Home Bibles ☰ Books अय्यूब 34:19 · नेपाली बाइबल
अय्यूब 34:19 · नेपाली बाइबल

परमेश्वरले अन्य मानिसहरूलाई जतिको प्रेम मुखियाहरूलाई गर्नुहुन्न। अनि जतिको प्रेम गरीब मानिसहरूलाई गर्नुहुन्छ त्यतिको प्रेम धनीहरूलाई गर्नुहुन्न। किन? किनभने परमेश्वरले प्रत्येक मानिसलाई बनाउनु भयो।

Cross references

प्रस्थान 30:15

बलि धनी र गरीब बीच कुनै भिन्नता बिनै सबैले बराबर तिर्नु पर्छ तर धनीले वेशी र गरीबले कम्ती तिर्नु हुँदैन। यो बलि तिम्रो आफ्नो जीवनको लागि हो।

लेवी 19:15

“न्याय गर्दा सच्चाइले गर्नुपर्छ। न्याय गर्दा गरीब अथवा दया र धनी भनी सम्मान नगर। आफ्नो छिमेकीसित न्याय गर्दा पनि सच्चाइले न्याय गर्नुपर्छ।

व्यवस्था 10:17

किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै ईश्वरहरूका परमेश्वर र परमप्रभुहरूका परमप्रभु हुनुहुन्छ। उहाँ महान् परमप्रभु हुनुहुन्छ। उहाँ शक्तिशाली र आश्चर्यजनक योद्धा हुनुहुन्छ। उहाँको निम्ति प्रत्येक मानिस एक शरह हो। उहाँको मन धनको वशमा छैन।

2 इतिहास 19:7

अब तपाईंहरू प्रत्येक परमप्रभुसित डराउनु पर्छ। तपाईंहरूले जे गर्नु हुन्छ सावधान हुनुहोस् किनभने परमप्रभु हाम्रा परमेश्वर न्यायी हुनुहुन्छ। परमप्रभुले कुनै पनि व्यक्तिलाई अर्को व्यक्तिलाई भन्दा अधिक महत्वपूर्ण ठानेर व्यवहार गर्नु हुन्न। अनि उहाँ आफ्ना निर्णय बद्ली गर्नको निम्ति धन स्वीकार गर्नु हुन्न।”

अय्यूब 10:3

परमेश्वर, मलाई चोट पार्दा तपाईं खुशी हुनुहुन्छ? यसले के देखिन्छ भने तपाईंले जे बनाउनुभयो त्यसको वास्ता गर्नुहुन्न। अथवा तपाईं त्यो दुष्ट मानिसहरूले बनाएको योजनाहरूसित खुशी हुनुहुन्छ।

अय्यूब 12:19

उहाँले पूजाहारीहरू आफ्नो कब्जामा राख्नुहुन्छ अनि ज-जसले आफैंलाई सुरक्षित देख्छन तिनीहरूलाई पराजित पार्नुहुन्छ।

अय्यूब 12:21

परमेश्वरले मुखियाहरूलाई महत्वहीन बनाउनु हुन्छ। उहाँले शासकहरूको शक्ति खोसेर लैजानु हुन्छ।

अय्यूब 13:8

उहाँ परमेश्वर हुनुहुन्छ भन्ने खातिरमा मात्र तिमीहरूले परमेश्वरको पक्ष लिइरहेका होइनौ? के तिमीहरू उहाँकै पक्षमा मेरो विरूद्धमा माम्लामा बहश गर्ने चेष्टा गरिरहेका छौ? तिमीहरूले निष्पक्ष भएका छैनौ।

अय्यूब 31:15

परमेश्वरले मलाई मेरी आमाको गर्भमा रच्नुभयो र तिनीहरूलाई पनि तिनीहरूकी आमाको गर्भमा रच्नुभयो, परमेश्वरले हामीहरूलाई गर्भमा रूप दिनुभएको हो।

अय्यूब 36:19

के तिम्रो चित्कारले अथवा तिम्रो अथक चेष्टाहरूले तिमीलाई कष्टबाट बाहिर निकाल्छ?

भजनसंग्रह 2:2

तिनीहरूका राजाहरू र अगुवाहरू परमप्रभुको विरूद्ध र उहाँले रोजेका राजाको विरूद्धमा युद्ध गर्न एकजुट भए।

भजनसंग्रह 49:6

कतिपय मानिसहरू सोच्छन् कि तिनीहरूको बल र धनले तिनीहरूलाई रक्षा गर्नेछ। तर ती मानिसहरू मूर्खहरू हुन्।

हितोपदेश 14:31

जो मानिसले गरीबलाई दुःख दिन्छ उसले सृष्टिकर्तालाई अपमान गर्छ, तर जसले उहाँलाई आदर गर्छ गरीबलाई दया देखाउँछ।

Interlinear

Choose Theme