Home Bibles व्यवस्था 10:17 · नेपाली बाइबल
व्यवस्था 10:17 · नेपाली बाइबल

किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै ईश्वरहरूका परमेश्वर र परमप्रभुहरूका परमप्रभु हुनुहुन्छ। उहाँ महान् परमप्रभु हुनुहुन्छ। उहाँ शक्तिशाली र आश्चर्यजनक योद्धा हुनुहुन्छ। उहाँको निम्ति प्रत्येक मानिस एक शरह हो। उहाँको मन धनको वशमा छैन।

Cross references

व्यवस्था 7:21

ती मानिसहरूसित नडराऊ किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसँगै हुनुहुन्छ र उहाँ महान् र भययोग्य परमेश्वर हुनुहुन्छ।

यहोशू 22:22

“परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ, फेरि पनि हामी भन्छौ, कि परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ। अनि हामीले किन यो काम गर्यौ त्यो परमेश्वरले जान्नु हुन्छ। हामी चाहन्छौं कि तिमीहरूले पनि यो जान्नुपर्छ। तिमीहरूले न्याय गर्न सक्छौ, हामीले के गर्यौं। यदि हामीले केही गल्ती गर्यौं भनी तिमीहरू विश्वास गर्छौ भने, तिमीहरूले हामीलाई मार्न सक्छौ।

1 इतिहास 16:25

परमप्रभु महान् हुनुहुन्छ, अनि धेरैले उहाँको महिमा गाउँछन्, परमप्रभुको डर सबै देवताहरूका भन्दा धेरै भयभित हुन्छ।

2 इतिहास 19:7

अब तपाईंहरू प्रत्येक परमप्रभुसित डराउनु पर्छ। तपाईंहरूले जे गर्नु हुन्छ सावधान हुनुहोस् किनभने परमप्रभु हाम्रा परमेश्वर न्यायी हुनुहुन्छ। परमप्रभुले कुनै पनि व्यक्तिलाई अर्को व्यक्तिलाई भन्दा अधिक महत्वपूर्ण ठानेर व्यवहार गर्नु हुन्न। अनि उहाँ आफ्ना निर्णय बद्ली गर्नको निम्ति धन स्वीकार गर्नु हुन्न।”

नहेम्याह 1:5

मैले भनें,“परमप्रभु, स्वर्गका परमेश्वर, महान र भययोग्य परमेश्वर उहाँको करारमा विश्वास योग्य हुनुहुन्छ। जसले उहाँलाई प्रेम गर्छन् र उहाँका आदेशहरू पालन गर्छन्।

नहेम्याह 4:14

सबै कुरा हेरें पछि मैले तुरन्तै मुख्य अधिकारीहरू र अन्य मानिसहरूलाई भने, “तिनीहरूसित भयभीत न होऊ। हाम्रा मालिक महान अनि शक्तिशाली एकलाई सम्मु आफ्ना भाईहरू आफ्ना छोरा-छोरीहरू अनि, आफ्ना पत्नीहरू र घरका निम्ती लडाई गर।”

नहेम्याह 9:32

अब, हे परमेश्वर, महान परमेश्वर, शक्तिशाली अनि भय योग्य परमेश्वर, जसले उहाँका करार प्रेममय विश्वास सँग पालन गर्नुहुन्छ, हाम्रो कष्टहरूलाई साधारण नसम्झनु त्यो कठिनाई हामीमाथि आएको थियो, हाम्रा राजाहरूले, हाम्रा पूजाहारीहरूले, हाम्रा अगमवक्ताहरूले, हाम्रा पिता-पुर्खाहरूले तपाईंका सम्पूर्ण मानिसहरूले अश्शूरका राजाहरूको समय देखि लिएर आज सम्म सहे।

अय्यूब 34:19

परमेश्वरले अन्य मानिसहरूलाई जतिको प्रेम मुखियाहरूलाई गर्नुहुन्न। अनि जतिको प्रेम गरीब मानिसहरूलाई गर्नुहुन्छ त्यतिको प्रेम धनीहरूलाई गर्नुहुन्न। किन? किनभने परमेश्वरले प्रत्येक मानिसलाई बनाउनु भयो।

अय्यूब 37:22

अनि परमेश्वर पनि त्यस्तै हुनुहुन्छ। पवित्र पर्वतबाट परमेश्वरको सुनौलो महिमा चम्कन्छ परमेश्वरको वरिपरि त्यहाँ उज्यालो हुँदछ।

भजनसंग्रह 99:3

सारा मानिसहरूले तपाईंको नाउँको गुण-गान गरून्। परमेश्वरको नाउँ विस्मयकारक छ। परमेश्वर पवित्र हुनुहुन्छ।

भजनसंग्रह 136:2

देवहरूका परमेश्वरलाई प्रशंसा गरों! उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।

भजनसंग्रह 136:3

परमप्रभुहरूका पनि महापरमप्रभुलाई प्रशंसा गरौ। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।

यर्मिया 20:11

तर परमप्रभु मसँग बलियो सिपाही जस्तो हुनुहुन्छ। यसकारण मानिसहरू जो मेरो पछि लागेकाछन् तिनीहरू लट्पटिनेछन् अनि मलाई जित्नु सक्ने छैनन्। तिनीहरू हारको सम्मुख हुनु पर्नेछ, लज्जित हुनेछन् र यो कहिल्यै भुलिनेछैन।

