Home Bibles ☰ Books भजनसंग्रह 142:3 · नेपाली बाइबल
भजनसंग्रह 142:3 · नेपाली बाइबल

मेरो शत्रुहरूले मेरो लागि पासोहरू थापे। म त्याग्न तयार छु। तर परमप्रभुले मप्रति के हुन भन्ने कुरा जान्नुहुन्छ।

Cross references

अय्यूब 23:10

तर, जब कि मैले गरेको प्रत्येक चीज परमेश्वरले जान्नु हुन्छ, उहाँले मलाई जाँच्नु सक्नु हुन्छ अनि शुद्ध सुन जस्तै मै त्यो जाँचमा उत्तीर्न हुनेछ।

भजनसंग्रह 1:6

किन? किनभने परमप्रभुले धर्मी मानिसहरूको रक्षा गर्नुहुन्छ, तर दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ।

भजनसंग्रह 17:3

तपाईंले मेरो हृदयलाई गहिरो हेर्नु भएको छ तपाईं रातभरि मसँग हुनुहुन्थ्यो। तपाईंले मलाई प्रश्न गर्नु भयो अनि केही दोषहरू पाउनु भएन। मैले कनै खराब योजना बनाइनँ।

भजनसंग्रह 22:14

मेरो शक्ति क्षीण भएको छ जसरी जमीनमा पानी पोखिन्छन्। मेरा जम्मै हाडहरू अलग भइसकेको छन्। मेरो आँट हराई सक्यो!

भजनसंग्रह 31:4

मेरा शत्रुहरूले मेरै समक्ष पासो थापे। मलाई तिनीहरूको पासोबाट बचाउँनु होस्। तपाईं मेरो सुरक्षाको स्थान हुनुहुन्छ।

भजनसंग्रह 35:7

मैले अधर्म कर्महरू गरिनँ, तर ती मानिसहरूले मलाई पासोमा पार्ने कोशिश गरे। कुनै कारण नै बिना तिनीहरूले मलाई पासोमा पार्न खोजे।

भजनसंग्रह 56:6

तिनीहरू सधैं लुक्छन् अनि जसरी पनि मलाई मार्ने मौका, हेर्दै, मेरो प्रत्येक चहल-पहल हेर्दछन्!

भजनसंग्रह 61:2

म जहाँ भए तापनि, जस्तो कमजोर भए तापनि, तपाईंको सहयोग माग्नलाई पुकारा गर्ने छु! मलाई धेरै माथि सुरक्षित ठाउँमा लैजानुहोस्।

भजनसंग्रह 62:9

मानिसहरूले वास्तवमा सहयोग गर्न सक्तैनन्। तिमीले आफ्नो बचाऊको निम्ति मानिसहरूमाथि भरोसा राख्न सक्तैनौ। परमेश्वरको तुलनामा तिनीहरू केही पनि होइनन् फगत तिनीहरू पानीको वाफ हुन्।

भजनसंग्रह 77:3

मैले परमेश्वरको बारेमा सोचें, अनि आफ्नो हालत बताउने प्रयास गरें, तर मैले सकिनँ।

भजनसंग्रह 102:1

हे परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्। साथ पाउनलाई रोएको क्रन्दन सुनिदिनु होस्।

भजनसंग्रह 102:4

मेरो शक्ति क्षीण हुँदै गईसक्यो म सुक्खा, ओलिन्दै गई रहेको घाँस जस्तै छु। मैले खान समेत भूली सकेको छु।

भजनसंग्रह 139:2

म कहिले बस्छु र म कहिले उठ्छु तपाईं सबै जान्नुहुन्छ। धेरै टाढाबाट नै तपाईं मेरो विचारहरू बुझ्नुहुन्छ।

Interlinear

Choose Theme