त्यसपछि तिमीहरूले मलाई बोलाउनेछौ, मकहाँ आऊ अनि मलाई प्रार्थना गर। म तिमीहरूलाई प्रार्थनाको उत्तर दिनेछु।
Cross references
मनश्शेले परमेश्वरसँग प्रार्थना गरे अनि तिनलाई सहायता गर्नु होस् भनी परमेश्वरसित बिन्ती गरे। परमप्रभुले मनश्शेको पार्थना सुन्नु भयो अनि तिनका निम्ति दुःखित हुनु भयो। परमप्रभुले तिनलाई यरूशलेम अनि तिनका सिंहासनमा फर्केर जान दिनु भयो। तब मनश्शेले जाने परमप्रभु नै साँचो परमेश्वर हुनुहुन्छ भनी।
तब राजाले मलाई भन्नुभयो, “त्यो के हो जो तिमी चाहन्छौ।”तब मैले स्वर्गका परमेश्वरसित प्रार्थना गरें।
तिमीले उहाँलाई प्रार्थना गर्नेछौ अनि उहाँले तिम्रो प्रार्थना सुन्नु हुनेछ। अनि तिमीले आफ्ना वचनहरू पूर्ण गर्नेछौ।
हे परमप्रभु, तपाईंले सुन्नु हुन्छ गरीब मानिसहरूले के चाहन्छन्। उनीहरूको प्रार्थना सुनिदिनु होस् अनि उनीहरूले मागेको कुरा गरिदिनु होस्!
परमप्रभु भन्नुहुन्छ, “तिमीहरूलाई दुःख परेको बेला मलाई पुकारा गर म सहयोग गर्नेछु। अनि त्यसपछि तिमीहरूले मलाई सम्मान गर्न सक्छौ।”
परमप्रभुले फेरि सियोन बनाउँनु हुनेछ। मानिसहरूले फेरि उहाँको महिमा देख्नेछन्।
परमप्रभुले त्यही गर्नुहुन्छ जो भक्तजनहरूले चाहन्छन्। परमप्रभुले उहाँका भक्तजनहरूले सहायताको निम्ति गरेको पुकार सुन्नु हुन्छ, ध्यान दिनुहुन्छ। उहाँले उनीहरूको प्रार्थनालाई जवाफ दिनुहुन्छ र तिनीहरूलाई बचाउनुहुनेछ।
हे परमप्रभु, जब मानिसहरू कष्टमा पर्दछन् तिनीहरूले तपाईंलाई याद गर्दछन्। जब तपाईंले उनीहरूलाई दण्ड दिनुहुन्छ। मानिसहरूले तपाईं प्रति चुपचाप प्रार्थना गर्दछन्।
परमप्रभुका मानिसहरू यरूशलेम र सियोन पर्वतमा बस्नेछन्। तिमीहरू लगातार रूने छैनौ। परमप्रभुले तिमीहरू रोएको सुन्नु हुनेछ अनि सान्तवना दिनु हुनेछ। परमप्रभुले तिम्रो विलाप सुन्नु हुनेछ, अनि उहाँले तिमीलाई सहयोग गर्नुहुनेछ।
तिनीहरूले भन्नु अघि नै म तिनीहरूको खाँचो के छ जान्दछु। अनि तिनीहरूले आफ्नो दावी राख्न अघि नै म तिनीहरूलाई सहायता गर्नेछु।
तिनीहरू रूँदै आउनेछन्। तर म तिनीहरूलाई सान्त्वना दिनेछु र पानीको झरनातिर डोर्याई लानेछु। म तिनीहरूलाई सोझो बाटो डोर्याउनेछु ताकि तिनीहरू लड्ने छैनन्। म तिनीहरूलाई यस्तो पथ डोर्याउने छु किनभने इस्राएलको निम्ति म पिता हुँ, अनि एप्रैम मेरो जेठो छोरो हो।
“यहूदा, मलाई प्रार्थना गर, अनि म जवाफ दिनेछु। म तिमीलाई महत्वपूर्ण गुप्त कुराहरू भन्नेछु। यी कुराहरू तिमीले पहिले कहिले सुनेका छैनौ।