Home Bibles ☰ Books अय्यूब 3:24 · नेपाली बाइबल
अय्यूब 3:24 · नेपाली बाइबल

जब खाने बेला हुँदछ, म शोक अनुभव गर्छु। मेरा गुनासोहरू पानी झैं बग्छन्।

Cross references

1 शमूएल 7:6

इस्राएलका मानिसहरू मिस्पामा भेला भए। तिनीहरू परमप्रभुको सामु पानी खन्याएर चोखिए। यसरी तिनीहरूले आफ्नो पाप स्वीकार गरे अनि दिनभरी उपवास बसेर तिनीहरूले भने, “हामीले परमप्रभुका विरूद्धमा पाप काम गर्यौं।” यसरी शमूएल इस्राएलको न्यायकर्त्ता र नायक भए।

अय्यूब 6:7

यस प्रकारको खाद्य खान अस्वीकार गर्छु। यस्ता भोजनले मलाई अस्वास्थ पार्छ। अनि तिम्रा कुराहरू त्यस्तै छन्।

अय्यूब 7:19

परमेश्वर, तपाईं मबाट कहिल्यै टाढा रहन सक्नुहुन्न। तपाईंले मलाई एकछिन पनि एक्लै छाडन सक्नुहुन्न।

अय्यूब 33:20

तब त्यस मानिसले खान सक्तैन्। त्यस मानिसलाई एकदम ज्यादा पीडा भइरहन्छ कि उसले भोजन पनि राम्रो हेर्न सक्तैन।

भजनसंग्रह 22:1

हे मेरो परमेश्वर, हे मेरो परमेश्वर! किन मलाई छाडनुभयो? मलाई बचाउन तपाईं किन यति टाढा हुनुहुन्छ! तपाईं मेरो विलौना, गुहार सुन्नलाई कति टाढा हुनुहुन्छ!

भजनसंग्रह 32:3

परमेश्वर मैले तपाईंलाई घरिघरि प्रार्थना गरें। तर मैले आफ्नो गुप्त पापहरूको विषयमा कुरा गरिनँ। जतिपल्ट प्रार्थना गरें, उतिपल्ट म कमजोर हुँदै गएँ।

भजनसंग्रह 38:8

म यति विघ्न पीडित छु कि अनुभव गर्न सक्तिन। मेरो दुःखेको मुटुले मलाई रूने बनाएको छ।

भजनसंग्रह 42:3

मेरो शत्रुले निरन्तर मलाई ठट्यौली बनाएको छ। ऊ भन्छ, “तेरो परमेश्वर कहाँ छ? ऊ तिमीलाई बचाउन आउँछ?” म, उदास र दुःखी भएँ। आँसु मेरो रात दिनको खाद्य बनिएको छ जो मेरो आँखाबाट झर्छ।

भजनसंग्रह 80:5

तपाईंले आफ्ना मानिसहरूलाई आँसु खुवाउनु भयो। तपाईंले तिनीहरूलाई प्रशस्त आँसु खान दिनु भएको छ। त्यो आँसु तिनीहरूको पिउने पानी भयो।

भजनसंग्रह 102:9

मेरो ठूलो उदासीनता खाली मेरो भोजन हो। मेरो आँसु मेरो पिउने बस्तु हो।

यशैया 59:11

हामी सबै अत्यन्त उदास छौं, ढुकुरहरू र भालूहरूले झैं हामी आवाजहरू निकालछौ। मानिसहरू कहिले निष्पक्ष हुन्छन् भन्ने समयलाई हामी पर्खिरहेका छौं। तर अझ सम्म त्यहाँ सत्य भन्ने नै छैन्। हामी सुरक्षित हुन पर्खिरहेका छौं तर मुक्ति भने अझै टाढा छ।

विलाप 3:8

मैले विलाप गर्दै गुहार मागें तर परमप्रभुले मेरो प्रार्थना सुन्नु नै भएन।

Interlinear

Choose Theme