यर्मिया 32:18

हे परमप्रभु, तपाईं हजारौं मानिसहरूका लागि कृपालु हुनुहुन्छ तर तपाईंले पिता-पुर्खाहरूको पापको भागी नानीहरूलाई दण्ड दिनुभयो। हे महान एवं शक्तिशाली परमेश्वर, तपाईंको नाउँ सेनाहरूका परमप्रभु हो।

दानियल 2:47

राजाले फेरि दानियललाई भने, “मलाई निश्चिन्त पूर्वक ज्ञान भएकोछ कि तिम्रो परमेश्वर सर्वाधिक महत्वपूर्ण अनि शक्तिशाली हुनुहुन्छ। उहाँ सबै राजाहरूको परमप्रभु हुनुहुन्छ। अनि जुन कुरा कसैले बताउँन सक्तैन त्यो गुप्त कुरा पनि उहाँले बताई दिनुहुन्छ।”

दानियल 11:36

“‘फेरि राजाले जे इच्छा लाग्यो त्यही गर्नेछन। उसले आफ्नो विषयमा बढि-बढाईं गर्नेछ, अनि आफ्नो प्रशंसा गर्ने छ। उसले सोच्ने छ ऊ कुनै देवता भन्दा ज्यादा राम्रो छ। उसले यस्तो कुरा गर्नेछ जुन कहिल्ये कसैले पनि सुनेको छैन। उसले देवताहरूको परमेश्वरको विरोधमा यस्तो कुरा गर्नेछ। ऊ त्यति बेला सम्म सफल हुन्छ जतिबेला सम्म यो सबै नराम्रो घट्नाहरू घट्दैन, तर नराम्रो घट्ना अवश्य घट्नेछ।

मर्कूस 12:14

फरिसीहरू र हेरोदीअन्सहरू येशूकहाँ पुगे अनि भन्न लागे, “हे गुरूज्यू हामी जान्दछौं कि तपाईं एक इमान्दार मानिस हुनुहुन्छ। अरूले के भन्लान् भनेर तपाईं डराऊनु हुँदैन। सबै तपाईंको अघाडी एउटै हुन्। अनि तपाईंले परमेश्वरको मार्ग ठीकसित सिकाईरहनू भएको छ। हामीलाई भन्नुहोसः के कैसरलाई कर बुझाउनु उचित छ? हामीले कर तिर्नु पर्ने हो कि नतिर्नु पर्ने हो?”

प्रेरित 10:34

पत्रुसले बोल्न शुरू गरे, “अब मैले साँच्चै बुझ्नु कि परमेश्वरको निम्ति सबै मानिसहरू एक समान हुन्।

रोमी 2:11

परमेश्वरले सबैलाई समान न्याय गर्नु हुनेछ।

गलाती 2:6

तर ठूला-बड मानिसहरूले मैले प्रचार गरेको सुसमाचारलाई अदल-बदल गरेनन्। तिनीहरू “ठूला-बडा” होलान् कि नहोलान् त्यसले मलाई केही फरक पर्दैन। परमेश्वरका निम्ति सबै एक समान छन्।

एफिसी 6:9

अनि मालिकहरू, तिमीहरूले पनि आफ्ना कमाराहरूसित उस्तै व्यवहार गर। तिनीहरूलाई नधम्काउ। मनमा राख कि तिमीहरूका मालिक र उनीहरूका मालिक उही एक हुन्छ अनि उहाँ स्वर्गमा हुनुहुन्छ। उहाँले हरेक मानिसलाई एकै प्रकारले जाँच्नु हुन्छ।

कलस्सी 3:25

याद गर कसैले भूल गरे, त्यही अनुसार उसले दण्ड भोग्नु पर्नेछ। प्रभुले हरेकलाई एक समान व्यवहार गर्नुहुनेछ।

1 पत्रुस 1:17

तिमीहरू परमेश्वरलाई प्रार्थना गर्छौ अनि उहाँलाई पिता भनी सम्बोधन गर्छौ। परमेश्वरले मानिसको कार्यलाई पक्षपात बिना जाँच गर्नुहुन्छ। यसर्थ, पृथ्वीमा प्रवासीहरु झैं बाँचिरहेको समयमा परमेश्वरको भय मानेर तिमीहरु बाँच्नु पर्छ।

प्रकाश 17:14

तिनीहरुले परमेश्वरको थुमासित लडाईं गर्नेछन्। तर परमेश्वरको थुमाले तिनीहरुलाई परास्त गर्नेछ, किनभने जहाँ प्रभुहरुका परमप्रभु अनि राजाहरुका राजा हुनुहुन्छ। उहाँले तिनीहरुलाई उहाँद्वारा चुनिएका अनि बोलाइएका विश्वासी चेलाहरुद्वारा परास्त गर्नुहुनेछ।”

प्रकाश 19:16

तिनको पोशाक अनि तिनको फिलामा यो नाउँ लेखिएको थियो

Interlinear

Choose Theme