परमप्रभु रिसाउनु भयो यसर्थ उहाँले इस्राएलको सम्पूर्ण शक्ति ध्वंश पार्नुभयो। उहाँले इस्राएलको सैनिक सामर्थलाई लानु भयो। वहाँले त्यसो गर्नु भयो। जतिबेला शत्रुहरू प्रवेश गरेका थिए। उहाँले याकूबलाई आगोको ज्वाला झैं जलाई दिनुभयो। उनी चारै तिर बल्ने आगो जस्तै भए।
Cross references
मेरो रीस आगो जस्तै बल्नेछ। चिहानको तल्लो सतहसम्म बलेर। पृथ्वी अनि यसका अरू चिज नष्ट गर्दै बलेर पहाडको तलसम्म जलाई दिन्छु।
म यसो गर्नेछु किनभने मानिसहरूले मलाई त्याग गरे अनि अन्य देवताहरूलाई धूप बाले। ती मानिसहरूले मलाई क्रोधित तुल्याए किनभने तिनीहरूले सबै नराम्रा कुराहरू गरेका छन्। यसर्थ म यो स्थान माथि मेरो क्रोध पोखाउने छु। तातो बल्दो आगो जस्तै मेरो क्रोधलाई निभाउन सकिने छैन।’
म अत्यन्त उदास छु, यसैले म त्यस्ता उदासी पोषाकहरू लगाउँछु। म यहाँ धुलोमुलो र खरानीको थुप्रोमा बस्छु, अनि म पराजित भएको ठान्छु।
हे परमेश्वर, तपाईंले यति कठिन दण्ड हामीलाई किन दिनुहुन्छ? तपाईंले आफ्नो महान-शक्तिले हामीलाई पूर्ण रूपमा नष्ट पार्नु भयो।
तिनीहरू स्वयंलाई शाक्तिशाली र महत्वपूर्ण सोच्दछन्। तर म ती मानिसहरूलाई भन्छु, ‘शेखी नगर!’ ‘यति साह्रो अंहकारी नहौ!”
म दुष्ट मानिसहरूको शक्ति खोसेर लानेछु, अनि धर्मी मानिसहरूलाई शक्ति प्रदानगर्नेछु।
हे परमेश्वर, के तपाईं हामीसँग सधैंको निम्ति रिसाउनु हुनेछ? के तपाईंको बलिया भावनाहरूआगो झैं अनवरत झल्दछ?
मेरो विश्वस्त प्रेम त्यससँग हुनेछ, र मेरो नाउँद्वारा त्यसको सीङ ठाडो हुनेछ।
कहिलेसम्म परमप्रभु? के आफैलाई सदाकाल लुकाइराख्नुहुन्छ? तपाईंको क्रोध कहिलेसम्म आगोझैँ दन्किरहन्छ?
म दाऊदलाई बलियो पार्नेछु यस ठाउँमा मैले आफूले रोजेका राजाको निम्ति एक बत्तीको नियुक्त गरेको छु।
शक्तिशाली मानिसहरू जङ्गलमा सुकेका मसिना दाउराहरू जस्तै हुनेछन्। अनि जुन कुराहरू ती मानिसहरूले गर्नेछन् त्यो एक झिल्का जस्तो हुनेछ जसले आगो लगाउनेछ। ती शक्तिशाली मानिसहरू र तिनीहरूले गरेका कार्यहरू सबै त्यही आगोमा डढेर भस्म हुनेछन् अनि कसैले पनि त्यो आगो निभाउन सक्ने छैन।
यसकारण परमप्रभु तिनीहरूसित क्रोधित हुनुभयो। परमप्रभुले तिनीहरूका विरूद्ध शक्तिशाली युद्धहरू गराउनु भयो। इस्राएलका मानिसहरू जस्तै उहाँले तिनीहरूका वरिपरि आगो लगाइदिनु भयो। तर के भइरहेको थियो भनेर तिनीहरूले जानेनन्। तिनीहरू जलिरहेका जस्तै थिए। तर ती भएका घटनाहरू बारेमा तिनीहरूले जान्न चाहेनन्।
परमप्रभु अघि आफ्नै खतना गर अनि हृदयको अपवित्रता आफै हटाऊ। हे यहूदा र यरूशलेमका मानिसहरू हो! तिमीहरू परिर्वतित भएनौ भने मेरो क्रोध अग्नि झैं फैलिनेछ। कसैले पनि त्यो आगो नियन्त्रण गर्न सक्ने छैन। यो तिमीहरूको दुष्टकार्यको कारण यस्तो हुनेछ।”
