Home Bibles उपदेशक 6:3 · नेपाली बाइबल
उपदेशक 6:3 · नेपाली बाइबल

एकजना मानिस लामो समयसम्म बाच्छ अनि उसका एक सय नानीहरू हुन्छन्। तर यदि त्यो मानिस ती असल कुराहरूसित सन्तुष्ट नभए अनि उसको मृत्युपछि उसलाई सम्झना गर्ने कोही नभए, म त भन्छु कि त्यस मानिस भन्दा तुहेको बालकको भाग्य असल हुन्छ।

Cross references

उत्पत्ति 33:5

त्यसपछि एसावले हेर्यो अनि स्त्रीहरू र नानीहरूलाई देखेर भने, “तँसित यी को हुन्?”याकूबले भने, “यी नानीहरू परमेश्वरले तिम्रा दासलाई दिनु भएका हो। परमेश्वरले मलाई दया गर्नु भएको छ।”

उत्पत्ति 47:9

याकूबले फिरऊनलाई भने, “मेरो जीवन छोटो अनि दुःखले भरिएको छ। म केवल एक सय तीस वर्ष पुगेको छु। यो मेरा पुर्खाहरूसित तुलना गर्दा केही होइन जब तिनीहरू यस धर्तीमा बाँचेका थिए।”

1 शमूएल 2:20

एलीले एल्काना र तिनकी पत्नीलाई आशीर्वाद दिन्थे। एलीले भने, “परमप्रभुले यो बालक जसलाई तिमीले परमप्रभुको सेवाको लागि माग्यौ यसको ठाउँमा अरू धेरै नानीहरू परमप्रभु तिनीहरूका साथ अशिष दिउन्।”एल्काना र हन्ना घर फर्किए अनि

2 राजा 9:35

मानिसहरू ईजेबेललाई गाड्न गए। तर तिनीहरूले उनको लाश पाउँन सकेनन्। तिनीहरूले मात्र उनको खप्परका, खुट्टा र हातका हत्केलाहरू पाए।

2 राजा 10:1

आहाबका सत्तरी जना छोराहरू सामरियामा थिए। येहूले पत्रहरू लेखे अनि सामरियामा यिज्रेलका अगुवाहरू र शासकहरूकहाँ पठाए। उनले पत्रहरू ती मानिसहरूकहाँ पनि पठाए जसले आहाबका छोराहरूको हेरचाह गरेका थिए। पत्रहरूमा येहूले भने,

1 इतिहास 28:5

परमप्रभुले मलाई धेरै छोराहरू दिनु भएको छ। अनि ती सबै छोराहरूबाट परमप्रभुले सुलेमानलाई इस्राएलको नयाँ राजा बनाउन निम्ति छान्नुभयो। वास्तवमा, इस्राएल परमप्रभुको राज्य हो।

2 इतिहास 11:21

रहबामले माकालाई तिनका अरू सबै पत्नीहरू र सेविकाहरूलाई भन्दा अधिक प्रेम गर्थे। माका अब्शालोमकी नातिनी थिइन्। रहबामका अठ्ठार जना पत्नीहरू र साठ्ठीजना सेविकाहरू थिए। रहबाम अठ्ठाईस जना छोरा अनि साठ्ठी जना छोरीहरूका पिता थिए।

एस्तर 5:11

हामानले उसका धेरै छोरा-छोरीहरूसंग राजाले तिनलाई सम्मन गरेको बताए राजाले तिनलाई राजाका समस्त अधिकारीहरू अनि सेवकहरू माथिल्लो ओहोदामा राखेको धाक लगाए।

एस्तर 7:10

यसरी तिनीहरूले हामानलाई त्यही फाँसीमा झुण्डयाए जो तिनले मोर्दकैको निम्ति बनाएका थिए। अनि राजाको क्रोध शान्त भयो।

एस्तर 9:14

फेरि एस्तरले भने अनुसार-राजाले त्यसै गर्ने आदेश दिनु भयो, अनि शूशनमा विधान घोषणा गरियो। तिनीहरूले हामानका दशजना छोराहरूलाई झुण्डयाइदिए।

अय्यूब 3:11

म जन्मदा नै किन मरिन? किन म गर्भमा नै तुइनँ?

