तिनीहरू सर्वशक्तिमान परमप्रभुको मन्दिरका अगमवक्ताहरू अनि पूजहारी कहाँ गए। उनीहरूले प्रश्न सोधे, “हामीले कति वर्ष सम्म मन्दिर ध्वंश भएकोमा शोक मनाउँने। अहिले गरिरहे झैं मैले प्रत्येक वर्षको पाँचौं महिनामा रूनु अनि उपवास बस्नु पर्छ?”
Cross references
तिमीहरूले पूजाहारीहरू र न्यायाधीश कहाँ, जो लेवी कुलका हुन्, समयमा जानु पर्छ। त्यसपछि ती मानिसहरूले त्यो समस्यामा कुन प्रकारले निर्णय लिनु पर्छ बताउने छन्।
“तिनीहरूले याकूबलाई तपाईंका आदेशहरू सिकाउनेछन्, तिनीहरूले इस्राएललाई तपाईंका व्यवस्था सिकाउनेछन्। तपाईंअघि तिनीहरूले सुगन्धित धूप बाल्नेछन्, तपाईंको वेदीमा होमबलि चढाउनेछन्।”
नबूकदनेस्सर आफू बाबेलको राजा भएको उन्नाइसौं वर्षको पाँचौ महीनाको सातौं दिन यरूशलेम आए। नबूजरदान नबूकदनेसरको प्रमुख सैनिकहरूका अधिकारी थिए।
नहेम्याह, जो राज्यपाल थिए, एज्रा पूजाहारी, अनि शास्त्री अनि मानिसहरूलाई निर्देश गरिरहेका लेवीहरूले सबै मानिसहरूलाई भने, “यो दिन तिमीहरूका परमप्रभु परमेश्वरका निम्ति पवित्र दिन हो। उदास नहोऊ अनि विलाप नगर।” किनभने सबै मानिसहरू व्यवस्थाका वचनहरू सुन्दा रोइरहेका थिए।
अब, यो महीनाको चौबीसौं दिनमा इस्राएलका मानिसहरू उपवास बसे एकत्रित भए र भागङ्गरा लगाए अनि तिनीहरूले आफै माथि धूलो हाले।
कराउने र रूने एउटा समय हुन्छ अनि हाँस्ने र आनन्द गर्ने एउटा समय हुन्छ। शोक मनाउने एउटा समय छ र नाच्ने र गाउने एउटा समय हुन्छ।
यसैले, मेरो मालिक, सेनाहरूका परमप्रभुले मानिसहरू रून र आफ्ना मृत साथीहरूमाथि दुखी बन भनेर भन्नु हुनेछ। मानिसहरूले आफ्ना कपालहरू खौरिनेछन् र शोकपूर्ण पोषाकहरू लगाउनेछन्।
राजा नबूकदनेस्सरको राज्यकालको उन्नाईसौं वर्षको पाँचौ महीनाको दशौं दिनमा बाबेलका राजाका विशेष रक्षकहरूको कप्तान नबूजरदान यरूशलेममा आए।
“पूजाहारीहरूले मेरा मानिसहरूलाई पवित्र चीजहरू अनि अपवित्र चीजहरूको अन्तरको विषय शिक्षा दिनु पर्छ। तिनीहरूले मेरा मानिसहरूलाई जुन शुद्ध अनि अशुद्ध छन, त्यसको जानकारी दिनुमा सहायता दिन्छन्।
“मेरा मानिसहरू ज्ञानको कमीले नष्ट भए, तर तिमीहरूले सिक्ने इच्छा पनि राखेनौ। यसर्थ म तिमीहरूलाई मेरा पूजाहारी बन्न दिँदिन। तिमीहरूले तिमीहरूका परमेश्वरको व्यवस्था नै भूल्यौ। यसर्थ म तिम्रा कुलहरूलाई भूलिदिनेछु।
पूजाहारीहरु, परमप्रभुका सेवकहरु मन्दिरको दलान वेदीको बिचमा रहुन्। तिनीहरुले भनुन्, “हे परमप्रभु तपाईका मानिहरुलाई दया देखाउनुहोस्। तुपाईंका मानिसलाई लज्जित हुन नदिनु होस्। तिनीहरुलाई राष्ट्रहरुको बिचमा हाँसोको पात्र नबनाउनु होस्। तपाँईंले अन्य देशहरुलाई हाँस्दै भन्ने अवसर नदिनुहोस्, तिनीहरुका परमेश्वर कहाँ हुनुहुन्छ?”
सर्वशक्तिमान परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुहुन्छ, पूजाहारीहरूलाई सोध, व्यावस्थाले यस विषयमा के भन्छ।