Home Bibles ☰ Books अय्यूब 17:7 · नेपाली बाइबल
अय्यूब 17:7 · नेपाली बाइबल

मेरो आँखाहरू प्राय अन्धा बराबर भइसके किनभने म साह्रै दुःखी छु अनि अत्यन्तै पीडामा छु। मेरो सारा शरीर छायाँ जस्तै हल्का भएको छ।

Cross references

अय्यूब 7:5

मेरो शरीर किराहरू र फोहरले ढाकिएको छ। मेरो छाला निको हुन थाल्छ अनि त्यसपछि फेरि एकपल्ट नयाँ घाउहरूले छोपिन्छ।

अय्यूब 16:8

तपाईंले मलाई दुब्लो-पातलो बनाइदिनु भयो, अनि मानिसहरूलाई त्यसले मलाई दोष्याउने कारण उब्जाउँछ।

अय्यूब 16:16

रूँदा-रूँदा मेरो अनुहार रातो भइसक्यो। मेरो आँखा वरिपरि कालो गोलो रेखाहरू छन्।

भजनसंग्रह 6:7

मेरो शत्रुहरूले मलाई धेरै दुःख-कष्टहरू दिए। त्यसले मलाई अत्यन्त दुःखी र व्यथित बनायो। अब मेरो आँखाहरू रूँदा-रूँदा शिथिल भएकाछन्।

भजनसंग्रह 6:8

दुष्ट काम गर्ने प्रत्येक मानिस मबाट टाढा जाऊ! किनभने परमप्रभुले मेरो विलाप सुन्नु भएकोछ।

भजनसंग्रह 31:9

हे परमप्रभु, मसँग कैयौं दुःख-कष्टहरू छन् यसैले मप्रति कृपा-दृष्टि राख्नुहोस्। यसैले म यति साह्रो उदास छु मेरा आँखाहरू बिझाउँदैछन्। मेरो घोक्रो र भूँडीहरू दुखिरहेछन्।

भजनसंग्रह 109:23

म यस्तो अनुभव गर्दछु कि मेरो जीवन अब शेष भइसक्यो, दिनको अन्तिम प्रहारको लामो छायाँ जस्तो। म आफूलाई बढारेर फ्याँकि जाने कीरा जस्तो लाग्छ।

उपदेशक 6:12

कसले जान्दछ मनुष्यको छोटो जीवनमा उसको लागि यस भूमिमा सबैभन्दा राम्रो के छ? उसको जीवन त छायाँ जस्तो हराइ हाल्छ। यस संसारमा भोली के हुन्छ भनी कुनै मानिसले भन्नसक्दैन।

विलाप 5:17

ती कुराहरूको कारणले गर्दा, हाम्रा आँखाहरूले स्पष्ट देख्न छोड्‌यो।

Interlinear

Choose Theme