अय्यूब 3:16

किन म आमाको गर्भमा नै तुइनँ? म त्यस्तो बालक हुन चाहन्थें जसले दिनको उज्यालो नै देख्न पाएन।

भजनसंग्रह 58:8

तिनीहरू घस्रँदा-घस्रँदै विलाई जाने चिप्ले कीरा जस्तै होऊन्। तिनीहरूले जन्मनु अघि नै मरेको शिशु जस्तो कहिल्यै दिनको उज्यालो देख्न नपाऊन।

भजनसंग्रह 127:4

आफू जवान रहेको समयमा जन्मेका छोराहरू सिपाहीको तरकसको काँडहरू जतिकै हुन्।

हितोपदेश 17:6

नाति-नातिनीहरू बृद्धमानिसको निम्ति मुकुट हुन्, अनि आमा-बाबुहरू आफ्ना छरा-छरीका गौरव हुन्।

उपदेशक 4:3

अझ यो भन्दा असल जो अहिलेसम्म जन्मेको छैनन् तिनीहरूलाई छ। किन? किनभने, तिनीहरूले यस संसारको खराबी देखेका छैनन्।

उपदेशक 5:17

उसले यदि केही पाँउछ भने त्यो हो दुख र शोकले भरेको दिन, त्यसैले आखिरमा ऊ हताश, रोगी र रिसाहा बन्दछ।

यशैया 14:19

तर ए दुष्ट राजा तिमी आफ्नै चिहानबाट स्वयं फ्याँकियो। तिमी हागाँ हो जो रूखबाट काटिएर टाडो फ्याँकिएको छौ। तिमी युद्धमा ढलेको मृत मानिस जस्तो छौ जसमाथि अन्य सिपाहीहरूले कुल्चेर हिडदछन्। अहिले तिमी अन्य मृत मानिस जस्तो देखिन्छौ। तिमी कात्रोमा बेरिएका छौ।

यर्मिया 8:2

तिनीहरूले सबै हड्डीहरू घाम, जुन र ताराहरू मुनि मैदानमा फिँजाउनेछन्। यरूशलेमका मानिसहरूले घाम, जुन अनि ताराहरूलाई माया गर्थे। तिनीहरूले तिनीहरूलाई सेवा र अनुसरण गरे। तिनीहरूले तिनीहरूसित परमर्श गरे अनि तिनीहरूको अघि घुँडा टेकेर पूजा गरे। फेरि कसैले पनि हड्डीहरू बटुल्ने छैन अनि पुर्ने छैन। यही कारणले हड्डीहरू मैदानमा फिजाएको गाईको गोबर जस्तै हुनेछ।

यर्मिया 22:19

यरूशलेमका मानिसहरूले यहोयाकीमलाई गधालाई जस्तै दफ्नाउनेछन्। तिमीहरूले उसको टाउको र शरीर तान्नेछन् अनि यरूशलेमको मूल-ढोकाको बाहिर फ्याँक्नेछन्।

यर्मिया 36:30

यसकारण, परमप्रभुले यहूदाका राजा यहोयाकीमाको बारेमा भन्नुहुन्छ यहोयाकीमका सन्तानहरू दाऊदको सिंहासनमा अब उसो बस्नेछैन। जब यहोयाकीम मर्दछ, ‘उसको लाश भूइँमा फ्याँकिनेछ र दिनको गरम र रात चिसोमा त्यहीं रहनेछ।

मत्ती 26:24

मानिसको पुत्रले धर्मशास्त्रमा लेखिए अनुसार जानुपर्छ र उसले मर्नेपर्छ। तर मानिसको पुत्रलाई मार्नका निम्ति सुम्पने त्यस मानिसले नराम्रो परिणाम भोग्नु पर्नेछ। यस्तो हुनुभन्दा त त्यो मानिस नजन्मिएको भए बेस हुने थियो।”

Interlinear

Choose Theme