Home Bibles 2 राजा 1:2 · नेपाली बाइबल
2 राजा 1:2 · नेपाली बाइबल

एक दिन अहज्याह सामारियामा काठले बारेको आफ्नो घरको माथिल्लो कोठाबाट लडे। उनी नराम्रो पाराले घाइते भए। अहज्याहले आफ्ना दूतहरूलाई बोलाए र तिनीहरूलाई भन्यो, “एक्रोनका देवता बालजबूबका पूजाहारीहरूकहाँ जाऊ। उनीहरूलाई सोध यदि म आफ्नो चोटबाट निको हुन सक्छु।”

Cross references

यहोशू 15:11

सीमाना एक्रोनको उत्तरी पहाड भएर फैलिएको छ। त्यस सीमाना बाला पर्वत पार भएर शिक्करोन तिर सोझैं यब्नेल भएर भूमध्य सागरमा अन्त भएको थियो।

न्यायकर्ता 5:28

हेर, त्यहाँ सीसराकी आमा छिन् झ्याल देखि बाहिर पर्दाबाट हेरिरहेकी छिन्, अनि विलाप गर्दै छिन्। “सीसराको रथ किन यति ढीलो भयो? उसको रथको आवाज म किन सुन्दिन?”

न्यायकर्ता 11:24

निश्चयनै त्यो भूमिमा बस्न सक्छौ जो तिमीहरूका कमोश देवताले तिमीहरूलाई दिएका थिए। यसर्थ हामी त्यो भूमिमा बस्नेछौं जो परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनु भएको छ।

1 शमूएल 5:10

यसकारण पलिश्तीहरूले परमेश्वरको सन्दूकलाई एक्रोन पठाए।जति बेला परमेश्वरको सन्दूक एक्रोन आइपुग्यो मानिसहरू कराउन थाले, “इस्राएलका परमेश्वरको सन्दूक किन हाम्रो शहर एक्रोनमा ल्याएको? के तिमीहरूले हामीलाई र हाम्रा मानिसहरूलाई मार्न चाहन्छौ?”

1 राजा 11:33

म राज्यलाई सुलेमानबाट लिनेछु किनभने उसले मेरो अनुसरण गर्न छोेडेको छ। ऊ सीदोनकी अश्तारोको पूजा गर्दैछ। ऊ मोआबका देवता कमोस अनि अम्मोनी देवता मिल्कोमको पूजा गर्दैछ। सुलेमानले साँचो र राम्रो काम गर्न छोडिसकेको छ। ऊ मेरो विधि-विधान र आदेशको पालन गर्दैन। ऊ त्यस प्रकार हिेडेन जसरी उसका पिता दाऊद हिंेडेका थिए।

1 राजा 14:3

अगमवक्तालाई दशवटा रोटीहरू, केही केक र एक घैलो मह देऊ। तब उनको छोरालाई के हुन्छ भनी सोध अगमवक्ता अहियाहले तिमीलाई बताउनेछन्।”

1 राजा 22:34

तर एक जना सैनिकले हावामा वाण हान्यो-उसको वाणले इस्राएलका राजामाथि प्रहारभयो। वाणले राजालाई सानो ठाउँमा लाग्यो जहाँ उसको कवचले छोपेको थिएन। यसकारण इस्राएलका राजाले उसको रथ सारथीलाई भने, “एउटा वाणले मलाई चोट पार्यो। रथलाई यस क्षेत्रबाट बाहिर हाँक। हामीले लडाईं मैदानबाट टाढा जानु पर्छ।”

1 राजा 22:40

आहाबको मृत्यु भयो अनि उनलाई पुर्खाहरू सँगै गाडियो। उनका छोरा अहज्याह उनी पछि राजा भए।यहूदाका राजा यहोशापात

2 राजा 1:3

तर परमप्रभुको स्वर्गदूतले तिश्बी एलियालाई भने, “राजा अहज्याहले सामरीयाबाट केही स्वर्गदूतहरू पठाए। जाऊ अनि ती मानिसहरूसित भेट गर। तिनीहरूलाई भन, ‘इस्राएलमा एक परमेश्वर हुनुहुन्छ। सकारण तिमीहरू किन एक्रोनका देवता बालजबूबलाई प्रश्न सोधि रहेका छौ?

2 राजा 1:6

दूतहरूले अहज्याहलाई भने, “एकजना मानिस हामीसँग भेट गर्न आयो। उसले हामीलाई राजाकहाँ फर्केर जानु अनि उनलाई परमप्रभुले भनेको कुरा भन्नु भन्यो। परमप्रभु भन्नुहुन्छ, ‘इस्राएलमा एक परमेश्वर हुनुहुन्छ। यसकारण तिमीले किन एक्रोनका देवता, बालजबूबसमक्ष प्रश्न सोध्न दूतहरू पठायौ? तिमीले यस्तो काम गरेको हुनाले तिमी ओछ्यानबाट उठ्ने छैनौ। तिमी मर्ने छौ।”‘

2 राजा 1:16

एलियाले अहज्याहलाई भने, “इस्राएलमा परमेश्वर हुनुहुन्छ। यसकारण किन तिमीले एक्रोनका देवता बालजबूबसित प्रश्नहरू सोध्नलाई दूतहरू पठायौ। तिमीले यस्तो काम गरेको हुनाले, तिमी आफ्नो ओछ्यनबाट उठ्ने छैनौ। तिमी मर्ने छौ।”

2 राजा 8:7

एलीशा दमीशकमा गए। अरामका राजा बेनहदद बिरामी थिए। एक जना मानिसले बेनहददलाई भन्यो, “परमेश्वरको जन यहाँ आएको छ।”

2 राजा 8:8

तब राजा बेनहददले हजाएललाई भने, “एउटा उपहार लिनु अनि परमेश्वरको जनसँग भेट्न जानु। उनलाई परमेश्वरसँग सोध्ने बिन्ती गर्नु के म आफ्नो बिरामीबाट मुक्त भएर निको हुनेछु?”

