उठ! राती रोऊ! रातको प्रत्येक पहरको शुरूमा रोऊ। हृदयलाई परमप्रभुको समीप पोखाऊ। परमप्रभुसँग प्रार्थनाको लागि हात उचाल। आफ्ना नानीहरूको जीवनका निम्ति प्रार्थना गर। भोकले बेहोस भएका नानीहरूलाई जीवनदान दिने प्रार्थना गर। उनीहरू शहरका बाटो-घाटोमा खाना बिनानै बेहोस हुँदैछन्।
Cross references
यसरी गिदोनसँग 100 मानिसहरू शत्रुको छाउनीको किनार तिर गए। शत्रुले रक्षक बद्लि गरेकै पछि तिनीहरू त्यहाँ आए। यो रातको मध्य अवधि थियो। गिदोन अनि तिनका मानिसहरूले तुरही बजाए अनि भाँडे फुटाए।
हन्नाले उत्तर दिइन्, “महाशय, मैले कुनै प्रकारको मद्यपान गरेकी छैन। म साह्रै दुःखमा परेकी छु। म त परमप्रभुसँग मेरो दुःखहरू पो बिन्ति गर्दैथिएँ।
इस्राएलका मानिसहरू मिस्पामा भेला भए। तिनीहरू परमप्रभुको सामु पानी खन्याएर चोखिए। यसरी तिनीहरूले आफ्नो पाप स्वीकार गरे अनि दिनभरी उपवास बसेर तिनीहरूले भने, “हामीले परमप्रभुका विरूद्धमा पाप काम गर्यौं।” यसरी शमूएल इस्राएलको न्यायकर्त्ता र नायक भए।
जब खाने बेला हुँदछ, म शोक अनुभव गर्छु। मेरा गुनासोहरू पानी झैं बग्छन्।
हे परमप्रभु, म आफ्ना पाखुराहरू उचाल्दै तपाईंको खास पवित्र स्थानतर्फ प्रार्थना गर्छु। जब म बोलाउँछु मलाई सुनि दिनुहोस्। मप्रति दया दर्शाउनु होस्।
यदि प्रत्येक दिन परमप्रभुले आफ्नो स्नेहपूर्ण करूणा देखाउनु हुन्छ अनि प्रत्येक रात म प्रशंसा मेरो जीवित परमेश्वरका लागि प्रार्थना गर्ने थिएँ।
हे मानिसहरू! परमेश्वरमाथि सधैं भरोसा राख! तिमीहरूको सम्पूर्ण संकटहरू परमेश्वरलाई बताऊ। परमेश्वर हाम्रा शरणस्थान हुनुहुन्छ।
हो, म तपाईंको प्रशंसा तपाईंको नाउँमा म मेरो दुई हात जोडेर जीवन भर प्रशंसा गर्नेछु।
हे परमप्रभु, मैले रातमा तपाईंको नाउँ स्मरण गरेको छु। अनि मैले तपाईंको उपदेशहरू पनि याद गरेको छु।
तपाईंलाई प्रार्थना गर्न म बिहानै उठ्दछु। म तपाईंले भन्नुभएको कुरामा विश्वास गर्दछु।
दासहरू हो, आफ्ना पाखुराहरू उठाऊ र परमप्रभुलाई धन्य हौ भन।
परमप्रभु, मेरो प्रार्थना स्वीकार गर्नुहोस्, यो जलिरहेको धूपको उपहार जस्तो होस् यो साँझको बेलाको बलिदान जस्तो होस्।
म आफ्ना समस्याहरू परमप्रभुलाई भन्नेछु! म आफ्ना संकष्टहरू परमप्रभुलाई भन्नेछु।
मेरो शत्रुहरूले मेरो लागि पासोहरू थापे। म त्याग्न तयार छु। तर परमप्रभुले मप्रति के हुन भन्ने कुरा जान्नुहुन्छ।
मेरो प्राण रातमा तपाईंसँग रहन चाहन्छ। अनि मभित्र भएको आत्मा प्रत्येक नयाँ दिनेको प्रात कालमा तपाईंसँग रहन चाहन्छ। जब तपाईंको न्यायको बाटो यस पृथ्वीमा आउँदछ, मानिसहरूले बाँच्ने राम्रो र ठीक बाटो पाउने छन्।
तिमीहरूका मानिसहरू कमजोर भए तिनीहरू भूईंमा लडेर त्यही पल्टिरहे। ती मानिसहरू प्रत्येक कुना काप्चा र गल्लीहरूमा लडिरहे। तिनीहरू पाशोमा परेका पशुहरू जस्ता भए। जब सम्म तिमीहरूले दण्ड थाम्न नक्सने भयो परमप्रभुको क्रोधवाट दण्डित भइरह्यौ। जब परमेश्वरले अधिक दण्ड दिन्छु भनेर भन्नुभयो, तिनीहरू सातो हराएका झैं भए।
