परमप्रभु भन्नु हुन्छ, “अहिले पनि तिमीहरु सम्पूर्ण हृदयले उपवास बसेर रूँदै र शोक गर्दै म तिर फर्क ।
Cross references
परमप्रभुले मोशालाई भन्नु भयो, “इस्राएलीहरूलाई भन, ‘तिमीहरू अट्टेरी छौ। यदि म तिमीहरूसंग केही क्षणका निम्ति पनि जानु पर्ने भए म तिमीहरूलाई ध्वंश पार्ने थिएँ। अब तिमीहरूले आफ्नो गहना निकाल अनि म निश्चय गर्ने छु, तिमीहरूलाई के गर्नुपर्ने हो।”‘
तर अरू भूमिहरू तिर यदि तिमीहरूले आफ्नो सम्पूर्ण हृदय र प्राणले परमप्रभु तिमीहरूका परमेशवरलाई खोज्छौ भने तिमीहरूले उहाँलाई पाउनेछौ।
परमप्रभुका स्वर्गदूतले इस्राएलका मानिसहरूलाई वचन दिइसके पछि मानिसहरू जोडले रोए।
त्यसपछि इस्राएलका सबै मानिसहरू बेतेल शहरसम्म गए। त्यस स्थानमा तिनीहरू बसे अनि परमप्रभु प्रति रोइ-कराइ गरे। तिनीहरूले दिनभरि साँझ नभएसम्म केही भोजन गरेनन्। तिनीहरूले परमप्रभुलाई होमबलि अनि मेलबलि पनि अर्पण गरे।
शमूएलले इस्राएलका मानिसहरूलाई भने, “यदि तिमीहरू साँचो हृदयले परमप्रभुको शरणमा फर्कन्छौ भने तिमीहरूका माझबाट विदेशी देवताहरूलाई फ्याकी दिनुपर्छ। तिमीहरूले अश्तारोतका मूर्ति फ्याँकि देऊ। परमप्रभुमा सम्पूर्ण रूपले समप्रित गर्नुपर्छ। तिनीहरूले परमप्रभु कै मात्र सेवा गर्नुपर्छ! त्यसपछि परमप्रभुले तिमीहरूलाई पलिश्तीहरूका हातबाट बचाउँनु हुनेछ।”
इस्राएलका मानिसहरू मिस्पामा भेला भए। तिनीहरू परमप्रभुको सामु पानी खन्याएर चोखिए। यसरी तिनीहरूले आफ्नो पाप स्वीकार गरे अनि दिनभरी उपवास बसेर तिनीहरूले भने, “हामीले परमप्रभुका विरूद्धमा पाप काम गर्यौं।” यसरी शमूएल इस्राएलको न्यायकर्त्ता र नायक भए।
जनगणना गरिसकेपछि दाऊदलाई लाज भयो। दाऊदले परमप्रभुलाई भने, “मैले नगर्ने काम गरेर ठूलो पाप गरें! परमप्रभु, म बिन्ती गर्छु मेरो पाप कार्यलाई क्षमा गरिदिनुहोस्। मैले ठूलो मूर्खता गरें।”
त्यस टाढाको ठाऊँमा तपाईंका मानिसहरूले के भयो भनी सोच्ने छन्। आफ्नो पाप कार्यका लागि तिनीहरू क्षमा-याचना गर्नेछन् अनि तपाईंमा प्रार्थना गर्नेछन्। तिनीहरू भन्ने छन्, ‘हामीले पाप गरेका छौं अनि भूल गरेका छौं।’
तब स्वर्गबाट सुनिदिनुहोस्। सुन्नुहोस् अनि तिनीहरूको पाप क्षमा गरिदिनुहोस्। इस्राएलका मानिसहरू तपाईंका सेवक हुन्। तब, तिनीहरूलाई जिउनु पर्ने उचित मार्ग सिकाइ दिनुहोस्। अनि तपाईंको देशमा वर्षा पठाइ दिनुहोस्। त्यो तपाईंले तपाईंका मानिसहरूलाई दिनु भएको देश हो।
