Home Bibles भजनसंग्रह 28:2 · नेपाली बाइबल
भजनसंग्रह 28:2 · नेपाली बाइबल

हे परमप्रभु, म आफ्ना पाखुराहरू उचाल्दै तपाईंको खास पवित्र स्थानतर्फ प्रार्थना गर्छु। जब म बोलाउँछु मलाई सुनि दिनुहोस्। मप्रति दया दर्शाउनु होस्।

Cross references

1 राजा 6:5

तब सुलेमानले मन्दिरको मुख्य भागको वरिपरि कोठाहरूको लहर बनाए। यी कोठाहरू एका अर्काको माथि बनाइएका थिए। कोठाहरूको लहर तीन तल्ला अग्लो थियो।

1 राजा 6:19

सुलेमानले मन्दिरको पछाडी तल गहिरो कोठा बनाए। यो कोठा परमप्रभुको करारको सन्दूकको लागि थियो।

1 राजा 6:22

मन्दिरको सबै भाग सुनले ढाकेको थियो। महा पवित्र स्थान अघिको वेदी पनि सुन जडिएको थियो।

1 राजा 8:6

तब पूजाहारीहरूले परमप्रभुकोको करारको सन्दूकलाई यथा स्थानमा स्थापित गरे। यो ठाउँ मन्दिरमा महा पवित्र स्थानको भित्र थियो। करारको सन्दूकलाई करूब स्वर्गदूतहरूको पंखेटाको तल स्थापित गरियो।

1 राजा 8:28

तर कृपया मेरा प्रर्थना अनि मेरो अनुरोध सुनी दिनुहोस्। म तपाईंको सेवक हुँ अनि तपाईं मेरो परमेश्वर हुनुहुन्छ। मेरो यो प्रार्थना सुनीदिनु होस्। आज तपाईंसंग प्रार्थना गरिरहेको छु।

1 राजा 8:30

परमप्रभु, म अनि तपाईंका मानिसहरू यस ठाउँमा आउने छौं अनि तपाईंमा प्रार्थना गर्ने छौं। कृपया प्रार्थनासुनी दिनुहोस्! हामी जान्दछौं, तपाईं स्वर्गमा बस्नु हुन्छ। हामी हाम्रो प्रार्थना सुनीदिने अनि हामीलाई क्षमा गर्न अनुरोध गर्दछौं।

1 राजा 8:38

जब यस मध्ये कुनै एउटा घटना घट्छ अनि जब एउटा व्यक्ति अथवा इस्राएलीहरूले तिनीहरूको पापहरूको क्षमा माग्छ अनि तिनीहरूले यस मन्दिरबाट तपाईंकहाँ हात उठाउँछ।

2 इतिहास 6:13

सुलेमानले 5 हात लामो, 5 हात चौडा अनि 3 हात उच्च काँसाको मञ्च बनाएका थिए अनि त्यसलाई बाहिरको आँगनको माझमा राखिएको थियो। तब तिनी मञ्चमा उभिए अनि इस्राएलका समस्त मानिसहरू अघि घुँडा टेके, जो त्यहाँ एकत्रित भएका थिए। सुलेमानले आफ्ना हातहरू आकाश तिर फैलाए।

भजनसंग्रह 5:7

तर परमप्रभु, तपाईंको मन्दिरअघि म दण्डवत् गर्नेछु।

भजनसंग्रह 63:4

हो, म तपाईंको प्रशंसा तपाईंको नाउँमा म मेरो दुई हात जोडेर जीवन भर प्रशंसा गर्नेछु।

भजनसंग्रह 125:5

दुष्ट मानिसहरूले कपटपूर्ण कामहरू गर्दछन्। परमप्रभुले ती दुष्टहरूलाई दण्ड दिनुहुनेछ। त्यहाँ इस्राएल मा शान्ति छाओस्।

भजनसंग्रह 130:2

मेरो स्वामी! मलाई ध्यान दिनु होस्। मेरो गुहार प्रति ध्यान दिनु होस्।

भजनसंग्रह 134:2

दासहरू हो, आफ्ना पाखुराहरू उठाऊ र परमप्रभुलाई धन्य हौ भन।

भजनसंग्रह 138:2

हे परमेश्वर, तपाईंको पवित्र मन्दिर तर्फ म शिर झुकाँउछु। म तपाईंको नाउँको प्रशंसा गर्छु, तपाईंको स्नेहपूर्ण करूणा र विश्वासको प्रशंसा गर्छु। तपाईं आफ्नो वचनको शक्तिमा प्रख्यात हुनुहुन्छ। अहिले, तपाईंले यसलाई अझ महान् बनाउनुभयो!

भजनसंग्रह 140:6

हे परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ। हे परमप्रभु, मेरो प्रार्थना सुनी दिनुहोस्।

भजनसंग्रह 141:1

हे परमप्रभु, मैले तपाईंलाई गुहार माँगेर प्रार्थना गरिरहेको बेला मलाई सुनि दिनुहोस्। चाँडो आएर मलाई साथ दिनुहोस्।

भजनसंग्रह 141:2

परमप्रभु, मेरो प्रार्थना स्वीकार गर्नुहोस्, यो जलिरहेको धूपको उपहार जस्तो होस् यो साँझको बेलाको बलिदान जस्तो होस्।

भजनसंग्रह 143:6

परमप्रभु, म मेरो पाखुराहरू उठाएर तपाईंलाई प्रार्थना गर्दछु। बाँझो धर्तीले वर्षा पर्खे जस्तै म तपाईंको साथ पर्खिरहेछु,।

विलाप 2:19

उठ! राती रोऊ! रातको प्रत्येक पहरको शुरूमा रोऊ। हृदयलाई परमप्रभुको समीप पोखाऊ। परमप्रभुसँग प्रार्थनाको लागि हात उचाल। आफ्ना नानीहरूको जीवनका निम्ति प्रार्थना गर। भोकले बेहोस भएका नानीहरूलाई जीवनदान दिने प्रार्थना गर। उनीहरू शहरका बाटो-घाटोमा खाना बिनानै बेहोस हुँदैछन्।

दानियल 6:10

दानियलले प्रत्येक दिन तीन पल्ट परमेश्वरलाई प्रार्थना गर्थे, प्रत्येक दिन तीन पल्ट दानियल घुँडा टेकेर परमेश्वरको प्रार्थना अनि प्रशंसा गर्थो जब दानियलले यो नयाँ नियमको विषयमा सुने ऊ उसको घरमा गए। दानियल उसको घरको छतमाथि गए। दानियल झ्यालतिर गए त्यो यरूशलेमपट्टि खोलिएको थियो। तब दानियलले सधैं जस्तै उनको घुँडा टेकेर प्रार्थना गरे।

दानियल 6:11

उनका दुश्मनहरूले दानियललाई पक्रने मौका हेरिरहेका थिए र दानियललाई परमेश्वरको प्रार्थना गर्दै गरेको भेट्टाए।

1 तिमोथी 2:8

मानिसहरूले जहीं पनि प्रार्थना गरून् भन्ने म चाहन्छु। प्रार्थनामा जसले आफ्ना हात उठाउँछन् ती मानिसहरू पवित्र हुनु पर्छ। तिनीहरू रिसालु र झगडालु हुनु हुँदैन।

Interlinear

Choose Theme