Home Bibles भजनसंग्रह 89:24 · नेपाली बाइबल
भजनसंग्रह 89:24 · नेपाली बाइबल

मेरो विश्‍वस्‍त प्रेम त्‍यससँग हुनेछ, र मेरो नाउँद्वारा त्‍यसको सीङ ठाडो हुनेछ।

Cross references

व्यवस्था 33:7

मोशाले यहूदाको विषयमा यी कुराहरू भनेः “परमप्रभु! यहूदाको अगुवालाई सुन्नुहोस् जब उसले सहायताको निम्ति पुकार्छ। उसलाई मानिसहरूसित पुर्याई दिनुहोस्, उसलाई बलियो बनाउनु होस् र उसका शत्रुहरूलाई परास्त गर्न उसलाई सहायता गर्नोस्।”

1 शमूएल 2:1

हन्नाले प्रार्थना गरिन्, “परमप्रभुमा, म खुशी छु! परमप्रभुमा म विजयको अनुभव गर्छु। तपाईंको मुक्तिमा म खुशी छु अनि मेरो शत्रुहरू माथि धाक जमाउँछु।

भजनसंग्रह 20:1

सङ्कष्टहरू परेको बेलामा परमप्रभुले तिम्रो गुहारलाई सुन्नु भएको होस्। याकूबका परमेश्वरले तिम्रो रक्षा गर्नु भएको होस्।

भजनसंग्रह 20:5

जब परमप्रभु परमेश्वरले तिमीलाई सहयोग गर्नु हुन्छ हामीहरू खुशी हुनेछौं। परमेश्वरको नाउँको स्तुति गरौं। तिमीले मागेको प्रत्येक कुरा परमप्रभुले दिऊन्!

भजनसंग्रह 61:7

उनी परमेश्वर सँगै सदा-सर्वदा रहुन्। तपाईंको स्नेहपूर्ण करूणाले उहाँलाई बचाउँनु होस्।

भजनसंग्रह 89:2

तपाईंको कृपा सदाको निम्‍ति दृढ़ रहिरहनेछ, र स्‍वर्गमा नै तपाईंले आफ्‍नो विश्‍वस्‍तता स्‍थिर गर्नुभयो भनी घोषणा गर्नेछु।

भजनसंग्रह 89:16

तिनीहरू दिनभरि तपाईंको नाउँमा रमाउँछन्‌, र तिनीहरू तपाईंकै धार्मिकतामा आनन्‍दले मग्‍न हुन्‍छन्‌।

भजनसंग्रह 89:28

म मेरो करुणा त्‍यसको निम्‍ति सदासर्वदा राख्‍नेछु, र त्‍यससँगको मेरो करार कहिल्‍यै विफल हुनेछैन।

भजनसंग्रह 89:33

तर म मेरो प्रेम दाऊदबाट हटाउनेछैनँ, न त मेरो विश्‍वस्‍तताको कहिल्‍यै धोकाबाजी गर्नेछु।

भजनसंग्रह 91:14

परमप्रभु भन्नुहुन्छ, “यदि कुनै मानिसले ममा भरोसा गर्दछ भने, म उसलाई बचाउने छु जसले मेरो नाउँलाई उपासना गर्दछ म मेरो भक्तजनहरूलाई रक्षा गर्नेछु।

यूहन्ना 1:17

मोशाबाट व्यवस्था प्रदान गरिएको थियो तर अनुग्रह र सत्यको बाटो येशू ख्रीष्टबाटै आयो।

यूहन्ना 17:6

“तपाईंले मलाई केही मानिसहरू संसारबाट दिनुभयो। मैले तिनीहरूलाई तपाईं को हुनुहुन्छ देखाई सकेकोछु। ती मानिसहरू तपाईंकै हुन् र मलाई दिनुभयो। तिनीहरूले तपाईंको वचन पालन गरे।

यूहन्ना 17:11

अब म तपाईंकहाँ आईरहेछु। म अब संसारमा बस्ने छैन। तर ती मानिसहरू संसारैमा रहनेछन्। हे पवित्र पिता, तिनीहरूलाई सुरक्षा गर्नु हवस। तिनीहरूलाई तपाईको नामको शक्तिद्वारा सुरक्षित राख्नु हवस (नाउँ जुन मलाई दिनुभयो), तब तिनीहरू एक हुनेछन्, तपाईं र म जस्तै एक।

यूहन्ना 17:26

मैले तिनीहरूलाई तपाईं कस्तो हुनु हुन्छ देखाएँ। अनि अझ म तिनीहरूलाई तपाईं कस्तो हुनुहुन्छ देखाउनेछु। तब तिनीहरूले मैले तपाईंबाट पाए जस्तै प्रेम पाउन सक्छन्। अनि म तिनीहरूमा बाँच्नेछु।”

2 कोरिन्थी 1:20

परमेश्वरका जम्मै प्रतिज्ञाहरू ख्रीष्टमा यो सँधै “हो” हुन्छ। अनि यस सच्चाइले हामी ख्रीष्टद्वारा परमेश्वरको गौरवमा “आमिन” भन्छौं।

Interlinear

Choose Theme