Home Bibles अय्यूब 3:12 · नेपाली बाइबल
अय्यूब 3:12 · नेपाली बाइबल

किन मेरी आमाले मलाई घुँडामाथि राखिन्? किन मेरी आमाले मलाई दूध खुवाइन्?

Cross references

उत्पत्ति 30:3

त्यसपछि राहेलले भनी, “तिमीले मेरी कमारी बिल्हालाई राख्न सक्छौ। त्यससित सहवास गर्नुहोस् अनि उनले मेरो निम्ति नानी जन्माउनेछे। तब उनले गर्दा म आमा हुन सक्छु।”

उत्पत्ति 50:23

यूसुफकै जीवन कालमा एप्रैमको छोरा-छोरी तथा नाता-नातिनीहरू जन्मेका थिए। अनि तिनको छोरो मनश्शेबाट छोरो जन्मियो जसको नाउँ माकीर थियो। यूसुफ माकीरका नानीहरूको मुख हेर्न बाँचिरहे।

यशैया 66:12

परमप्रभुले भन्नुहुन्छ, “हेर, म तिमीहरूलाई शान्ति प्रदान गर्नेछु। यो शान्ति ठूलो नदी सरह बग्नेछ। पृथ्वीमा भएका सारा जातिहरूको धनसम्पत्ति बग्दै तिमीहरूकहाँ आउनेछ। त्यो धन दौलत बाढी जस्तो आउनेछ। तिमीहरू स-सना शिशुहरू जस्तै हुनेछौ। तिमीहरूले त्यो दूध पिउनेछौ, म तिमीहरूलाई उठाउनेछु, आफ्ना पाखुराहरूमा पक्रनेछ, अनि मेरो गोडाहरूमा उफार्नेछ।

इजकिएल 16:4

यरूशलेम जुन दिन उत्पन्न भयो, तिम्रो नाभीको नाल काट्ने कोही पनि थिएन। कसैले पनि तिम्रो शरीरमा नुन मलिदिएन, अनि तिमीलाई सफा तुल्याउन कसैले पनि नुहाई दिएन। कसैले तिमीलाई लुगा लगाई दिएनन्।

Interlinear

Choose Theme