हे विशवसहीन छोराहरू हो, मकहाँ फर्की आऊ। तिमीहरूको विश्वासहीनता म हटाइदिनेछु। मानिसहरूले भन्नै पर्छ, “हामी तपाईं कहाँ आउँदैछौ तपाईं परमप्रभु हाम्रो परमेश्वर हुनुहुन्छ।
Cross references
तपाईंको लागि हामी खुशी अनि आनन्दित हुन्छौं। हामी तपाईंको पछि दगुर्ने छौं राजाले मलाई उसको आफ्नो कोठामा ल्याउनु भयो।हामीहरू खुशी अनि आनन्दित हुन्छौं। याद गर्नुहोस् तपाईंको प्रेम दाखरस भन्दा असल छ। यसकारण तरूणी केटीहरूले तपाईंलाई प्रेम गर्छन्।
परमप्रभुले इस्राएललाई टाढा पठाएर आफ्नो तर्कलाई साम्य पार्नुहुनेछ। परमप्रभु इस्राएलसित कर्कश शब्दमा बोल्नु हुनेछ। उहाँका शब्दहरूले मरूभूमिनको तातो हावाले जस्तै पोल्नेछ।
इस्राएलका नानीहरूले परमेश्वरको विरूद्ध विद्रोह गरे। तिमीहरू परमेश्वरकहाँ फर्केर आउनै पर्नेछ।
अनि म तिमीहरूका स्वास्थ्य निको पारिदिनेछु। अनि म तिमीहरूका घाउ निको पार्ने छु।” यो परमप्रभुको सन्देश हो, “किनभने अन्य मानिसहरूले तिमीहरूलाई कसैले पनि सियोनको वास्ता गर्दैन भन्दै बहिष्कार गरिएको भनेका छन्।”
मैले एप्रैमले यसो भन्दै रोएको सुनेकोछु। ‘हे परमप्रभु तपाईंले साँच्चि नै मलाई दण्ड दिनुभयो अनि मेरो शिक्षा पाएँ। म बाछा जस्तै थिए जसलाई सिकाउनु सकिदैन। मलाई फर्काई ल्याउनु होस् अनि म तपाईंकहाँ फर्की आउनेछु। तपाईं मेरो लागि साँच्चि कै परमप्रभु परमेश्वर हुनुहुन्छ।
“तर म शहरमा पुन आरोग्यता र स्वस्थ्य ल्याउनेछु। म तिनीहरूलाई सुस्वास्थमा राख्नेछु। म शान्ति र सुरक्षा ल्याउनेछु।
किन? किनकि इस्राएलको परिवारलाई, म प्रत्येक मानिससँग त्यही प्रकारले न्याय गर्नेछु जस्तो त्यो मानिसले कर्म गर्ने छ।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो “यसकारण मसित आऊ! पाप गर्न छोड! ती डरलाग्दा चीजहरूले (मूर्ति) तिमीलाई पाप गर्नु नलावोस्। 31ती सबै डरलाग्दा चीजहरू जुन तिमीले बनायौ, फ्याँकि देऊ, तिनीहरूले तिमीलाई खाली पाप गराउँछ। आफ्नो हृदय र आत्मा बद्लिगर! इस्राएलका मानिसहरू, तिमी आफूलाई किन मर्न दिन चाहन्छौ?
त्यसपछि इस्राएलका मानिसहरू फर्किने छन। तब परमप्रभु आफ्ना परमेश्वरको र राजा दाऊदको खोजीमा लाग्नेछन्। अन्तमा तिनीहरू परमप्रभु र उहाँको उद्धारतातिर आउँनेछन्।
“आऊ, हामी परमप्रभुतिर फर्कौ किनभने उहाँले हामीलाई घायल पार्नु भएकोछ र उहाँले नै हामीलाई निको पार्नुहुनेछ। उहाँले चोट पार्नु भएकोछ, र उहाँले नै हामीलाई मलहम पट्टी बाँध्नु हुनेछ।
“मिश्रदेशमा जब तिमीहरू थियौ, त्यहि समयदेखि म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म बाहेक तिमीहरूले अन्य कुनै परमेश्वरलाई चिन्दैनौ। त्यो म नै हुँ जसले तिमीहरूलाई बचायो।
हे इस्राएल! तिम्रो पापले तिमीलाई धर्मराउने बनाएकोछ। यसैकारण अब परमप्रभु आफ्नो परमेश्वर तिर फर्केर आऊ।
परमप्रभु भन्नुहुन्छ, “उनीहरूले मलाई त्यागे। म उनीहरूलाई यसको निम्ति क्षमा दिन्छु। म उनीहरूलाई मुक्त भावले प्रेम गर्नेछु। म अब उनीहरू प्रति क्रोधित हुनेछैन।
म इस्राएलको निम्ति शीत झैं बन्नेछु। इस्राएल लिली फूल झैं फुल्नेछ। लबानोन झैं त्यसको जरा फैलनेछ।
“हे एप्रैम मैले मूर्तिहरूसित गर्नुपर्ने बढी केही छैन। म नै एकजना हुँ जसले तिम्रो प्रार्थनाहरूको उत्तर दिन्छु। म नै एकजना हुँ जसले माथिबाट तिम्रो रक्षा गर्छु। म सधैं हरियो रहने सल्लाको रूख जस्तै हुँ। त्यसको फल मबाट नै आउँछ।”
परमप्रभु भन्नु हुन्छ, “अहिले पनि तिमीहरु सम्पूर्ण हृदयले उपवास बसेर रूँदै र शोक गर्दै म तिर फर्क ।