अनि तिनीहरू तपाईं कहाँ त्यस देशबाट आफ्ना पूर्ण हृदय र मन सहित फर्कि आउने छन्। अनि तिनीहरूले तिनीहरूको देश, तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनु भएको देशतिर अनि तपाईंले छान्नु भएको शहरतिर हेरेर प्रार्थना गर्ने छन्। अनि तिनीहरूले मैले तपाईंको नाउँमा निर्माण गरेको मन्दिर तिर फर्केर प्रार्थना गर्नेछन्।
जब म आकाशलाई बन्द गर्छु तब वर्षा हुँदैन वा म सलहलाई देशको ध्वंश गर्ने आदेश दिन्छु वा म मेरा मानिसहरू कहाँ महामारी पठाउँछु।
यहोशापात भयभीत भए अनि के गर्नु पर्ने भनी तिनले परमप्रभुसित सोध्ने निश्चय गरे। तिनले यहूदाका हरेकलाई उपवासको निम्ति समयको घोषणा गरे।
यसर्थ संन्देश बाहकहरू राजा अनि अधिकारीहरू राजाले आज्ञा गरे झैं पत्रहरू लिएर इस्राएल अनि यहूदा भरि गए। ती पत्रहरूमा यस्तो भनिएको थियोःइस्राएलका छोरा-छोरीहरू, परमप्रभु, परमेश्वर तर्फ फर्केर आऊ जसका आज्ञा अब्राहाम, इसहाक अनि इस्राएलले पालन गर्दथे। तब परमेश्वरका मानिसहरू तिमीहरू जो अझ सम्म जीवित छौ अनि अश्शूरका राजाको अधिकारबाट उम्केका छौ। तिमीहरू कहाँ परमेश्वर फर्की आउनु हुनेछ।
अब, यो महीनाको चौबीसौं दिनमा इस्राएलका मानिसहरू उपवास बसे एकत्रित भए र भागङ्गरा लगाए अनि तिनीहरूले आफै माथि धूलो हाले।
यसैले, मेरो मालिक, सेनाहरूका परमप्रभुले मानिसहरू रून र आफ्ना मृत साथीहरूमाथि दुखी बन भनेर भन्नु हुनेछ। मानिसहरूले आफ्ना कपालहरू खौरिनेछन् र शोकपूर्ण पोषाकहरू लगाउनेछन्।
यसैले तिमीहरूले परमप्रभुलाई खोज्नु पर्छ एकदमै ढिलो हुनु अघि नै। तिमीहरूले उहाँलाई अहिले नै बोलाइहाल्नु पर्छ उहाँ नजिक भएको बेला।
हे विशवसहीन छोराहरू हो, मकहाँ फर्की आऊ। तिमीहरूको विश्वासहीनता म हटाइदिनेछु। मानिसहरूले भन्नै पर्छ, “हामी तपाईं कहाँ आउँदैछौ तपाईं परमप्रभु हाम्रो परमेश्वर हुनुहुन्छ।
परमप्रभुले भन्नुभयो, “हे इस्राएलका मानिसहरू! यदि तिमीहरू मकहाँ फर्की आउनु चाहन्छौ भने आऊ। तिमीहरूका मूर्तिहरू मेरो सामनेबाट हटाइदेऊ। मदेखि नबरालिओ।
त्यसपछि तिमीहरूले मलाई बोलाउनेछौ, मकहाँ आऊ अनि मलाई प्रार्थना गर। म तिमीहरूलाई प्रार्थनाको उत्तर दिनेछु।
हुनसक्छ कि मानिसहरूले परमप्रभुलाई सहयोगको लागि गुहार्नेछन् अनि हरेकले दुष्ट कामहरू गर्न देखि जोगिनेछन्। किनभने परमप्रभुले यी मानिसहरूमाथि महा रीस र क्रोध पोखाउँने भनी घोषणा गर्नु भएको छ।”
जाँचौं र हेरौं हामीले के के गर्यौं। त्यसपछि परमप्रभु तर्फ फर्कौ।
“आऊ, हामी परमप्रभुतिर फर्कौ किनभने उहाँले हामीलाई घायल पार्नु भएकोछ र उहाँले नै हामीलाई निको पार्नुहुनेछ। उहाँले चोट पार्नु भएकोछ, र उहाँले नै हामीलाई मलहम पट्टी बाँध्नु हुनेछ।
