Home Bibles ☰ Books अय्यूब 29:16 · नेपाली बाइबल
अय्यूब 29:16 · नेपाली बाइबल

म गरीबहरूको लागि पिता समान थिएँ। यदि मैले नजानेको विषयका कुनै मामला मेरो सामु आए मैले त्यस मामलाको विषयमा विस्तृत रूपमा खोजी गर्ने गर्थें।

Cross references

उत्पत्ति 39:19

जति बेला यूसुफको मालिकले कथा सुने, तिनी साह्रै नै रिसाए।

प्रस्थान 18:26

यी अगुवाहरूका लागि मानिसहरूको न्यायधीश थिए। मानिसहरू यी अगुवाहरू कहाँ सधैं आफ्नो कुराहरू लिएर आउँथे।

व्यवस्था 13:14

त्यस विषयमा तिमीहरूले राम्रोसँग खोजी गर्नुपर्छ अनि यदि कुरो सत्य स्थापित भयो त्यस्तो अनिष्ट अथवा घृणित काम भएकै थियो भने।

व्यवस्था 17:8

“केही समस्याहरू हुन सक्छ जो अदालतमा निणर्य लिनु साह्रै अप्ठयारो हुन्छ। यो हत्याको विषयम हुन सक्छ, दुइजना मानिसहरू बीच विवादको विषयमा हुन सक्छ। अथवा झगडामा घाइते भएको मानिसको विषयमा हुन सक्छ। जब यी मामिलाहरू तिमीहरूको शहरहरमा सुनाइ हुन्छ, सही हो पत्तो लगाउन तिमीहरूको न्यायाधीशहरूलाई साह्रै मुश्किल हुन सक्छ। तब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले रोजेको विशेष ठाउँमा जानु पर्छ।

2 शमूएल 14:8

तब राजाले त्यस स्त्रीलाई भने, “तिमी घर जाऊ। तिम्रो पक्षमा आदेश दिनेछु।”

1 राजा 3:16

एक दिन दुइ जना स्त्रीहरू जो बेश्या थिए, सुलेमान कहाँ आए। तिनीहरू राजाको सामु उभिए।

एस्तर 2:7

मोर्दकैकी एकजना भतिजी थिई जसको नाउँ हदस्सा थियो। उसको आमा-बाबु मरिसकेका थिए। मोर्दकैले उसलाई धर्म-पुत्रीको रूपमा ग्रहण गरेको थियो। हदस्सालाई एस्तर पनि भन्निथ्यो। एस्तरको शारीरिक गठन अनि अनुहार सुन्दर थियो।

अय्यूब 24:4

तिनीहरूले गरीब मानिसहरूलाई घरविहीन पार्छन्। तिनीहरूले गरीब मानिसहरूलाई एक ठाउँबाट अर्को ठाँउ घुमिहिडन वाध्य गराउछन्। सबै गरीब मानिसहरूलाई तिनीहरूबाट लुक्ने बनाउँछन्।

अय्यूब 30:25

तपाईं जान्नु हुन्छ मानिसहरूको कष्टमा म रूएँ। तपाईं जान्नु हुन्छ गरीब मानिसहरूको लागि मेरो हृदय साहै दुःखीत थियो।

अय्यूब 31:18

तर मेरो युवा अवस्थादेखि, टुहुराहरूलाई बाबु जस्तै भएर हुर्काएँ, मेरो बाल्य अवस्थादेखि मैले विधवाहरूलाई अगुवाई दिएँ।

अय्यूब 31:31

मेरा घरका सबै मानिसहरू जान्दछन कि मैले परदेशीहरूलाई सधें भोजन खुवाएँ।

अय्यूब 31:32

परदेशीहरू गल्लीमा सुत्न नपरोस भनी मैले तिनीहरूलाई आफ्नो घरमा बोलाएँ।

भजनसंग्रह 68:5

उहाँको पवित्र मन्दिरमा परमेश्वर टुहुरा-टुहरीका निम्ति पिता झैं हुनुहुन्छ, उहाँले विधवहरूको हेरचाह गर्नुहुन्छ।

हितोपदेश 25:2

परमेश्वरको महिमा चीजहरू लुकाउनु हो अनि राजाको महिमा चीजहरूको जाँच गर्नु हो।

Interlinear

Choose Theme