Home Bibles यर्मिया 21:4 · नेपाली बाइबल
यर्मिया 21:4 · नेपाली बाइबल

यही नै परमेश्वर, इस्राएलका परमप्रभुले भन्नुहुन्छ ‘तिमीहरूसँग युद्धका हतियारहरू छन्। तिमीहरूले ती हतियारहरू आफू स्वंयलाई बचाउन बाबेलका राजा र बाबेलवासीहरू विरूद्ध चलाइरहेछौ। तर म ती हतियारहरू तिनीहरू कै विरूद्धमा चलाउनेछु।“‘बाबेलका सैन्य शहर वरिपरिका पर्खालहरू बाहिर छन्। त्यो सैन्य शहर वरिपरि छ। म चाँडै त्यो सैन्य यरूशलेमभित्र ल्याउनेछु।

Cross references

यशैया 5:5

अब म तिमीहरूलाई भन्नेछु, म मेरो अङ्गरको बगैंचालाई के गर्नेछु। म सबै बारहरू उखेल्नेछु। अनि तिनीहरूलाई जलाउनेछु। म ढुङ्गाका पर्खालहरू भत्काउने छु अनि ती ढुङ्गाहरूमाथि हिँड्नेछु।

यशैया 10:4

तिमीहरूले कैदी सरह शिर निहुराएर रहनुपर्ने छ। तिमीहरू मृत मानिस जस्तो ढल्नेछौ! तर साथ पाउने छैनौ! परमेश्वर अझ पनि क्रोधित नै हुनुहुन्छ। उहाँ तिमीहरूलाई दण्ड दिनलाई अझ पनि तत्पर रहनुहुन्छ।

यशैया 13:4

“त्यहाँ पर्वतहरूमा ठूलो हल्ला छ। ध्यान लगाएर हल्ला सुन्। यो धेरै राष्ट्रहरूका मानिसहरूको हल्ला जस्तो छ। सेनाहरूका परमप्रभुले आफ्ना सैनिकहरूलाई एक साथ बोलाइरहनु भएको छ।

यर्मिया 32:5

बाबेलका राजाले सिदकियाहलाई बाबेलमा लैजानेछ। जहाँ मैले कार्वाही नगरूञ्जेल सम्म उ रहेनछ। यहूदाका सैन्यले बाबेलका सैन्यसित लडाइँ गर्नेछन् तर तिनीहरू सफल हुँदैनन्।”‘ यो परमप्रभुबाट आएको सन्देश हो।

यर्मिया 33:5

“यस शहरको दुष्टकर्मले गर्दा म अब उसो यसको रक्षा गर्ने छैन। यरूशलेमको विरूद्ध युद्ध लड्न बाबेलका सैन्य आउनेछ र मेरो क्रोधले मारेको लाशहरूले यो शहर भनिनेछ।

यर्मिया 37:8

त्यसपछि, बाबेलका सेना फर्केर यता आउनेछन्। तिनीहरूले यरूशलेममा आक्रमण गर्नेछन्। त्यसपछि बाबेलबाट आएका सेनाले यरूशलेमलाई आफ्नो अधीनमा पारी जलाईदिनेछ।’

यर्मिया 37:10

यदि तिमीहरूले सम्पूर्ण बाबेली सेनालाई जितेता पनि केही घाइते सेनाहरू तम्बूमा छाडिए भने ती घाइते सेनाहरू उठनेछन् र यरूशलेमलाई जलाई दिनेछन्।”‘

यर्मिया 38:2

“कि परमप्रभु भन्नुहुन्छ ‘जो यरूशलेममा बसे तिनीहरू तरवारहरूले अथवा अनिकालले अथवा डरलाग्दो रूढीले मर्नेछन् तर ज-जसले सैन्य समक्ष आत्मसमर्पण गर्नेछ तिनीहरू जीवित रहनेछन् उसले जीवन युद्ध परितोषक रूपमा पाउनेछ र मर्नेछैन।’

यर्मिया 38:17

तब यर्मियाले राजा सिदकियाहलाई भने, “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘यदि तिमीले बाबेलका राजाको अधिकारीहरू अघि आत्मा समर्पण गर्यौ भने, तिमी र तिम्रो परिवार सुरक्षित रहनेछन् अनि यरूशलेम जलेर भस्म हुनेछैन।

यर्मिया 39:3

बाबेलका राजाका जम्मै भारद्वारहरू भित्र आए अनि मध्य प्रवेशद्वारमा बसे। ती त्यहाँ आउने अधिकारीहरूको नाउँ यस प्रकार छ, नेर्गल-सरेसेर, समगरनबो, मुख्य अधिकारी र्ससकीम, रब-सारीस, उच्च अधिकारी नेर्गल-सरेसर, रबमाग र अन्य मुख्य अधिकारीहरू पनि थिए।

यर्मिया 52:18

बाबेलका सेनाले मन्दिरबाट भाँडाहरू, बेलचाहरू, सलेदो काट्नेहरू, धुपौरोहरू, ठूलो बाटाहरू, कचौराहरू, अनि सारा काँसाका भाँडाहरू जो मन्दिरको काममा चलाइन्थ्यो सबै लगे।

विलाप 2:5

परमप्रभु शत्रु जस्तै हुनु भएकोछ। उहाँले इस्राएलका सबै राजमहलहरू र सबै किल्लाहरू निल्नु भएकोछ। उहाँले यहूदाको छोरीलाई, यस्तो दुखी र मृत्युमा रूने बनाउनु भयो।

विलाप 2:7

परमप्रभुले आफ्नो वेदी त्याग गर्नु भयो, उहाँले आफ्नो उपासनाको पवित्र स्थान पनि त्याग्नु भयो। उहाँले शत्रुलाई यरूशलेम राजप्रसादहरूका पर्खाल पनि ढाल्न लगाउनु भयो। परमप्रभुको भवनमा शत्रुहरू आनन्दले चित्कार गर्न लागे। उनीहरूको चित्कारले छुट्टीको जस्तो परिवेश बनिएको थियो।

इजकिएल 16:37

यसकारण, म तिम्रो सबै प्रेमीहरूलाई एकै ठाँउमा जम्मा गर्छु। म ती सबैलाई ल्याउँछु जोसँग तिमीले प्रेम गर्यौ तथा जुन मानिसहरूलाई घृणा गर्यौ। म ती सबैलाई एकै साथ लिएर आउँछु अनि तिनीहरूलाई तिम्रो नग्नता देखाउँछु। तिनीहरूले तिम्रो पुरै नग्नता देख्नेछन्।

होशे 9:12

तर इस्राएलीले छोरा-छोरी पाएर हुर्काए तापनि एउटै बालक पनि नरहने गरि म तिनीहरूलाई निःसन्तान तुल्याउने छु, म उनीहरूलाई त्यागिदिने छु अनि विवादमा फसाउँनेछु।

जकरिया 14:2

म सबै देशलाई यरूशलेम को बिरूद्ध युद्ध गर्नलाई एकै ठाउँमा भेला हार्नेछु। तिनीहरूले शहरमा अधिकार जमाउँनेछन्। तथाघरहरू नष्ट गरिदिनेछन्। स्त्रीहरूलाई भ्रष्ट पारिनेछ अनि आधा मानिसहरूलाई कैदमा लगिनेछ। तर बाँकी रहेकाहरूलाई शहर बाहिर लगिनेछैन्।

मत्ती 22:7

यो सुनेर राजा क्रोधित भए। राजाले आफ्नो सेना पठाए, ती हत्याराहरूलाई मारे अनि तिनीहरूको शहर जलाएर भष्म पारिदिए।

Interlinear

Choose Theme