अश्दोदका मानिसहरूले पश्लितीका सबै शासकहरूलाई बोलाए। अश्दोदवासीहरूले ती शासकहरूलाई सोधे, “हामीले इस्राएलका परमेश्वरको पवित्र सन्दूकलाई अब के गर्नु पर्ने हो?”शासकहरूले भने, “इस्राएलका परमेश्वरको पवित्र सन्दूकलाई अब गात शहरमा पुर्याइयोस्।” यसरी पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूक हटाए।
Cross references
भूमि मिश्रको शिहोर नदीदेखि लिएर एक्रोनको सम्म अनि उत्तरतिरको भूमि सम्म छ। भूमि अझ्झै पनि कनानी मानिसहरूद्वारा अधिकार भइरहेको छ। पलिश्तीहरूको पाँच अगुवाहरू गाजी, अश्दोदी, अश्कलोनी, गात अनि एक्रोनलाई नष्ट भएको छैन, न ता अव्वी मानिसहरूलाई,
सीमाना एक्रोनको उत्तरी पहाड भएर फैलिएको छ। त्यस सीमाना बाला पर्वत पार भएर शिक्करोन तिर सोझैं यब्नेल भएर भूमध्य सागरमा अन्त भएको थियो।
एक्रोनका मानिसहरूले पलिश्ती शासकहरूलाई एकसाथ बोलाएर भने, “इस्राएलका परमेश्वरको सन्दूकलाई छिट्टो भन्दा छिट्टो आफ्नै ठाउँमा पठाइदिनु होस्। नत्र भने यसले हामीहरूलाई नष्ट पार्नेछ।”एक्रोनका मानिसहरू साह्रै डराएका थिए। परमेश्वरले त्यस शहरवासीहरूको जीवन कष्टमय बनाइदिनु भयो।
पलिश्तीहरूले आफ्ना पुरोहितहरू र ज्योतिषीहरूलाई बोलाएर भने, “हामीले परमप्रभुको पवित्र सन्दूकलाई के गर्नु पर्ने हो? सुझावदिनुहोस्, कसरी सन्दूकलाई फेरि यसको आफ्नै घरमा पठाउन सकिन्छ?”
पलिश्तीहरूको गोल्यात नाउँ भएको एउटा वीर योद्धा थियो। गोल्यात गात निवासी थियो। गोल्यात झण्डै नौ फीट अग्लो थियो। गोल्यत पलिश्तीहरूका छाउनीबाट बाहिरियो।
इस्राएल र यहूदाका सैनिकहरूले जयघोषणा गर्दै दगुर्दै पलिश्तीहरूलाई खेद्न थाले। इस्राएलीहरूले पलिश्तीहरूलाई खेद्दै-खेद्दै गातको सिमाना र एक्रोनको ढोकासम्म पुर्याए र धेरै संख्यामा पलिश्तीहरू मारे। पलिश्तीहरूको लाश गात र एक्रोनको शारेमसम्म सडकभरी छरपष्ट थियो।
तहतका छोरा एलादा थिए। एलादाका छोरा तहत थिए। तहतका छोरा जाबाद थिए। जाबादका छोरा शूतेलह थिए।केही मानिसहरू गात शहरमा गएका थिए, तिनीहरूले गातका मानिस एजेर अनि एलालाई मारे। यसो भयो किनभने एजेर र एला गित्ती मानिसहरूका गाई बस्तु र भेडाहरू चोर्न गएका थिए।
कल्नेह, हमात अनि पलिश्ती शहर र गात शहर हेर, के इस्राएल यी शहरहरु भन्दा राम्रोछ? होइन! के यी शहरहरुका सिमाना इस्राएलका सिमाना भन्दा ठुलाछन्?होइन।
तर त्यदिन, म यरूशलेमलाईसबै जातिहरूको लागि गह्रै ढुङ्गा जस्तो बनाईदिनेछु अनि जसले त्यसलाई उठाउँने कोशिश गर्छ त्यो नै घाइते हुनेछ। तर पृथ्वीका सबै जातिहरू एकै साथ आउँनेछन् अनि यरूशलेमको बिरूद्धमा लडनेछन्।