Home Bibles ☰ Books प्रस्थान 30:15 · नेपाली बाइबल
प्रस्थान 30:15 · नेपाली बाइबल

बलि धनी र गरीब बीच कुनै भिन्नता बिनै सबैले बराबर तिर्नु पर्छ तर धनीले वेशी र गरीबले कम्ती तिर्नु हुँदैन। यो बलि तिम्रो आफ्नो जीवनको लागि हो।

Cross references

प्रस्थान 30:12

“इस्राएलीहरूको गन्ती गर जसद्वारा तिमीले त्यहाँ कति जन-संख्या छ थाहा पाउनेछौ। हरेकले आफ्नो जीवन बचाउनु परमप्रभुलाई केही भेटी दिनु पर्छ। नत्र तिनीहरूले कष्ट भोग्नु पर्छ जब तिमी उनीहरूको गन्ती गर्छौ।

लेवी 17:11

किन? किनभने शरीरको प्राण रगतमा हुन्छ मैले यो तिमीहरूलाई वेदीमा आफूलाई शुद्धपार्न दिएकोछु, कारण रगतले नै मानिसहरूलाई शुद्ध पार्छ।

गन्ती 31:50

हामीले सुनका चीजहरूः पैरा, बाला, छाप, औंठी, कुण्डल र बाजूहरू त्यो हामीले हाम्रो परमप्रभुलाई उपहार जस्तै परमप्रभूको अघि हाम्रो आफ्नै प्रायश्चितको निम्ति चढायौ।”

2 शमूएल 21:3

दाऊदले गिबोनीहरूलाई भने, “म तिमीहरूको निम्ति के गर्न सक्छु? इस्राएलको पापलाई कसरी धुँदा तिमीहरूले परमप्रभुका मानिसहरूलाई आशीर्वाद दिन सक्छौ?”

अय्यूब 34:19

परमेश्वरले अन्य मानिसहरूलाई जतिको प्रेम मुखियाहरूलाई गर्नुहुन्न। अनि जतिको प्रेम गरीब मानिसहरूलाई गर्नुहुन्छ त्यतिको प्रेम धनीहरूलाई गर्नुहुन्न। किन? किनभने परमेश्वरले प्रत्येक मानिसलाई बनाउनु भयो।

हितोपदेश 22:2

सबै परमप्रभुका सृष्टि हुन यसर्थ कुन धनी कुन गरीब बराबरी हो।

एफिसी 6:9

अनि मालिकहरू, तिमीहरूले पनि आफ्ना कमाराहरूसित उस्तै व्यवहार गर। तिनीहरूलाई नधम्काउ। मनमा राख कि तिमीहरूका मालिक र उनीहरूका मालिक उही एक हुन्छ अनि उहाँ स्वर्गमा हुनुहुन्छ। उहाँले हरेक मानिसलाई एकै प्रकारले जाँच्नु हुन्छ।

कलस्सी 3:25

याद गर कसैले भूल गरे, त्यही अनुसार उसले दण्ड भोग्नु पर्नेछ। प्रभुले हरेकलाई एक समान व्यवहार गर्नुहुनेछ।

Interlinear

Choose Theme