किन? किनभने त्यस रातले म जन्मनु मलाई रोकेन। त्यो रातले ती दुःख संकटहरू हेर्न मलाई रोकेन।
Cross references
किनभने परमप्रभुले अब्राहमकी पत्नी सारासित भएको घटनाले अबीमेलेकको घरमा भएका जम्मै महिलाहरूको गर्भ बन्द गराएर तिनीहरूलाई सन्तान उत्पन्न गर्न अयोग्य बनाइएको थियो।
परमप्रभुले जान्नु हुन्थयो, याकूबले राहेललाई लेआ भन्दाबेशी माया गर्थे। यसर्थ परमप्रभुले लेआलाई एउटा नानी जन्माउन सक्ने योग्य बनाउनु भयो तर राहेल बाँझी रहिन्।
उनले हन्नालाई जहिले पनि बराबरी भाग भोजन दिन्थे उनले हन्नालाई बढी माया गर्थे किनभने परमेश्वरले उनको कोख बन्द गरिदिनु भएको थियो।
भएता अनि मेरो सबै संकटहरू तराजुमा जोखिन सक्ने भएता।
म आफ्नो जवीनलाई घृणा गर्दछु। यसकारण म स्वतन्त्र रूपमा गुनासो पोख्नेछु। मेरो मन एकदमै तितो छ, यसकारण अब म बोल्नेछु।
यसकारण, परमेश्वर मलाई किन जन्म दिनु भयो? म इच्छा गर्छु मलाई कसैले देख्नु अघि नै म मरेको हुनु पर्थ्यो।
“म थाकेर कमजोर भएता पनि अझै म विद्रोही कुरा गरिरहेको छु।
एकजना मानिस लामो समयसम्म बाच्छ अनि उसका एक सय नानीहरू हुन्छन्। तर यदि त्यो मानिस ती असल कुराहरूसित सन्तुष्ट नभए अनि उसको मृत्युपछि उसलाई सम्झना गर्ने कोही नभए, म त भन्छु कि त्यस मानिस भन्दा तुहेको बालकको भाग्य असल हुन्छ।
रिसले तिमीलाई वशमा नराखोस् अनि शरीरले पाप गर्न नलगाओस् किनभने युवा अवस्था व्यर्थको हुन्छ।
किनभने जब म आमाको गर्भमा थिएँ त्यस मानिसले मलाई मारेन। यदि त्यसले मलाई त्यस बेला मारेको भए मेरी आमा मेरो चिहान हुने थिइन। तिनी सधैंको लागि गर्भवती रहने थिइन।