अब, यहूदाका स्त्रीहरू, परमप्रभुबाट आएको वचन ध्यान् दिएर सुन। परमप्रभुको मुखारबिन्दबाट आएको शब्दहरू सुन। परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका छोरीहरूलाई कसरी चिच्चाएर रूने भन्ने सिकाऊ। हरेक स्त्रीले यो शोक-गीत गाउन सिक्नै पर्छ
यदि म देशभित्र गएँ भने म तरवारद्वारा मारिएका मानिसहरू देख्छु। यदि म शहरभित्र पसें भने म बिरामीहरू जसको खाने कुराहरू छैन तिनीहरूलाई देख्छु। पूजाहारीहरू र अगमवक्ताहरू त्यही भूमिबाट जान्छन तर तिनीहरूले बुझ्दैनन्।”‘
मेरो आँखा रोएर राता भएका छन् र फुलेका छन्। मेरो हृदय दुखीरहेकोछ। मेरो हृदय भूइँमा खनिए झैं अनुभव गर्छु। मेरा मानिसहरू नष्ट भएकाले मलाई यस्तो अनुभव भएको हो। नानीहरू र दूधे शिशुहरू मूर्छा पर्दैछन्। उनीहरू शहरका गल्लीहरूमा मूर्छा पर्दैछन्।
हेर सुन कसरी फिका भयो। हेर असली सुन कसरी बद्लियो। त्यहाँ चारैतिर छरिएका हीरामोतीहरू छन्। तिनीहरू प्रत्येक गल्छेडाहरूमा छरिएका छन्।
यरूशलेमका मानिसहरू भोकले यति तडपिने छन् कि आमा-बाबुले तिनीहरूको आफ्नै छोरा-छोरीहरू खाने छन् अनि छोरा-छोरीहरूले तिनीहरूको आफ्नै आमा बाबुहरू खाने छन्। म तिनीहरूलाई यस्तो प्रकारले दण्ड दिनेछु, अनि जो जति बाँचेको हुन्छन् तिनीहरूलाई म हावामा तितर-बितर पारिदिनेछु।”
मैले भनेको थिएँ कि म तिमीहरूमाथि भयंकर अनिकालको समय पठाइदिनेछु। मैले तिमीसित भनेको थिएँ, ‘म ती चीजहरू पठाउँनेछु जसले तिमीलाई नाश गर्छ अनि तिमीसित भनेको थिएँ म तिम्रो भोजनको आपूर्ति खोस्नेछु, अनि त्यो अनिकालको समय घरि-घरि आउनेछ।
यसकारण तिमीले आफ्नो केश काट, चिण्डेहोऊ। किन? किनकि तिमी आफ्नो छोरा-छोरी जसलाई तिमी माया गर्छौ तिनीहरुका निम्ति रूँने छौ अनी तिम्रो शोक दर्शाउनको निम्ति एउटा गिद्ध झैं चिन्डे होऊ। किन? किनकि तिम्रो नानीहरुलाई कैदी झैं लगिनेछ।
तर अमोन पराजि भयो। तिनका मानिसहरु कैदीबनाएर अर्को देशमा लगियो। गल्लीहरुको कुनामा शत्रुका सैनिकहरुले उसका साना-साना नानीहरुलाई पछारेर टुक्रा-टुक्रा पार्यो। कुन मानिसले उसका कुन महत्वपूर्ण मानिसलाई कमारा बनाउन सक्छ, त्यो हर्ने चिठ्ठा हाले। अमोनका सबै महत्वपूर्ण मानिसहरुलाई उनीहरुले साङ्गलाले बाँधे।
बिहानको पहिलो प्रहारीतिर, येशूका चेलाहरू डुङ्गामा नै थिए। येशू पानीमाथि हिडँदै तिनीहरू भएतिर जानुभयो।
भोलिपल्ट बिहान, येशू चाँडै उठनुभयो। उहाँले घर छोडनुभयो, विहान अंध्यारोमा नै येशू एकान्तमा जानूभयो अनि प्रार्थना गर्न लाग्नु भयो।
यसकारण तिमीहरू सँधैं सर्तक रहो। यो घरको मालिक कहिले फर्की आऊला भनेर तिमीहरूले थाहा पाएकै हूँदैनौ। उ निश्चयनै बेलुका वा मध्य रातमा, वा बिहानै, वा घाम झुल्केपछि आउनेछ।
त्यस समयमा येशू एउटा डाँडामा गएर प्रार्थना गर्ने गर्नु हुन्थ्यो। सारा रात उहाँले प्रार्थना गरेर बिताउनु हुन्थ्यो।
मानिसहरूले जहीं पनि प्रार्थना गरून् भन्ने म चाहन्छु। प्रार्थनामा जसले आफ्ना हात उठाउँछन् ती मानिसहरू पवित्र हुनु पर्छ। तिनीहरू रिसालु र झगडालु हुनु हुँदैन।