अब, यो महीनाको चौबीसौं दिनमा इस्राएलका मानिसहरू उपवास बसे एकत्रित भए र भागङ्गरा लगाए अनि तिनीहरूले आफै माथि धूलो हाले।
Cross references
“इस्राएलका मानिसहरूलाई भनः सातौं महीनाको पन्ध्रौं दिनमा छाप्रो-बासको चाड मनाउनुपर्छ। यो चाड परमप्रभुको निम्ति सात दिनसम्म चली रहनुपर्छ।
“सातौं महीनाको पन्ध्रौं दिन जब तिमीहरू आफ्नो जमीनबाट फसल बटुल्छौ तब सात दिनसम्म परमप्रभुको चाडहरू मनाउनुपर्छ। पहिलो दिन अनि आठौं दिन विशेष विश्रामको दिन हुनेछ।
जब यहोशूले यस विषयमा सुने, तिनले दुःख प्रगट गर्न आफ्ना वस्त्रहरू च्याते। तिनले पवित्र सन्दूकको सामुन्ने भूइँतिर शिर झुकाए। यहोशू त्यहाँ साँझसम्म बसिरहे। इस्राएलका अगुवाहरूले पनि त्यसै गरे। तिनीहरूले पनि आफ्नो दुःख प्रगट गर्न आफ्ना शिरमा धुलो हाले।
त्यसपछि इस्राएलका सबै मानिसहरू बेतेल शहरसम्म गए। त्यस स्थानमा तिनीहरू बसे अनि परमप्रभु प्रति रोइ-कराइ गरे। तिनीहरूले दिनभरि साँझ नभएसम्म केही भोजन गरेनन्। तिनीहरूले परमप्रभुलाई होमबलि अनि मेलबलि पनि अर्पण गरे।
त्यस दिन बिन्यामिनी कूलका एकजना मानिस युद्ध भूमिबाट भागेर हारेको शोक प्रकट गर्न शरीरका बस्त्रहरू च्यातेर टाउकोभरी धूलै-धूलो खन्याए र शीलोमा पुगे।
तब तेस्रो दिनमा एउटा जवान सैनिक सिकलगमा आयो। त्यो मानिस शाऊलको छाउनीबाट आएको थियो। त्यसका लुगाहरू च्यतिएको र शिरमा मैला लागेको थियो। त्यसले दाऊदको अघि धोप्टो परेर उनलाई सम्मान गर्न दण्डवत् गर्यो।
सातौं महीनाको तेईसौं दिनमा सुलेमानले मानिसहरूलाई घर फर्काइ पठाए। मानिसहरू अत्यन्तै र्हषित थिए अनि तिनीहरूको हृदय आनन्दले परिपूर्ण थियो, किनभने परमप्रभु दाऊद प्रति, सुलेमान प्रति अनि आफ्ना इस्राएली मानिसहरू प्रति अत्यन्त असल हुनुहुन्थ्यो।
यहोशापात भयभीत भए अनि के गर्नु पर्ने भनी तिनले परमप्रभुसित सोध्ने निश्चय गरे। तिनले यहूदाका हरेकलाई उपवासको निम्ति समयको घोषणा गरे।
त्यहाँ अहवा नदीको छेउमा, हामीहरू अनि हाम्रा केटा-केटीहरू र हाम्रा सबै सम्पत्तिहरूको निरापद यात्राको निम्ति उहाँसित विन्ती गर्नलाई हामी परमेश्वरको समक्ष स्वयंलाई विनम्र तुल्याउन सकौ भनी उपवासको घोषणा गर्यौं।
यसर्थ हामीले यसका निम्ति उपवास बस्यौं र हाम्रा परमेश्वर प्रति प्रार्थना गर्यौ अनि उहाँले हाम्रो प्रर्थनाको उत्तर दिनु भयो।
यसर्थ पूजाहारी एज्राले व्यवस्थाको पुस्तक समूहको समक्ष ल्याए, जो पुरूष अनि स्त्री दुवै, हरेक जसले सुनेका कुरा बुझ्न सक्थे तिनीहरूद्वारा गठन भएको थियो। यो सातौं महीनाको पहिलो दिन थियो।
अनि हरेक प्रान्तमा जब राजाको आदेश पुग्यो, त्यहाँका यहूदीहरू बीचमा अफसोस, रूबावासी र विलाप भयो। तिनीहरू धेरैजनाले शोक वस्त्र लगाए अनि शिरमाथि खरानी छर्किए।
तिमीहरूले तीन दिन तीन रात सम्म कुनै कुरा खानु वा पिउनु हुँदैन। अनि म र मेरा सेविकाहरूले पनि यसरी नै उपवास बस्नेछौ। तब यो नियमको विरूद्धमा भए म राजा भएकहाँ जानेछु। मलाई मार्छन् भनें मर्नेछु।”
जब तिनीहरूले अय्यूबलाई टाढाबाट देखे, तिनी अय्यूब नै थिए भन्ने निश्चय भएन तिनी अर्कै देखिन्थे। तिनीहरू चिच्याउँदै रून थाले। आफ्ना दुःख र उदासीनता देखाउनका लागि तिनीहरूले आफ्ना लुगाहरू च्याते, धूलोमैलो टाउकोमाथि हावामा उडाए।
यसैले, मेरो मालिक, सेनाहरूका परमप्रभुले मानिसहरू रून र आफ्ना मृत साथीहरूमाथि दुखी बन भनेर भन्नु हुनेछ। मानिसहरूले आफ्ना कपालहरू खौरिनेछन् र शोकपूर्ण पोषाकहरू लगाउनेछन्।
हे पूजाहरीहरु! भाङ्ग्रा लगाऊ अनि साह्रै विलाप गर। हे वेदीका सेवकहरु हो! विलाप गर। हे मेरा परमेशवरका सेवकहरु! तिमीहरु भाङ्ग्रा लाएर सुत। किनकि अन्नबलि र अर्घबली तिम्रा परमेश्वरको मन्दिरमा हुने छैन।
परमप्रभु भन्नु हुन्छ, “अहिले पनि तिमीहरु सम्पूर्ण हृदयले उपवास बसेर रूँदै र शोक गर्दै म तिर फर्क ।
सियोनमा तुरहि फुक, महा-पबित्र सभा बोलाऊ। उपवासको विशेष समयलाई बोलाऊ।
परमेश्वरबाट त्यस्तो संदेश आएपछि निनवेका मानिसहरुले परमेश्वरमाथि विश्वास गरे। अनि तिनीहरु उपवास बसे र तिनीहरुले गरेका पापहरुका निम्ति सोच्न थाले। मानिसहरुले दुःख व्यक्त गर्नका निम्ति बिशेष प्रकारको वस्त्रहरु धरण गरे। शहरको सबै साना-ठूलाहरुले यसै गर्न थाले।
ती मानिसहरू सवैले प्रभुको सेवा गरिरहेका थिए अनि उपवास लिएका थिए। पवित्र आत्माले तिनीहरूलाई भन्नुभयो, “खास कामको लागि मलाई बर्णाबास र शावल देऊ। मैले तिनीहरूलाई त्यो काम गर्नलाई छानेकोछु।”