यसकारण आफ्नो परमेश्वरतिर आऊ। उहाँ प्रति साँचो होऊ। राम्रो कर्म गर। परमेश्वरमाथि सधैं निर्भर गर।
“याकूब एक व्यापारी हो। ऊ आफ्नो साथीहरू समेतलाई ठग्छ। उसको तराजु झूटो छ।
हे इस्राएल! तिम्रो पापले तिमीलाई धर्मराउने बनाएकोछ। यसैकारण अब परमप्रभु आफ्नो परमेश्वर तिर फर्केर आऊ।
हे पूजाहरीहरु! भाङ्ग्रा लगाऊ अनि साह्रै विलाप गर। हे वेदीका सेवकहरु हो! विलाप गर। हे मेरा परमेशवरका सेवकहरु! तिमीहरु भाङ्ग्रा लाएर सुत। किनकि अन्नबलि र अर्घबली तिम्रा परमेश्वरको मन्दिरमा हुने छैन।
परमेश्वरबाट त्यस्तो संदेश आएपछि निनवेका मानिसहरुले परमेश्वरमाथि विश्वास गरे। अनि तिनीहरु उपवास बसे र तिनीहरुले गरेका पापहरुका निम्ति सोच्न थाले। मानिसहरुले दुःख व्यक्त गर्नका निम्ति बिशेष प्रकारको वस्त्रहरु धरण गरे। शहरको सबै साना-ठूलाहरुले यसै गर्न थाले।
यसर्थ तिमीहरुले मानिसहरुलाई यो सबै कुरा बताउनु पर्छ। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “म कहाँ आऊ अनि म फेरि तिमीहरुकहाँ फर्केर आउँनेछु।”
तिनीहरू सर्वशक्तिमान परमप्रभुको मन्दिरका अगमवक्ताहरू अनि पूजहारी कहाँ गए। उनीहरूले प्रश्न सोधे, “हामीले कति वर्ष सम्म मन्दिर ध्वंश भएकोमा शोक मनाउँने। अहिले गरिरहे झैं मैले प्रत्येक वर्षको पाँचौं महिनामा रूनु अनि उपवास बस्नु पर्छ?”
“पूजाहारी अनि देशका सबै मानिसहरुलाई भन, ‘उपवास र विलाप तिमीहरुले सत्तरी वर्ष देखी वर्षको पाँचौं अनि सातौं महिनामा गर्दै आईरहेका छौ, के त्यो उपवास साँच्चै नै मेरो निम्ति हो? होइन!
म दाऊदको घर अनि यरूशलेमका बासिन्दाहरूको हृदयमा अनुग्रह र करूणाको भावना भरिदिनेछु। तिनीहरूले म पट्टि हेर्नेछन्। जसलाई छेंड बनाएकाथिए अनि दुःखी हुनेछन्, जो एउटै मात्र पुत्रको निम्ति बिलाप गर्छ अथवा उसको पहिला जन्मेको पुत्रको मृत्यूको निम्ति विलाप गर्छ। तिनीहरू त्यसै दुःखी मानिसहरू झैं हुनेछन्।
मैले मानिसहरूलाई आफ्ना हृदय र जीवन शैली परिवर्तन गर भन्न थाले। उनीहरूलाई परमेश्वर प्रति र्फक र यस्तो कार्य गर जसद्वारा तिमीहरूको हृदय अनि जीवन शैली वास्तवमा परिवर्तन भएको चाल पाईनेछ भनें यी कुरा सर्वप्रथम मैले दमीशकमा भनें। त्यसपछि म यरूशलेम गएँ अनि यहूदीयाको प्रत्येक ठाउँमा गएर यी कुरा भनें। म यी कुराहरू भन्न गैर-यहूदीहरूकोमा पनि गएँ।
परमेश्वरको नजिक आऊ अनि परमेश्वर तिमीहरूको नजिक आउनु हुनेछ। तिमीहरू पापी हौ। यसर्थ तिमीहरूको जीवनदेखि पाप धोउ। जब तिमीहरू दुवै परमेश्वरको अनि संसारको सेवा गर्छौ तिमीहरूको दुइवटा मन छ। यसर्थ तिमीहरूको विचार शुद्ध तुल्याऊ।