परमेश्वरले सबै वीरहरू र महान सिपाहीहरू लैजानु हुनेछ। परमेश्वरले सबै न्यायकर्त्ताहरू, अगमवक्ताहरू, जोखना हेर्ने मानिसहरू र बूढा-प्रधानहरू सबैलाई नै लैजानु हुनेछ।
Cross references
नबूकदनेसरले यरूशलेमका सबै मानिसहरूलाई पक्रिए। उनले सबै अगुवाहरू तथा अरू पनि मानिसहरूलाई पक्रिए। उनले 10,000 मानिसहरूलाई लगे अनि तिनीहरूलाई बन्दी बनाए। नबूकदनेसरले सबै दक्ष कर्मी अनि कारीगरहरूलाई लगे। साधारण मानिसहरूमा दरिद्र बाहेक अरू कोही रहेनन्।
इस्राएलका सबै मानिसहरूको नाउँ तिनीहरूका वंशावलीको सूचीमा लेखिएको छ। त्यो वंशावलीको सूची इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।यहूदाका मानिसहरूलाई कैदी बनाईयो र बाबेलमा जान बाध्य तुल्याइयो। तिनीहरूलाई त्यस स्थानमा लगियो किनभने तिनीहरू परमेश्वर प्रति विश्वासनीय थिएनन्।
हामीले कुनै पनि हाम्रो चिन्हहरू देख्नसकेनौं। अब त्यहाँ अगमवक्ताहरू छैनन्। के गर्नु पर्ने कसैले जान्दैनन्।
ती घमण्डीहरू लबानोनका देवदारूको अग्ला रूखहरू जस्ता हुन्। तिनीहरू बाशानका फलाँट जस्ता हुन्। तर परमेश्वरले तिनीहरूलाई दण्ड दिनुहुनेछ।
तब परमप्रभुले इस्राएलको टाउको र पुच्छर काटी फालिदिनु हुनेछ। परमप्रभुले मुख्य फेद र हाँगाहरू काटेर फालिदिनु हुनेछ।
हाम्रा राजकुमारहरूलाई शत्रुले झुण्ड्याएर मारेका छन्। तिनीहरूले हाम्रा बूढा-प्रधानहरूलाई सम्मान गरेका छैनन्।
तब परमेश्वरले मसित भन्नुभयो, “हे मानिसको छोरो के तिमी देख्दैछौ इस्राएलको बूढा-प्रधानहरू अँध्यारोमा के गर्दारहेछन्? प्रत्येक मानिमसँग आ-आफ्नो झूटो देवताका निम्ति एउटा विशेष कोठा छ। तिनीहरू आपसमा यसो भनेर कुरा गर्छन्, ‘परमप्रभुले हामीलाई देख्नु हुँदैन र परमप्रभुले यस देशलाई छोडिसक्नु भएको छ।”‘
तब मैले परमेश्वरले अरू छ जना मानिसहरूसित कुरा गरेको सुनें, “म चाहन्छु कि तिमी प्रथम मानिसलाई अनुसरण गर। तिमीले ती सबै मानिसहरूलाई मार जसको निधारमा चिन्ह छैन्। यो केही नसोच कि बूढा-मानिस, युवक, युवती, नानी अथवा आमाहरू हुन् भनेर।
त्यसपछि नबूकदनेस्सरले राजाको परिवारको एउटा मानिससँग सन्धि गर्यो। नबूकदनेस्सरले त्यस मानिसलाई शपथ गर्नका निम्ति वाध्य पार्यो। यस प्रकार त्यस नबूकदनेस्सरले मानिसलाई राजभक्त राख्ने शपथ गर्यो। नबूकदनेस्सरले यो मानिसलाई यहूदाको नयाँ राजा बनायो। त्यसपछि उसले सबै शक्तिशाली मानिसलाई यहूदाबाट बाहिर निकाल्यो।
यसकारण म मोआबका राजालाई उसको सबै अगुवाहरुसितै मार्नेछु।” परमप्रभु यसोभन्नुहुन्छ।