हे परमप्रभु! तपाईले उनीहरूलाईं जे चाहनुहुन्छ त्यो उनीहरूलाई दिनुहोस। उनीहरूलाई एउटा यस्तो गर्भ दिनुहोस् जुन तुयोस् र स्तन पनि यस्तो दिनुहोस् जसद्वारा दूध खुवाउनु नसकोस्।
Cross references
परमप्रभुले तिमीहरूलाई सराप्नु हुनेछ अनि तिनीहरूका धेरै नानीहरू हुने छैनन्। उहाँले तिमीहरूका भूमिलाई सराप्नु हुनेछ अनि तिमीहरूले राम्रो अन्नबालि पाउने छैनौ। उहाँले तिमीहरूका पशुहरूलाई सराप्नु हुनेछ अनि तिनीहरूले धेरै बाछा-बाछी ब्याउने छैनन्।
तिनीहरूका साँढे प्रजनन क्रियामा कहिले चुक्दैनन्। तिनीहरूका गाईहरूले बाछीहरू ब्याउँछन् अनि तुहिदैनन्।
इस्राएलको वैभव कतै त्यसरी उडिजाने छ जसरी जुनै पंक्षी उडिजान्छ। तिनीहरूमा न त कुनै जन्म न कोही गर्भवती न गर्भधारण हुनेछ।
एकसमय एप्रैमको विषयमा मैले हरियो चौरमा रोपेको कलिलो खुजूरको रूख जस्तौ सोचेको थिएँ। तर अहिले एफ्रैमले छोराहरूलाई मार्नको लागि डोर्याउँनेछ।
एप्रैमलाई दण्ड दिइनेछ, तिनीहरूको जरा सुकि हाल्यो। तिनीहरूमा फल लाग्नेछैन उनीहरूको अब धेरै सन्तान हुने छैनन्। यदि तिनीहरूले सन्तान जन्माए पनि म तिनीहरूका प्रिय बालकहरूको हत्या गरिदिने छु, जो तिनीहरूबाट जन्मलिनेछन्।
त्यसबेला, गर्भवती भएका स्त्रीहरू र अनि दूध पिउने शिशूलाई दुध चुसाउने आमाहरूका निम्ति खुबै दुखपूर्ण हुनेछ।
हाय, त्यसबेला गर्भवती स्त्री वा ससाना नानीका आमाहरूलाई पनि नराम्रो हुनेछ।
त्यस समय गर्भवती स्त्री र दूधे बालकका आमाहरूको निम्ति भयानक हुनेछ। किन? किनभने यो भूमिमा अति कष्ट आइपर्नेछ। परमेश्वरको रिस ती मानिसहरूमाथि पर्नेछ।
समय त्यस्तो आइरहेकोछ कि मानिसहरूले भन्नेछन्, ‘धन्य हुन ती स्त्रीहरू जसले कहिल्यै पनि बालकहरूलाई दूध चुसाएन।
त्यो दुःखको घडी हो। यसैले म सोच्छु तिमीहरू जुन अवस्थामा छौ त्यही अवस्थामा बस्नु राम्रो हो।