यसकारण सेनाहरूका परमप्रभु भन्नुहुन्छ “म यो ठाउँमा, यहाँका मानिसहरू, पशुहरू, खेतका वृक्षहरू अनि अन्नहरू माथि मेरो रीस पोखाउने छु। मेरो रीस बलिरहेको आगो जस्तै हुनेछ। त्यो कसैले निभाउनु सक्नेछैन।”
यही नै परमेश्वर, इस्राएलका परमप्रभुले भन्नुहुन्छ ‘तिमीहरूसँग युद्धका हतियारहरू छन्। तिमीहरूले ती हतियारहरू आफू स्वंयलाई बचाउन बाबेलका राजा र बाबेलवासीहरू विरूद्ध चलाइरहेछौ। तर म ती हतियारहरू तिनीहरू कै विरूद्धमा चलाउनेछु।“‘बाबेलका सैन्य शहर वरिपरिका पर्खालहरू बाहिर छन्। त्यो सैन्य शहर वरिपरि छ। म चाँडै त्यो सैन्य यरूशलेमभित्र ल्याउनेछु।
‘तिमीले पाउनु पर्ने दण्ड पाउने नै छौ। म तिमीहरूका जङ्गलमा आगो लगाउन थाल्ने छु। त्यो आगोले तिमीहरू वरिपरि भएका सारा चीजहरू जलाई दिनेछ।”‘
मोआबको सिंग काटियो अनि मोआबको पाखुरा भाँचिएको छ।” परमप्रभुले यो कुरा भन्नुभयो।
परमप्रभुले माथिबाट आगो पठाउनु भयो। त्यो आगो मेरो हड्डीहरू भित्र पस्यो। उहाँले मेरो खुट्टातिर जाल फिजाउनु भयो। उहाँले मलाई फर्काउनु भयो र मलाई बाँझो भूमि तुल्य बनाउँनु भुयो। म दिनभरि शिथिल भएँ।
परमप्रभुले आफ्ना सारा क्रोध प्रकट गर्नुभयो र उहाँले आफ्नो क्रोध पोखाउनु भयो। उहाँले सियोनमा आगो लगाउनु भयो। आगोले सियोन्को जगहरू धराशायी गरिदियो।
“तिनीहरूले मानिसहरूलाई चेताउनी दिन तुरही बजाउने छन्। मानिसहरू युद्ध गर्नको निम्ति तयार रहन्छन्। तर तिनीहरू युद्ध गर्न निस्कने छैनन्। किनभने तिनीहरू सबैसित अत्यनतै क्रोधित छु।
परमप्रभु मेरा मालिक भन्नुहुन्छ, ‘म क्रोधित छु, म तिमीहरूको विरूद्ध आँधी-बेह्री पठाउँछु। म क्रोधित छु अनि म घनघोर वर्षा पठाउँछु। म क्रोधित छु अनि आकाशबाट असिना खसाउँनेछु। अनि तिमीहरूलाई पूर्ण रूपमा नष्ट पार्नेछु।
परमप्रभुको भयानक रिसको अघि कोही पनि उभिन सक्तैन। कसैले पनि परमप्रभुको भयानक रिस सहन सक्तैन। उहाँको क्रोध आगो झैं हुन्छ। जब उहाँ आउनुहुन्छ तब चट्टानहरु पनि टुक्रा-टुक्रा हुन्छन्।
“त्यो न्यायको समय आउँदैछ। यो दन्केको आगोको भट्टी जस्तै हुनेछ। ती सबै अहंकारी मानिसहरूलाई दण्ड दिइनेछ। ती सबै पापी मानिसहरू सुख्खा घाँसजस्तै जल्नेछन्। त्यस समय त्यो आगोमा बल्दै गरेको पराल जस्तै हुनेछ जसको कुनै हाँगा अथवा जरा बाँच्ने छैन।” सर्वशक्तिमान परमप्रभुले यो सबैकुराहरू भन्नुभयो।
परमेश्वरकै सेवक दाऊदका बंशबाट उहाँले हामीलाई शक्तिशाली मुक्तिदाता दिनु भएको छ।
उहाँ खला सफा पार्नु तयार हुनुहुन्छ। उहाँले राम्रो अन्नालाइ भूसदेखि अलग पार्नु हुनेछ। उहाँले असल अन्नालाई उहाँको ढुकुटीमा थुपार्नु हुनेछ। अनि नराम्रो जति उहाँले कहिल्यै ननिभ्ने आगोमा जलाइदिनु हुनेछ।”