्षेको तेल पनि समाप्त भयो।

Interlinear

Choose Theme