2 राजा 8:9

यसर्थ हजाएल एलीशालाई भेट्न गयो। हजाएलले आफूसँगै उपहार पनि लग्यो। उसले दमीशकबाट सबै प्रकारका राम्रा चीजहरू लिएर गयो। प्रत्येक चीज बोक्नका लागि 40 वटा ऊँटहरू थिए। हजाएल एलीशाकहाँ पुग्यो। हजाएलले भन्यो, “तपाईको अनुयायी, अरामका राजा बेनहददले मलाई तपाईकहाँ पठाएका हुन्। उनी सोध्छन्। के उनी आफ्नो बिरामीबाट मुक्त भएर निको हुनेछन्?”

2 राजा 17:16

मानिसहरूले आफ्ना परमेश्वरको आदेश अनुसरण गर्न बन्द गरे। तिनीहरूले दुइवटा सुनको बाछाका मूर्तिहरू बनाए। तिनीहरूले अशेरा खाँबो बनाए। तिनीहरूले आकाशका सबै ताराहरूको पूजा गरे अनि बालको सेवा गरे।

2 इतिहास 21:14

यसकारण अब परमप्रभुले चाँडै तेरा मानिसहरूलाई अधिक दण्डबाट दण्डित तुल्याउने छन्। परमप्रभुले तेरा छोरा-छोरी, पत्नीहरू अनि तेरा सबै सम्पत्तिलाई दण्ड दिनु हुनेछ।

अय्यूब 31:3

परमेश्वरले दुष्टको निम्ति नाश पठाउनु हुन्छ, खराब गर्नेहरूको लागि विपत्ति पठाउनु हुन्छ।

श्रेष्ठगीत 2:9

मेरा प्रेमी एउटा लघुमृग अथवा जवान मृग झैं हुनुहुन्छ। हेर, उहाँ हाम्रो पर्खाल पछाडी उभिनु भएको छ, झ्यालबाट हेरिरहनु भएकोछ, आँखी झ्यालबाट चियाइरहनु भएकोछ।

यशैया 19:3

मिश्रका मानिसहरू दोधारमा पर्नेछन्। ती मानिसहरू आफ्ना झूटा देवताहरू अनि ज्ञानी जनलाई सोध्नेछन्, के गर्नु पर्नेछ? तिनीहरूले आफ्ना तांत्रिकहरू र झाँक्रीहरूलाई सोध्नेछन्। तर तिनीहरूको उपदेश अनुपयोगी हुनेछन्।”

यशैया 37:12

के ती मानिसहरूका देवताहरूले तिनीहरूलाई बचाउनु भयो? होइन! मेरा पुर्खाहरूले तिनीहरू सबैलाई ध्वंश पारिदिए। तिनीहरूले गोजान, हारान, रेसेपमा बस्ने मानिसहरू अनि तलस्सारमा बस्ने एदेन वंशीहरूलाई ध्वंश पारे।

यशैया 37:19

अश्शूरका राजाहरूले ती जातिहरूका सबै देवताहरू जलाई दिए। तर तिनीहरू वास्तविक रूपमा देवताहरू थिएनन्। तिनीहरू खाली मानिसहरूले बनाएका काठ र ढुङ्गाहरूका मूर्तिहरू थिए। यसैकारण अश्शूरका राजाहरूले तिनीहरूलाई नाश गर्न सके।

मत्ती 10:25

एउटा चेलाको निम्ति आफ्ना गुरू जस्तै बन्नु पर्याप्त छ। एक जना दासको निम्ति आफ्ना मालिक जस्तै बन्नु पर्याप्त छ। यदि घरका ठूलाबडालाई नै बालजिबुल अथवा शैतान भनिन्छ भने, परिवारका अरू सदस्यहरूलाई त्यस भन्दा पनि नराम्रो भनिनेछ।

मत्ती 12:24

जब फरिसीहरूले मानिसहरूको मुखबाट यस्तो कुरा सुने तब तिनीहरूले भने, “येशूले मानिसरूबाट भूत भगाउनका निम्ति बालजिबुल शक्तिको प्रयोग गर्दछन्। बालजिबुल भूतहरूको शासक हो।”

मर्कूस 3:22

अनि यरूशलेमबाट आएका व्यवस्थाका शास्त्रीहरूले भने, “बालजिबुल(शैतान) उहाँभित्र रहेको छ! उसले दुष्टआत्मा हरूको मालिकद्वारा अधिकार पाएर मानिसहरूमा भएको दुष्ट आत्माहरू भगाउँदछ।”

लूका 11:15

तर कोही मानिसहरूले भने, “बालजिबुल, भूतहरूको मालिकको शक्ति प्रयोग गरेर उहाँले भूतहरू भगाउँनु हुन्छ।”

प्रेरित 20:9

त्यहाँ एक युटाइकस नाउँको युवा थियो जो झ्यालमा बसिरहेको थियो। पावल गफमा मस्त थिए, अनि युटाइकसलाई निद्राले ग्रस्त पारयो। अन्तमा, युटाइकस त्यही निदायो अनि तेस्रो तल्लाको खिडकीबाट भूइँमा पछारियो। जब मानिसहरू उसलाई उठाउन गए तब उ मरिसकेको थियो।

Interlinear

Choose Theme