Home Bibles यहोशू 15:11 · नेपाली बाइबल
यहोशू 15:11 · नेपाली बाइबल

सीमाना एक्रोनको उत्तरी पहाड भएर फैलिएको छ। त्यस सीमाना बाला पर्वत पार भएर शिक्करोन तिर सोझैं यब्नेल भएर भूमध्य सागरमा अन्त भएको थियो।

Cross references

गन्ती 34:6

यसको पश्चिमी सिमान भूमध्य समुद्रको किनार हुनेछ र यो तिमीहरूको देशको पश्चिमी सिमाना हो।

यहोशू 15:45

यहूदाका मानिसहरूले एक्रोन शहर अनि यसका नजिकका सबै स-साना शहरहरू र ती वरिपरिका खेतहरू पनि प्राप्त गरे।

यहोशू 19:43

एलोन, तिम्ना, एक्रोन,

न्यायकर्ता 1:18

यहूदाका मानिसहरूले गाजा शहर अनि त्यसका वरिपरिका स-साना शहरहरूलाई पनि अधिकारमा लिए। यहूदाका मानिसहरूले अश्कलोन, एक्वोन शहरहरू अनि ती वरिपरिका सबै स-साना शहरहरूलाई पनि कब्जा गरे।

1 शमूएल 5:8

अश्दोदका मानिसहरूले पश्लितीका सबै शासकहरूलाई बोलाए। अश्दोदवासीहरूले ती शासकहरूलाई सोधे, “हामीले इस्राएलका परमेश्वरको पवित्र सन्दूकलाई अब के गर्नु पर्ने हो?”शासकहरूले भने, “इस्राएलका परमेश्वरको पवित्र सन्दूकलाई अब गात शहरमा पुर्याइयोस्।” यसरी पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूक हटाए।

1 शमूएल 5:10

यसकारण पलिश्तीहरूले परमेश्वरको सन्दूकलाई एक्रोन पठाए।जति बेला परमेश्वरको सन्दूक एक्रोन आइपुग्यो मानिसहरू कराउन थाले, “इस्राएलका परमेश्वरको सन्दूक किन हाम्रो शहर एक्रोनमा ल्याएको? के तिमीहरूले हामीलाई र हाम्रा मानिसहरूलाई मार्न चाहन्छौ?”

1 शमूएल 7:14

पलिश्तीहरूले इस्राएलका शहरहरू लिएका थिए। एक्रोन देखि गातसम्मका शहरहरू र त्यसका छेउ छाउका क्षेत्रहरू पनि फिर्ता लिए।त्यहाँ अमोरीतास र इस्राएली बीच पनि शान्ति थियो।

2 राजा 1:2

एक दिन अहज्याह सामारियामा काठले बारेको आफ्नो घरको माथिल्लो कोठाबाट लडे। उनी नराम्रो पाराले घाइते भए। अहज्याहले आफ्ना दूतहरूलाई बोलाए र तिनीहरूलाई भन्यो, “एक्रोनका देवता बालजबूबका पूजाहारीहरूकहाँ जाऊ। उनीहरूलाई सोध यदि म आफ्नो चोटबाट निको हुन सक्छु।”

2 राजा 1:6

दूतहरूले अहज्याहलाई भने, “एकजना मानिस हामीसँग भेट गर्न आयो। उसले हामीलाई राजाकहाँ फर्केर जानु अनि उनलाई परमप्रभुले भनेको कुरा भन्नु भन्यो। परमप्रभु भन्नुहुन्छ, ‘इस्राएलमा एक परमेश्वर हुनुहुन्छ। यसकारण तिमीले किन एक्रोनका देवता, बालजबूबसमक्ष प्रश्न सोध्न दूतहरू पठायौ? तिमीले यस्तो काम गरेको हुनाले तिमी ओछ्यानबाट उठ्ने छैनौ। तिमी मर्ने छौ।”‘

2 राजा 1:16

एलियाले अहज्याहलाई भने, “इस्राएलमा परमेश्वर हुनुहुन्छ। यसकारण किन तिमीले एक्रोनका देवता बालजबूबसित प्रश्नहरू सोध्नलाई दूतहरू पठायौ। तिमीले यस्तो काम गरेको हुनाले, तिमी आफ्नो ओछ्यनबाट उठ्ने छैनौ। तिमी मर्ने छौ।”

2 इतिहास 26:6

उज्जियाहले पलिश्ती मानिसहरूको विरूद्ध युद्ध लडे। तिनले गात, यब्ने अनि अश्दोद शहरहरूका वरिपरिका पर्खालहरू भत्काइ दिए। उज्जियाहले अश्दोद शहरको छेउमा अनि पलिश्ती मानिसहरू माझ अन्य स्थानहरूमा शहरहरू बसाए।

Interlinear

Choose Theme