Home Bibles एस्तर 2:7 · नेपाली बाइबल
एस्तर 2:7 · नेपाली बाइबल

मोर्दकैकी एकजना भतिजी थिई जसको नाउँ हदस्सा थियो। उसको आमा-बाबु मरिसकेका थिए। मोर्दकैले उसलाई धर्म-पुत्रीको रूपमा ग्रहण गरेको थियो। हदस्सालाई एस्तर पनि भन्निथ्यो। एस्तरको शारीरिक गठन अनि अनुहार सुन्दर थियो।

Cross references

उत्पत्ति 48:5

अनि अहिले तिम्रा दुइ छोराहरू छन्। यी छोराहरू म मिश्रमा आउनुभन्दा अघि नै यहाँ जन्मेका हुन्। तिम्रा एप्रैम र मनश्शे छोराहरू मेरो निम्ति रूबेन र शिमोन जस्तै हुन्।

एस्तर 1:11

नपुंसकहरू जसले राजा अहासूरसको सेवा गर्थे रानी वश्तीलाई राजकीय मुकुट लगाएर उनको अघि ल्याउनु भने उनले रानीको सुन्दरता मानिसहरू अनि अधिकारीहरूलाई देखाउन चाहन्थे किनभने तिनी अत्यन्तै सुन्दरी थिइन्।

एस्तर 2:15

एस्तर अबीहेलको छोरी थिइन्, तिनी तिनका काका मोर्दकैकी धर्मपुत्री थिइन्। जब एस्तरको राजा कहाँ जाने पालो आयो। तिनले, राजाका नपुंसक, स्त्रीहरूका अभिभावक हेगेले तिनलाई गुर्न भनेका सल्लाह बाहेक अरू केही पनि गरिनन् देख्नेहरू सबैले एस्तरलाई खूबै मन पराए।

एस्तर 8:1

त्यस समयमा राजा अहासूरसले रानी एस्तरलाई यहूदीहरूको शत्रु हामानको घर प्रदान गरे। अनि मोर्दकै राजाको समक्ष गए किनभने एस्तरले राजालाई मोर्दकैसित उसको के सम्बन्ध थियो बताएकी थिई। (सम्बन्धको अर्थ मोर्दकैले एस्तरलाई धर्म पुत्री रूपमा स्वीकार गरेको थियो।)

अय्यूब 31:17

म स्वार्थी भएको छैन, मैले टुहुराहरूलाई भोकै राखेको छैन।

अय्यूब 31:18

तर मेरो युवा अवस्थादेखि, टुहुराहरूलाई बाबु जस्तै भएर हुर्काएँ, मेरो बाल्य अवस्थादेखि मैले विधवाहरूलाई अगुवाई दिएँ।

यर्मिया 32:7

यर्मिया, तिम्रो काका शल्लूमको छोरो हनमेल तिमीकहाँ आउँदैछ। हनमेलले तिमीलाई एउटा प्रस्ताव दिनेछ कि ‘तिमीले अनातोत शहरको छेउमा भएको क्षेत्र किन्नु पर्नेछ कारण हनमेल उसको एकदम निकट सन्तान हो। अनि हनमेलको त्यो ठाँउ किन्ने जिम्मावारी र अधिकार तिम्रो हो।’

दानियल 1:6

यहूदाका ती नानीहरूमा दानियल, हनन्याह, मीशाएल अनि अजर्याह सामेल थिए।

2 कोरिन्थी 6:18

“म तिमीहरूका पिता बन्नेछु अनि तिमीहरू मेरा छोरा-छोरीहरू, सर्वशक्तिमान् प्रभु भन्नु हुन्छ।”

एफिसी 6:4

पिताहरू हो, आफ्ना बालकहरूलाई रिस नउठाऊ। तिनीहरूलाई प्रभुको शिक्षा र तालीममा हुर्काऊ।

1 यूहन्ना 3:1

हामीलाई पिताले यति विघ्न प्रेम गर्नु भएको छ कि हामी परमेश्वरको बालकहरु भनिनु योग्यका छौं। अनि वास्तवमा हामी परमेश्वरका बालकहरु हौं। तर संसारका मानिसहरु यो बुइदैनन् कि हामीहरु परमेश्वरका बालकहरु हौं, किनभने तिनीहरुले उहाँलाई चिनेका छैनन्।

Interlinear

Choose Theme