Home Bibles ☰ Books यशैया 14:11 · नेपाली बाइबल
यशैया 14:11 · नेपाली बाइबल

तिम्रो रवाफ पातालमा पठाइएकोछ। वीणाबाट गुञ्जेको स्वरले तिम्रो घमण्डी आत्मा आएको घोषणा गर्दछ। औसाहरूलेतिम्रो शरीर खानेछ। तिमी ती औंसाहरूको ओछ्यान हुनेछौ। कीराहरूले तिम्रो शरीर बर्कोले जस्तै ढाकी दिनेछन्।

Cross references

अय्यूब 17:13

म चिहानलाई मेरो नयाँ घर भनेर आशा गरौंला अंध्यारो चिहानमा मेरो ओछयान बनाउँने आशा गरौंला।

अय्यूब 21:11

दुष्टहरूले आफ्नो नानीहरूलाई भेडाका पाठाहरू जस्तै बाहिर खेल्न दिन्छन। तिनीहरूका नानीहरू वरिपरि नाच्छन्।

अय्यूब 21:26

अन्तमा, ती दुवै मानिसहरू संगसंगै फोहोरमा ढल्नेछन्। ती दुबैमा कीराहरूले पुर्नेछन्।

अय्यूब 24:19

हिउँदको हिउँबाट आउनेछ तिनीहरूको पानी गरम सूखा मौसमले सुकाइदिन्छ। यसर्थ ती पापीहरू चिहानमा लागिन्छन्।

यशैया 21:4

मेरो मनोरम साँझ डरलाग्दो रातमा परिणत भयो किनभने त्रासले ममाथि विजय प्राप्त गर्यो।

यशैया 22:2

विगतमा, यो शहर अत्यन्त व्यस्त थियो। यो हल्लै हल्लाले भरिएको र अति सुखी शहर थियो। तर, अहिले स्थिति परिवर्तन भयो। तिमीहरूका मानिसहरू मारिए तर तरवारहरूले होइन्। मानिसहरू मरे तर युद्धमा लडेर होइन्।

यशैया 66:24

“ती मानिसहरू मेरो पवित्र शहरमा हुनेछन्। अनि यदि तिनीहरू बाहिर गए भने तिनीहरूले मृत शरीरहरू देख्नेछन जसले मेरो विरूद्धमा पाप गरेका थिए। तिनीहरूका शरीरहरूमा कीराहरू लाग्नेछन् र ती कीराहरू कहिल्यै मर्ने छैनन्। आगोले ती शरीरहरू जलाउनेछ र त्यो आगो कहिल्यै निभ्ने छैन।” 

इजकिएल 26:13

यस प्रकारले म तिम्रा खुशीका गीतहरूको स्वर बन्द गरिदिन्छु। भविष्यमा मानिसहरूले तिम्रो वीणाको स्वर सुन्ने छैनन्।

इजकिएल 32:19

“मिश्र तिमी अरूभन्दा असल छैनौ। तल मृत्युको ठाँउमा जाऊ। जाऊ अनि बेखतनेहरूसित सुत।

दानियल 5:1

राजा बेलसजरले आफ्ना 1,000 अधिकारीहरूलाई राजकीय भवनमा ठूलो भोज दिए अनि ती अधिकारीहरूले दाखरस पिउन थाले।

दानियल 5:25

लेखौट यही हो“मने, मने तकेल, पर्सीन।“

आमोस 6:3

हाय! तिमीहरु आफैलाई हेर, तिमीहरु जसले खराब दिन जम्मा गर्छौ अनि हिंसाको दिन नजिक ल्याउँछन्।

मर्कूस 9:43

यदि तिमीहरूको हातले तिमीहरूलाई पाप गराउँछ भने, त्यसलाई काटिदेऊँ। तिमी दुबै हातसित नरकमा जानु भन्दा एउटै हात लिएर असल जीवन जीउनु चाँही उत्तम हो।

प्रकाश 18:11

“पृथ्वीका व्यापरीहरु रुनेछन् अनि उसको निम्ति अफसोस गर्ने छन्। तिनीहरु शोकित हुनेछन् अति रुनेछन् किनभने त्यहाँ तिनीहरुको चीजहरु किन्नु कोही आउने छैन।

Interlinear

Choose Theme