Cross references
यसकारण, परमेश्वर मलाई किन जन्म दिनु भयो? म इच्छा गर्छु मलाई कसैले देख्नु अघि नै म मरेको हुनु पर्थ्यो।
हे परमेश्वर, सत्य हो भनि तपाईं मात्र एकजना हुनुहुन्छ जसमाथि म आश्रित हुन्छु। तपाईंले म जन्मेको दिनदेखि नै मेरो खुबै हेरचाह गर्नु भएकोछ। जब म दूध चुस्ने बालकै थिएँ तपाईंले मलाई आश्वसन र सान्त्वना दिनुभयो।
तिनीहरू घस्रँदा-घस्रँदै विलाई जाने चिप्ले कीरा जस्तै होऊन्। तिनीहरूले जन्मनु अघि नै मरेको शिशु जस्तो कहिल्यै दिनको उज्यालो देख्न नपाऊन।
म जन्मनु भन्दा अघिबाटै तपाईंमाथि आश्रित थिएँ, आमाको कोखमा हुँदादेखि नै मैले तपाईंमाथि पूर्ण भरोसा गरेको छु। मैले सधैं तपाईंलाई प्रार्थना गरें।
हे परमप्रभु, तपाईंले मेरो सम्पूर्ण शरीर बनाउनु भयो। म आमाको गर्भमा हुँदा मेरो विषयमा सवै कुराहरू जान्नुहुन्छ।
एकजना मानिस लामो समयसम्म बाच्छ अनि उसका एक सय नानीहरू हुन्छन्। तर यदि त्यो मानिस ती असल कुराहरूसित सन्तुष्ट नभए अनि उसको मृत्युपछि उसलाई सम्झना गर्ने कोही नभए, म त भन्छु कि त्यस मानिस भन्दा तुहेको बालकको भाग्य असल हुन्छ।
त्यसता बालकले कहिल्यै सूर्य देख्दैन र केही कुरो पनी जान्दैन। तर त्यस मानिसको भाग्य! जसलाई परमेश्वरले दिएका कुराहरूको आनन्द कहिल्यै लिएन। त्योभन्दा त त्यस बालकले बडी चैन र शान्ति पाउँदछ।
“हे याकूबका परिवार, मलाई ध्यान दिएर सुन। इस्राएलबाट आएका सारा मानिसहरू जो अझ जीवित छन्, ध्यान दिएर सुन्। मैले तिमीहरूलाई बोकी ल्याएको हुँ। तिमीहरू आफ्ना आमाको गर्भमा हुँदादेखि नै मैले बोकी ल्याएको हुँ।
हे मेरी आमा, मलाई तपाईंले जन्म दिनु भएको निम्ति म दुखी छु। यस देशमा म त्यो मानिस हुँ जो दोष र घृणाको पात्र बनिएको छ, मैले कतैबाट ऋण लिएको अथवा दिएको छैन। तर प्रत्येक मानिसले मलाई सराप्छन्।
किनभने जब म आमाको गर्भमा थिएँ त्यस मानिसले मलाई मारेन। यदि त्यसले मलाई त्यस बेला मारेको भए मेरी आमा मेरो चिहान हुने थिइन। तिनी सधैंको लागि गर्भवती रहने थिइन।
हे परमप्रभु! तपाईले उनीहरूलाईं जे चाहनुहुन्छ त्यो उनीहरूलाई दिनुहोस। उनीहरूलाई एउटा यस्तो गर्भ दिनुहोस् जुन तुयोस् र स्तन पनि यस्तो दिनुहोस् जसद्वारा दूध खुवाउनु नसकोस्।