Home Bibles ☰ Books अय्यूब 7:5 · नेपाली बाइबल
अय्यूब 7:5 · नेपाली बाइबल

मेरो शरीर किराहरू र फोहरले ढाकिएको छ। मेरो छाला निको हुन थाल्छ अनि त्यसपछि फेरि एकपल्ट नयाँ घाउहरूले छोपिन्छ।

Cross references

अय्यूब 2:7

तब शैतान परमप्रभुबाट विदा भयो। शैतानले अय्यूबलाई कष्टमय घाउहरू गराई दियो। पीडामय घाउहरू अय्यूबका खुट्टा देखि टाउकोसम्म शरीरभरि थियो।

अय्यूब 9:31

परमेश्वरले मलाई हिलो भएको खाडलमा धकेल्नु हुन्छ। तब मेरो लुगाहरूले पनि मलाई घृणा गर्नेछन्।

अय्यूब 13:28

यसैले म कमजोर भन्दा कमजोर भई रहेछु सड्दै गएको काठको टुक्रा जस्तो, माऊ किराले खाँदै नष्ट भएको लुगाको टुक्रा जस्तो।”

अय्यूब 17:7

मेरो आँखाहरू प्राय अन्धा बराबर भइसके किनभने म साह्रै दुःखी छु अनि अत्यन्तै पीडामा छु। मेरो सारा शरीर छायाँ जस्तै हल्का भएको छ।

अय्यूब 17:14

म चिहानलाई भन्न सक्छु, ‘तपाईं मेरा पिता हुनुहुन्छ, अनि कीरालाई, ‘मेरी माता’ अथवा ‘मेरी बहिनी भन्न सक्छु।’

अय्यूब 19:20

म एकदम दुब्लो छु, मेरो छालाहरूले हड्डीहरू छाडेर झोलिएका छन्। मसँग अब अलिकति मात्र प्राण छ।

अय्यूब 19:26

म जान्दछु कि म मरे पछि अनि मेरो शरीरबाट छाला काढिए पछि मैले परमेश्वरलाई देख्ने छु।

अय्यूब 24:20

त्यो दुष्ट मानिस मर्छ र उसकै आमाले पनि उसलाई बिर्सिन्छे। उसको प्रियसी कीराहरू हुन्छन् जसले शरीर खान्छन् मानिसहरूले उसलाई सम्झने छैनन। त्यो दुष्ट मानिस कुँहेको लट्ठी जस्तै भाँचिएको छ।

अय्यूब 30:18

परमेश्वरले मेरो कोटको कलरमा समात्नु हुन्छ अनि बटारेर रूप बिगारिदिनु हुन्छ।

भजनसंग्रह 38:5

मैले मूर्ख कामहरू गरें। अब मेरो घाउ खटिराहरूले दुर्गन्ध दिंदैछन।

भजनसंग्रह 38:6

म कुप्रिएँ र साह्रै ज्यादा झुकेको छु, म दिनभरि हताश-हताश हुन्छु।

यशैया 1:6

तिमीहरूका पैतालादेखी टुप्पी सम्म, शरीरको प्रत्येक अङ्गमा चोटै चोट र पीडै-पीडाहरू मात्र छन्। तिमीहरूले आफ्ना पिडाहरूको ध्यानै गरेका छैनौ। तिमीहरूका घाउहरू न त सफा गरिएकाछन न त पुरिएकै छन्।

यशैया 14:11

तिम्रो रवाफ पातालमा पठाइएकोछ। वीणाबाट गुञ्जेको स्वरले तिम्रो घमण्डी आत्मा आएको घोषणा गर्दछ। औसाहरूलेतिम्रो शरीर खानेछ। तिमी ती औंसाहरूको ओछ्यान हुनेछौ। कीराहरूले तिम्रो शरीर बर्कोले जस्तै ढाकी दिनेछन्।

यशैया 66:24

“ती मानिसहरू मेरो पवित्र शहरमा हुनेछन्। अनि यदि तिनीहरू बाहिर गए भने तिनीहरूले मृत शरीरहरू देख्नेछन जसले मेरो विरूद्धमा पाप गरेका थिए। तिनीहरूका शरीरहरूमा कीराहरू लाग्नेछन् र ती कीराहरू कहिल्यै मर्ने छैनन्। आगोले ती शरीरहरू जलाउनेछ र त्यो आगो कहिल्यै निभ्ने छैन।” 

इजकिएल 20:43

त्यो देशमा तिमीहरूले ती अशुद्ध पापहरू याद गर्नेछौ। जसले तिमीहरूलाई दोषी बनायो अनि तिमीहरू लज्जित भयौ।

Interlinear

Choose Theme