Home Bibles ☰ Books अय्यूब 7:4 · नेपाली बाइबल
अय्यूब 7:4 · नेपाली बाइबल

जब म सुतें, मैले सोचें, ‘कतिञ्जेल मैले सोच्ने, जबसम्म म उठ्दिन?’ तर रात लामो छ। अनि घाम नझुल्कुञ्जेलसम्म म ओछ्यनमा छट्पटाउँदै रहें।

Cross references

व्यवस्था 28:67

बिहानै तिमी भन्ने छौ, ‘यो बेलुकी भए हुनेथ्यो बेलुकी तिमी भन्नेछौ, ‘यो बिहान भए हुन्थ्यो। किन? किनभने तिम्रो हृदयमा डर हुनेछ अनि तिमीले नराम्रा कुराहरू देख्नेछौ।’

अय्यूब 7:13

मेरो ओछ्यानले मलाई आराम दिनु पर्छ, मेरो ओछ्यानले मलाई विश्राम र शान्ति दिनुपर्छ।

अय्यूब 17:12

तर मेरो सारा मित्रहरू सालेमाले भए। तिनीहरू रातलाई दिन सोच्छन तिनीहरू अन्ध्यारोले उज्यालो भगाउँछ भनेर सोच्छन्।

अय्यूब 30:17

मेरो हड्डीहरू पीडाले राती दुख्छ। मलाई कष्टले चपाउन कहिल्यै छाडदैन।

भजनसंग्रह 6:6

हे परमप्रभु, रातभरि मैले तपाईंलाई प्रार्थना गरिरहें। मेरो आँसुले ओछ्यान लथ्‌पथ् भिजेको छ। आँसु मेरो ओछ्यानबाच तप-तप तप्किरहेछ। म तपाईंको लागि कराएर, चिच्याएर थाकिसकें।

भजनसंग्रह 77:4

तपाईंले मलाई सुत्न दिनु भएन म केही भन्न चाहन्थे तर म एकदम हताश थिएँ।

भजनसंग्रह 109:23

म यस्तो अनुभव गर्दछु कि मेरो जीवन अब शेष भइसक्यो, दिनको अन्तिम प्रहारको लामो छायाँ जस्तो। म आफूलाई बढारेर फ्याँकि जाने कीरा जस्तो लाग्छ।

भजनसंग्रह 130:6

म मेरो स्वामीलाई पर्खिरहेछु। म एकजना पहरेदार जस्तै छु, जसले बिहान नहुञ्ञेल सम्म पर्खिरहन्छ।

यशैया 54:11

तिमी गरीब शहर! शत्रुहरू तूफान सरह तिमीहरूका विरूद्ध आई लागे। अनि कसैले पनि सान्त्वना दिएनन्। तर म फेरि तिमीलाई निर्माण गर्छु ढुङ्गाहरूका भित्ताहरू सजाएर म सुन्दर ढुङ्गाले तिमीलाई बनाउनेछु। म बहुमूल्य ढुङ्गाहरू प्रयोग गरेर तिम्रो वरिपरिको पर्खालहरू बनाउनेछु।

Interlinear

Choose Theme