उज्जियाहले पलिश्ती मानिसहरूको विरूद्ध युद्ध लडे। तिनले गात, यब्ने अनि अश्दोद शहरहरूका वरिपरिका पर्खालहरू भत्काइ दिए। उज्जियाहले अश्दोद शहरको छेउमा अनि पलिश्ती मानिसहरू माझ अन्य स्थानहरूमा शहरहरू बसाए।
Cross references
सीमाना एक्रोनको उत्तरी पहाड भएर फैलिएको छ। त्यस सीमाना बाला पर्वत पार भएर शिक्करोन तिर सोझैं यब्नेल भएर भूमध्य सागरमा अन्त भएको थियो।
अश्दोद वरिपरिका सबै क्षेत्र अनि स-साना शहरहरू यहूदाको भूमिका अंश थिए। यहूदाका मानिसहरूले गाजा वरिपरिका क्षेत्र अनि खेतहरू अनि त्यसका नजिकमा भएका शहरहरू पनि प्राप्त गरे। तिनीहरूको भूमि मिश्रको नदीसम्म लगातार फैलिएको थियो। अनि तिनीहरूको भूमि, भूमध्य समुद्रको किनारा छेउ छाउ सम्म लगातार थियो।
पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूकलाई एबेन-एजेरबाट अश्दोद पुर्याए।
परमप्रभुले अश्दोदका मानिसहरू साथै छिमेकीहरूका जीवन पनि कष्ट पूर्ण बनाइदिनुभयो। परमप्रभुले तिनीहरूलाई असाध्यै दुःख दिनुभयो। गिर्खाको रूढी फैलाइ दिनुभयो। हुलका हुल मूसाहरू पठाउँनुभयो। मूसाहरू जहाज र जमिन जताततै दगुरिरहन्थे। शहरवासीहरू सबै डराउन थाले।
पछि, दाऊदले पलिश्तीहरूलाई जित्छन्। पलिश्तीहरूको राजधानी शहरले ठूलो भू-भाग नियमन्त्रणमा राखेका थिए। दाऊदले त्यस भू-भाग माथि अधिकार जमाए।
पछि दाऊदले पलिश्ती मानिसहरूलाई आक्रमण गरे। तिनले पलिश्तीहरूलाई परास्त गरे। तिनले गात शहर अनि त्यसका वरिपरिका सा-साना अरू शहरहरू पलिश्ती मानिसहरूबाट लिए।
गात, मरेशा, जीप,
परमप्रभुले कूशी मानिसहरूका छेउ छाउमा बस्ने पलिश्ती अनि आरबी मानिसहरूलाई योराम प्रति क्रोधित तुल्याइ दिनु भयो।
हे पलिश्तीहरूको देश तिमीहरूलाई हिर्काउने राजा मर्यो, त्यसैले तिमीहरू खुशी छौ। तर तिमीहरू साँचि नै खुशी नहोऊ। यो सत्य हो कि शासनको अन्त भयो। तर राजाको छोरो आएर शासन गर्नेछ। अनि यो एउटा सर्पले अन्य थुप्रै डरलाग्दा सर्पहरू जन्माए जस्तै हो। यो नयाँ राजा एकदम चतुर र डर लाग्दो सर्प सरह हुनेछन्।
सर्गान अश्शूरका राजा थिए। सर्गोनले त्यो शहरसित युद्ध गर्नु अश्दोदकहाँ टर्टोनलाई पठाए। टार्टोनले त्यहाँ गएर शहर कब्जामा पारे।