Home Bibles ☰ Books अय्यूब 12:19 · नेपाली बाइबल
अय्यूब 12:19 · नेपाली बाइबल

उहाँले पूजाहारीहरू आफ्नो कब्जामा राख्नुहुन्छ अनि ज-जसले आफैंलाई सुरक्षित देख्छन तिनीहरूलाई पराजित पार्नुहुन्छ।

Cross references

यहोशू 10:24

तिनीहरूले ती पाँचजना राजाहरूलाई यहोशू कहाँ ल्याए। यहोशूले उसका सबै मानिसहरूलाई भने, “यहाँ आऊ, तिमीहरूका खुट्टा यी राजाहरूका धिच्रोमा राख।” यसर्थ यहोशूका सैनिक अधिकारीहरू नजिकमा आए। तिनीहरूले आफ्ना पाउ ती राजाहरूको घिच्रोमा राखे।

यहोशू 10:42

यहोशूले ती सबै शहरहरू अनि तिनीहरूका राजाहरूलाई एकै चोटि अधीनमा लिए। यहोशूले यसो गरे किनभने, परमप्रभु इस्राएलका परमेश्वरले इस्राएलका निम्ति युद्ध गरिरहनु भएको थियो।

1 शमूएल 17:45

दाऊदले पलिश्ती गोल्यतलाई भन्यो, “तँ मकहाँ तरवार, बर्छा र भाला प्रयोग गर्न आइस्। तर म तँ कहाँ इस्राएलका सेनाहरूका परमेश्वर सर्वशक्तिमान परमप्रभुका नाउँ मात्र लिएर आएको छु। तैंले उहाँको विरूद्धमा नराम्रो वचन बोलीस्।

अय्यूब 24:22

दुष्ट मानिसहरूले शक्तिशाली मानिसहरूलाई नाश गर्न आफ्ना शक्ति चलाउँछन्। दुष्ट मानिसहरू शक्तिशाली हुनसक्लान् तर तिनीहरू आफ्नै जीवनमा पक्का हुन सक्तैनन्।

अय्यूब 34:20

मानिसहरू अचानक मर्न सक्छ मध्य रातमा मानिसहरू विमार हुन्छन् अनि मरेर जान्छन्। कुनै स्पष्ट कारणै बिना शक्तिशाली मानिसहरू पनि मर्छन्।

अय्यूब 34:28

ती दुष्ट मानिसहरूले दीन दुःखी मानिसहरूलाई दुःख दिन्छन् अनि परमेश्वरलाई गुहार्नका लागि वाध्य गराउँछन्। परमेश्वरले तिनीहरूका पुकार सुन्नुहुन्छ।

अय्यूब 35:9

यदि दुष्ट मानिसहरूलाई नोक्सान परिरहेको छ भने तिनीहरू गुहारको लागि चिच्याउँछन। तिनीहरू शक्तिशाली मानिसहरूबाट बाँच्न गुहार माग्छन्।

यशैया 37:36

त्यस रात, परमप्रभुका दूत गएर अश्शूरहरूको छाउनी एक लाख पचासी हजार मानिसहरूलाई मारे। जब बाँचेका मानिसहरू बिहान ब्यूँझे तिनीहरूले आफ्ना वरिपरी मृत शरीरहरू देखे।

यशैया 40:23

उहाँ शासकहरूलाई महत्वहीन पार्नु हुन्छ। उहाँले पृथ्वीका न्यायधीशहरूलाई सम्पूर्ण रूपले अयोग्य बनाउनु हुन्छ।

यशैया 45:1

आफैले अभिषेक गर्न भएको राजालाई यी निम्न कुराहरू परमप्रभुले कोरेसको बारेमा भन्नुहुन्छ।“म कोरेसको दाहिने हात समाउनेछु। राजाहरूका शक्ति लिनलाई म उसलाई सहायता गर्नेछु। शहरका ढोकाहरू कोरेसलाई बन्द हुनेछैन, म शहरका प्रवेशद्वारहरू खोली दिनेछु अनि कोरेस शहर भित्र जानेछ।”

प्रकाश 17:14

तिनीहरुले परमेश्वरको थुमासित लडाईं गर्नेछन्। तर परमेश्वरको थुमाले तिनीहरुलाई परास्त गर्नेछ, किनभने जहाँ प्रभुहरुका परमप्रभु अनि राजाहरुका राजा हुनुहुन्छ। उहाँले तिनीहरुलाई उहाँद्वारा चुनिएका अनि बोलाइएका विश्वासी चेलाहरुद्वारा परास्त गर्नुहुनेछ।”

प्रकाश 19:19

त्यसपछि मैले त्यो पशु अनि पृथ्वीका राजाहरु देखें। तिनीहरुका सेनाहरु घोड-सवार अनि तिनका सेनासित युद्ध गर्नका निम्ति एकसाथ भेला भएका थिए।

Interlinear

Choose Theme