परमप्रभु, मेरो प्रार्थना स्वीकार गर्नुहोस्, यो जलिरहेको धूपको उपहार जस्तो होस् यो साँझको बेलाको बलिदान जस्तो होस्।
Cross references
तिमीहरूले पहिलो थुमा बिहान अनि दोस्रो थुमा घाम अस्ताउँदा बलि दिनु पर्छ।
जब तिमीहरूले साँझमा दोस्रो बलि चढाउँछौ पहिलो थुमालाई बिहान गरे झैं गर बलिको सुगन्धले परमप्रभुलाई खुशी पार्छ।
“प्रत्येक बिहान हारूनले वेदीमा सुगन्धित धूप जलाउन पर्छ। उसको यो कार्य बत्तीहरूको हेरचाह गर्न आउँदा गर्नेछन्।
त्यसपछि परमप्रभुले मोशालाई भन्नु भयो, “यी सुगन्धित मसलाहरू लेऊः खोटो, कस्तुरी गन्ध, सालधूप अनि शुद्ध धूप। यी सबै मसलाहरूको मात्रा बराबर हुनु आवश्यक छ।
धूपको निम्ति वेदी अनि त्यसका डण्डाहरू, अभिषेक गर्ने तेल, अनि सुगन्धित धूप र पवित्र पालको प्रवेशद्वारमा लगाइने पर्दा,
त्यसपछि हारूनका छोराहरू नादाब र अबीहूले परमप्रभुअघि धूप जलाउनको लागी आफ्नो धूपदानीमा आगो प्रयोग गर्दै सल्काए जसकालागि उहाँले तिनीहरूलाई अनुमति दिनु भएको थिएन।
“त्यसपछि हारूनले आफ्नो निम्ति पापबलि का लागि साँढे चढाउँछ, उसले आफ्नो परिवार र आफूलाई पवित्र पार्छ। उसले आफ्नो पापबलिको निम्ति साँढे मार्नुपर्छ।
त्यसपछि परमप्रभुकहाँबाट आगो निस्केर गई धूप चढाउँदै गरेका 250 मानिसहरूलाई पनि ध्वंश पार्यो।
त्यसपछि मोशाले हारूनलाई भने, “धूपौरो ल्याऊ र त्यसकहाँ वेदीबाट आगो हालेर धूप हाल। अनि त्यो समुदाय भएकोमा झट्टै गएर तिनीहरूलाई प्रायश्चित गर्नुहोस्। किनभने परमप्रभु क्रोधित हुनु भएको छ र महामारी शुरू भएको छ।”
यो बेलुकीपखको बलिदानको समय भएको थियो। त्यसपछि अगमवक्ता एलिया वेदी समक्ष गए अनि प्रार्थना गरे, “हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर। म तपाईंलाई इस्राएलका परमेश्वर हुनुहुन्छ भनी प्रमाणित गर्ने बिन्ती गर्छु। अनि प्रमाणित गर्नुहोस् म तपाईंको सेवक हुँ। मानिसहरूलाई देखाउनुहोस्, यी सब काम गर्नका लागि तपाईंले मलाईं आदेश दिनुभएको हो।
म अति आघातको अवस्थाया बसें। तब सबै मानिसहरू मकहाँ आए, जो इस्राएलका परमेश्वरको वचनद्वारा डरले काँमेका थिए। तिनीहरू भयभीत थिए किनभने मानिसहरू जो कैदमा थिए, तिनीहरू परमेश्वर प्रति अविश्वसनीय थिए। अनि म साझ बलिदान नहुज्जेल आघातको अवस्थामा बसें।
हे परमप्रभु, प्रत्येक बिहान, म आफ्ना उपहारहरू तपाईंको समक्ष राख्दछु, र तपाईंको सहयोग खोज्दछु। अनि प्रत्येक बिहान तपाईंले मेरो प्रार्थना सुन्नुहुन्छ।
हे परमप्रभु, म आफ्ना पाखुराहरू उचाल्दै तपाईंको खास पवित्र स्थानतर्फ प्रार्थना गर्छु। जब म बोलाउँछु मलाई सुनि दिनुहोस्। मप्रति दया दर्शाउनु होस्।
हो, म तपाईंको प्रशंसा तपाईंको नाउँमा म मेरो दुई हात जोडेर जीवन भर प्रशंसा गर्नेछु।
दासहरू हो, आफ्ना पाखुराहरू उठाऊ र परमप्रभुलाई धन्य हौ भन।