अब हाम्रो हृदयमा आनन्दको चिन्ह समेत पनि रहेन। हाम्रा नाचहरू शोक गीतमा परिवर्तन भएका छन्।
Cross references
मेरो वीणाले करूणाको लय निकाल्छ मेरो बाँसुरीले दुःखको आवाज निकाल्छ।
मैले प्रार्थना गरें र तपाईंले साथ दिनुभयो! तपाईंले मेरो रूवाइलाई नाचमा बद्ली दिनुभयो। तपाईंले मेरो उदासीनताका पोशाकहरू फुकालेर लैजानु भयो र खुशीयालीले मलाई ढाकिदिनु भयो।
म ती ठाउँहरू र्हष र उत्साहका खुशीहरूलाई शेष पारिदिनेछु। त्यहाँ अब-उप्रान्त नव दुल्हा-दुल्हीका खुशी र आनन्दका दिनहरू हुने छैन। म मानिसहरूले पिस्ने जाँतोका आवाज सम्म उठाउँनेछु। म बत्तीको उज्यालोलाई लगिदिनेछु।
हाय! हेर तिमीहरु आफैलाई हेर, जो आरामदाई पलङ्गमा सुत्छौ अनि सोफामा आफै तन्कन्छौ। यिनीहरु नै हुन् जो बथानवाट थुमाहरु खान्छन् र गाईकोबथानबाट बाछो खन्छन्।
म तिमीहरुको चाडको दिनहरुलाई शोक मनाउने दिनहरुमा र खुशीको सबै गीतहरुलाई दुःखको गीतमा परिवर्तन गरिदिनेछु। म तिमीहरुलाई वस्त्रहरु शोकलगाएका बनाउनेछु र टाउको खौराउनेछु। म तिमीहरुले जन्माएको एउटै मात्र छोरो मर्दा शक गरे जस्तै परिदिन्छु अनि यो तिक्त दिन हुनेछ।”
उदास बन, दुखी बन अनि विलाप गर। तिमीहरूको हाँसोलाई रोदनमा परिणत गर। तिमीहरूको खुशीलाई अफसोसमा परिवर्त्तन गर।