यहूदाका मानिसहरूले गाजा शहर अनि त्यसका वरिपरिका स-साना शहरहरूलाई पनि अधिकारमा लिए। यहूदाका मानिसहरूले अश्कलोन, एक्वोन शहरहरू अनि ती वरिपरिका सबै स-साना शहरहरूलाई पनि कब्जा गरे।
Cross references
“म तिमीहरूलाई लाल समुद्रदेखि फरात नदीसम्म सबै भूमि दिनेछु। त्यो भूमिको पश्चिम सीमाना पलिस्ती नदी भूमध्य सागर र पूर्व सीमाना अरबको मरूभूमिसम्म हुनेछ। म तिमीलाई त्यहाँका मानिसहरूलाई पराजित गर्ने अनुमति दिनेछु अनि तिमीहरूले तिनीहरूलाई त्यहाँबाट बलपूर्वक जान वाध्य गराउनेछौ।
कप्तोरबाट आएका केही मानिसहरूसित पनि परमेश्वरले त्यस्तै व्यवहार गर्नुभयो। अब्बी मानिसहरू गाजाको वरिपरिको शहरहरूमा बस्थे। तर कप्तोरबाट केही मानिसहरू आए अनि अव्वीहरूलाई नष्ट पारेर कप्तोरबाट आएका ती मानिसहरूले त्यो भूमि दखल गरे अनि अहिलेसम्म तिनीहरू त्यहीं छन्।
इस्राएलमा कुनै अनाकी मानिसलाई जीवित छाडिएन। अनाकी मानिसहरू जसलाई जीवित छाडिए ती गाजा, गात अनि अश्दोदभित्र थिए।
भूमि मिश्रको शिहोर नदीदेखि लिएर एक्रोनको सम्म अनि उत्तरतिरको भूमि सम्म छ। भूमि अझ्झै पनि कनानी मानिसहरूद्वारा अधिकार भइरहेको छ। पलिश्तीहरूको पाँच अगुवाहरू गाजी, अश्दोदी, अश्कलोनी, गात अनि एक्रोनलाई नष्ट भएको छैन, न ता अव्वी मानिसहरूलाई,
सीमाना एक्रोनको उत्तरी पहाड भएर फैलिएको छ। त्यस सीमाना बाला पर्वत पार भएर शिक्करोन तिर सोझैं यब्नेल भएर भूमध्य सागरमा अन्त भएको थियो।
यहूदाका मानिसहरूले एक्रोन शहर अनि यसका नजिकका सबै स-साना शहरहरू र ती वरिपरिका खेतहरू पनि प्राप्त गरे।
पलिश्ती मानिसहरूका पाँच जना शासकहरू, समस्त कनानीहरू, सिदोनीहरू अनि हिव्वी मानिसहरू जो लेबानोन पर्वतका बाल-हेर्मोन पर्वतदेखि लेबो-हमातसम्म बस्थे।
शिमशोन अत्यन्त क्वोधित भए। परमप्रभुको आत्मा विशाल शक्ति सहित शिमशोन माथि आउनुभयो। ऊनी अश्कलोन शहर तिर झरे। त्यस शहरमा उसले तीस जना पलिश्ती मानिसहरूलाई मारिदिए। त्यसपछि तिनले ती मृत देहबाट सबै वस्त्रहरू अनि सम्पत्तिहरू लिए। तिनले ती वस्त्रहरू फर्काइ ल्याए अनि ती मानिसहरूलाई दिए जसले उसको अडूको को उत्तर दिएका थिए। त्यसपछि तिनी आफ्ना पिताको घरमा गए।
एकदिन शिमशोन गाजा शहर तिर गए। तिनले त्यहाँ एउटी वेश्यालाई देखे। तिनी त्यो रात त्यससित बस्न गए।
पलिश्ती मानिसहरूले शिमशोनलाई पक्वे। तिनीहरूले तिनका आँखा निकालिदिए अनि तिनलाई गाजा शहरमा लगे। त्यसपछि उनीहरूले भागेर जान नदिनलाई तिनलाई काँसाका साङ्गलाहरूले बाँधिदिए। तिनीहरूले शिमशोनलाई झ्यालखानमा हाले अनि जाँतो चलाउन लगाए।
यस प्रकार पलिश्तीहरूले आफूले गरेका पापबाट क्षमा पाउनलाई परमप्रभुमा गिर्खाको सुनको नमूना उपहार स्वरूप पठाए। तिनीहरूले पाँचवटा सुनका गिर्खाको नमूना प्रत्येक पलिश्ती शहरमा एक एकवटा पठाए। ती शहरहरू हुन् अश्दोद, गाजा, अश्कलोन, गात र एक्रोन।
अरबका जम्मै बासिन्दाहरू, ऊजका सबै राजाहरू, पलिश्तीहरूका सबै राजाहरू जसमा अश्कलोन, गाजा, एक्रोन, अश्दोदमा बाँकी रहेका जम्मै